कालिज हुर्काउने ड्युटीमा पुर्व उपाध्यक्ष उपाध्यायका दम्पती
जुम्ला ः१० वर्षे जनयुद्धमा होमिएकी गंगा देवी उपाध्यक्ष २०७४ सालको निर्वाचनमा तातोपानी गाउँपालिकाको उपाध्यक्ष पदमा भारी मतले जितेकी थिइन । त्यसपछिका ५ वर्षलाई स्वच्छ भावले जनताको सेवा गरिन । उनले ५ वर्षको कार्यकाल सकिएपछि आफ्नो पाइला कालिज पालन तिर मोडेकी हुन ।उनी भन्छिन, नेपाललाई कृषिप्रधान देशको रूपमा परिभाषित गरिएको छ ।
तर यहा त्यसो हुन सकेको छैन ।गंगादेवीको अहिले अर्काे परिचय थपिएको छ। उनको नाममा गौतम पशुपंक्षि पालन फार्मछ ।हर कुरालाई फरक ढंगबाट गर्न खोज्ने उनले कालिज पालन आफ्नै कर्मथलोमा परिणत गरेकी छन् ।उनी भन्छिन,‘ ५० लाखको लगानीमा व्यवसायिक कालिज पालन गरकी छु । यसमा श्रीमान श्रीमती दुवैको उतिकै हात छ । हामीले ठुला कालिज मात्रै पालन नगरेर कालिजका चल्ला समेत उत्पादन गरेका छौ । माघ १५ बाट सूरु गरेको कालिज पालिन, ब्यवसाय अहिले १५ सय बढी चल्ला उत्पादन भइसकेका छन ।
पुर्व उपाध्यक्ष गंगा देवी उपाध्यायले भनिन,‘जुम्लामा कालिज पालनको राम्रो सम्भावना छ । उनका अनुसार गौतम पशुपंक्षि पालन फार्म तातोपानीको ४ वडाको गौतम वाडा गाउँमै संञ्चलन छ ।त्यस्तै उनका श्रीमान लक्ष्मी प्रसाद उपाध्यायका अनुसार उन्नत जातका कालिज ल्याएर व्यावसायिक यात्रा थालीएको हो । उनले भने , यहाका कालिज मात्रै होइन , कालिजका चल्ला उत्पादन भइरहेका छन । अहिले तत्काल १५ सय चल्ला उत्पादन भइसकेका छन ।
केही दिनमा ५ सय बढी अरु उत्पादन हुने तयारी छ । उनले भने,‘यहा उत्पादन भएका कालिजका चल्ला एक जोडाको मुल्य १८ ,यस ,१२ सय र ५ सय सम्म पर्ने गरेको छ । ठुला कालिजको २५ सय देखि ३५ सय सम्म पर्ने गरेको छ। भाले कालिजको मुल्य ३५ सय र पोथीको मुल्य २५ सय पर्ने गरेको छ । उपाध्यायको फार्ममा अहिले दुई सय २० ठुला कालिज रहेका छन । उनले थपे,स्थानीय स्तरमा रोजगारीको सिर्जना गर्ने र जुम्लालाई कालिजमा आत्मा निर्भर बनाउने सोचका साथ यो ब्यवसाय सुरु गरेका छौ ।
बिधुतको समस्या
गंगादेवीका श्रमिान उपाध्याय भन्छन ,जुम्लालाई कालिजको मासुबाट आत्मा निर्भर बनाउने सोचका साथ यो ब्यवसाय सूरु गरिएको भए पनि सोचेजस्तो हुन सकेको छैन । उनले भने,“यहाबाट बिभिन्न जिल्लामा कालिजका चल्ला निर्यात गर्ने सोच बोकेको छु । तर जुम्लामा बत्तीका कारण यो सपना पुरा दुहैन की भन्ने चिन्ता छ ।
यहाको बधिुतमा भएको लोडसिलिडिङले चल्ला उत्पादनमा समस्या भएको छ । बत्ती नहुदा जेनेरेटर चलाउनु पर्ने बाध्य छ । डिजलको मंहगिले सिमा नागेको बेला जेनेरेटर चलायर कालिजका चल्ला उत्पादन गर्नु पर्ने अवस्थाले आर्थिक संकट निम्त्याएको छ ।
त्यस्तै गंगा देवीले भनिन, आफ्नै गाउँमै गौतम पशुपंक्षि पालन नामको फार्म दर्ता गरी व्यवसाय थालेको छु,” उनले भनिन , “मैले आफ्नै गाउँठाउँमा केही गरौँ भनेर आफूसँगै श्रीमानलाई त्यो ब्यवसायमा लगाएको छु । उनले थपिन अहिले ५० लाखको लगानी गरेर कालिज पालन लागेकी हु । कालिजपालनसँगै कुखुरा र हाँस पनि पालेकी छु । यहा पशुपक्षीपालनको धेरै सम्भावना बोकेको ठाउँ भएकाले यो ब्यवसाय गरेको उनको दाबी छ ।
यसलाई अझ व्यवस्थित तवरबाट कालिजको उत्पादन बढाउने उनका दम्पतीको योजना छ । उनले भनिन,“अहिलेसम्म कुनै निकायबाट सहयोग ल्याएको छैन, सहयोग र अनुदान पाउला भनेर गरेको व्यवसाय पनि होइन”, उनले थपिन, “हामीहरुले गरेको कामलाई हेरेर सल्लाह सुझाव दिएमा आफूलाई काम गर्न सहज हुने छ । उनले भनिन सूरुवातमा भएर पनि होला हाम्रो उत्पादनले बजार पाएको छैन । सबैको सहयोग सहकार्यले यो ब्यवसायको बजारिकरणको लागी आबश्यक पहल हुने अपेक्षा छ ।
कालिज फार्मको अनुगमन
त्यस्र्तै पशु अस्पताल तथा पशुसेवा कार्यालयका प्रमुख गोबिन्द बहादुर महतले उपाध्यायको कालिज फर्मको अनुगमन गरेका छन । उनले जुम्लामा कालिजको चल्ला उत्पादन गर्ने ब्यवसाय यो पहिलो भएको बताए । उनका अनुसार यो ब्यवसायले राम्रो फट्को मार्न सके यहाका युवाले रोजगारी पाउने बताए । उनले भने,“कालिज पालन ब्यवसायको जुम्लामा सम्भावना निकै राम्रो छ । कृषि र पशुपक्षीपालनमा अरू प्रोत्साहित गर्ने अनुदान सहयोग गरेमा पनि राम्रै हुने छ ।”उनले कालिज उत्पादनलाई जुम्लाको ब्रान्डका रुपमा अन्य ठाउँमा चिनाउनुपर्ने आबश्यक रहेको बताए । उनले बजारी करण र आबश्यक औषधि लगायतका कुरामा आफ्नो कार्यालयको सहयोग रहने दाबी गरे ।