पाठेघरको निःशुल्क शिविरले डुँङग्रीका महिलामा ल्यायो खुशी

जुम्ला ः तिलागाउँ पालिका पाँच डुँङग्री गाउँका महिला आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित देखिन्छन । उनीहरुलाई तिला ३मा रहेको बर्थिङ सन्टरमा आउन समेत झण्डै नि घण्टा समय लाग्ने गर्दछ । जसका कारण उनीहरुले अहिले पनि स्वाथ्य सेवा बाट वञ्चित भएका हुन । त्यो गाउमा झण्डै ५० घरधुरी रहेको छ । त्यहाका महिलाहरु पाठेघरमा विभिन्न समस्या आउँदा पनि लुकाएर बस्न विवश छन ।कतिपयले आर्थिक अभावका कारण जुम्लामा रहेको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगायत स्वास्थ्य क्षेत्रमा गई उपचार गराउन नसक्दा गरोग पालेर बस्नु पर्ने बाध्यता रहेको बताउदै आएका थिए ।

शनिबार डुँङग्री गाउँमा रहेको भुवानी आधारभुत बिद्यालयमा जनस्वाथ्य सेवा कार्यालयले पाठेघरको मुखको क्यानसर तथा पाठेघर खस्ने समस्या रोगथाम सम्बन्धीको शिविर संञ्चालन गरेको छ । त्यहाका ७३ महिलाले स्वास्थ चेक जाँच गराएका छन ।जसमा २६ जना महिला पाठेघर पीडित भएको पाइएको छ ।

त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्व तथा परिवार नियोजन कार्यक्रम संयोजक मोर्चा शाहीका अनुसार ६ जना महिलाको पाठेघरमा रिङ्ग पेसरी राखिएको छ । उनले भनिन,‘हाम्रो लक्ष्य जतिसक्दो ग्रामिण भेगका महिलाले उपचार पाउहोस भन्ने हो ।
त्यस्तै डुँङग्रीका महिलाले आफ्नो गाउमै पाठेघर सम्बन्धी निःशुल्क उपचार पाएको पहिलो पटक भएको बताएका छन ।

यो शिविरले पीडित महिला हर्षित बनेका छन् । त्यस्तै पाठेघरको समसस्या लुकायर बसेकी ५० वर्षिया सेतु रावतले भनिन, गाउँमै विशेषज्ञ डाक्टरको टोलीले पाठेघर समस्या भएका महिलाको लागी ठुलो राहत भएको बताइन । उनले भनिन, म पाँच वर्षदेखि पाठेघरको समस्याले ग्रसित थिए, लाज मान्ने बानीले गर्दा न आफ्नो समस्या परिवारलाई भन्न सकेको थिए न स्वास्थ्यमा गएको थिए । यस पटक गाउमै निःशुल्क स्वास्थ्य शिविर सञ्चालन भएपछि सहज तरिकाले उपचार पाएकी छु । जनस्वास्थ्य सेवा कार्यालयको आयोजनामा डुँङग्री गाउँका महिलाले निशुल्क उपचार पाएका हुन ।

त्यस्तै कर्णाली स्वास्थ्य बिज्ञान प्रष्ठिानका डाक्टर तिबिन कुमार सिवाकोटी सहितको टोली उपचारको लागाी डुँङग्री गाउँ पुगेको हो । प्रष्ठिानका डाक्टर तिबिन कुमार सिवाकोटीले भने, सानै उमेरमा आमा बन्ने , सुत्केरी हुँदा उचित सेवा र सुविधा नपाएकाले महिलाको पाठेघर खस्ने समस्या बढ्ने गरेको छ । त्यसैका कारण जुम्लाका महिलामा प्रजनन स्वास्थ्य सम्बन्धी समस्या धेरै आउने गरेको हो । उनले थपे,‘यौनीबाट सेतो पानी बग्ने, तल्लो पेट दुख्ने, आङ खस्ने अनि बस्न र हिँडडुल गर्न गाहृो हुने जस्ता समस्या महिलाहरु देखिएको छ । डाक्टर सुवेदिले सहित गाउमा पुगेको टोलिले त्यहाका महिलालाई पाठेघर खस्ने समस्या नलुकाउन, कम उमेरमा विवाह नगर्न, गर्भवती भएका बेला भारी नबोक्न, कडा काम नगर्न र स्वाथ्यचौकीमा गएर नियमितरुपमा जाँच गराउन महिलाहरुलाई सुझाव समेत दिएको छ ।

त्यस्तै जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका सुरक्षित मातृत्व तथा परिवार नियोजनाका कार्यक्रम संयोजक मोर्चा शाहीले डुँङग्रीगाउँमा महिलाहरु लामो समयदेखि पाठेघर समस्याले ग्रसित छन भन्ने खवर पाएपछि प्रजनन स्वास्थ्यलाई लक्षित गरि विशेषज्ञ सहितको टोलीले शनिबार उनीहरुको उपचारको लागी शिविर लगेर गाएको बताइन । उनले भनिन,‘जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले महिलाको प्रजनन स्वास्थ्य सम्बन्धी एक दिने निशुल्क शिविर तिलागाउपालिकाको ५नम्वर वडाको डुँङग्रीगाउँका महिलाहरुको समस्या लाई मध्यनजर गरी राखिएको हो । उनका अनुसार लामो समय सम्म गर्भ निरोधको लागी अस्थाइ साधन प्रयोग गर्न चाहना भएका महिलाको लागी, दिइने सेवा, मुख्य गरी पाठेघरको मुखको क्यानसरको जाँच ,पाठेघर खस्ने समस्या रोकथाम तथा ब्यवस्थापन र सेतो पानी बग्ने,‘महिलाको प्रजनन स्वास्थ्य लगायतका अन्ये समस्याको पनि सेवा दिइएको छ ।उनले भनिन,“जनस्वास्थ्य सेवा कार्यालयले यो सेवालाई नियमित संञ्चालनका लागी हिमा र तिलाका नर्सिङहरुलाई अभिमुखि कार्यक्रम सञ्चालन समेत गरेको छ ।

त्यस्तै तिला ५का पुर्व वडाध्यक्ष कालिबहादुर बुढाले पाठेघरको समस्या भएका महिलाको लागी गाउमै शिविर ल्याएकोमा जनस्वास्थ्य सेवाकार्यालयलाई आभार ब्यक्त गरे । उनले भने तिला ५ वडाको डुँङग्रीगाउँ सबै भन्दा ग्रामिण बस्ती हो । यस शिविरले पाठेघर खस्ने समस्याबाट पीडित महिलाको लागी केही राहत भएको छ । पुर्ववडाध्यक्ष बुढाले पाठेघर खस्ने समस्याबाट लुकायर बस्दा महिलाहरुमा क्यान्सर जस्तो रोग हुन सक्ने र अज्ञानताका कारण अकालमै मृत्युसम्म हुने भएकाले यसका बारेमा खुलेर उपचार गर्न आग्रह गरे । सक्ने भएका छन् ।

त्यस्तै नेपाल पत्रकारमहासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले महिलाहरु अहिले पनि यस्ता रोगका बारेमा खुलेर बताउन नसकेको बताए ।उनले भने,‘ग्रामिण भेगमा यस्तो चेतनाको अभाव अझैसम्म खड्किरहेकै छ । उनले,पाठेघर पीडित महिलाको लागी जनस्वास्थ्य कार्यालय जुम्लाले सबै संग सहकार्य गरेर शिविर संञ्चालन गर्नु राम्रो पक्ष भएको बताए ।

सम्बन्धित समाचार