कृषि पर्यटनको गन्तव्य बन्दै भेडास्रोत केन्द्र ओदी

जुम्ला ः कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले जुम्लाको हिमा गाउँपालिका २ ओदी गाउँको ओल्खे पाटनलाई भेडास्रोतका रुपमा स्थापना गरेको पछि कृषि पर्यटनको गन्तव्य बन्दै गएको छ । कर्णालीका प्रत्येक जिल्लामा कुनै न कुनै विषयको स्रोत केन्द्र बनाउने सरकारी योजना अनुरुप जुम्लाको ओदीको ओल्खे पाटन भेडास्रोतको रुपमा स्थापना गरिएको हो।
लामा बिष्णु भेडीपालन समुहका अध्यक्ष नन्दबहादुर रोकायाले भने ओदीको ओल्खे पाटन भेडाको लागी प्रसस्त चरन क्षेत्र छ। यहा भेडापालनका लागि निकै अनुकुल भूगोल पनि छ। उनले भने,‘कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले ओदि २ को पाटनमा भेडाको स्रोत केन्द्र स्थापनाका लागी बहुवर्षिय परियोजन लागु गरको हो ।

त्यस्तै पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले भने,‘यहाँ स्थापित भेडास्रोत केन्द्रले यहाँको आर्थिक समृद्धिमा टेवा पुर्याउने निश्चित छ। जुम्ला जिल्ला मासुमा आत्मा निर्भर हुने छ ।उनले थपे,‘साथै कृषि पर्यटनलाई टेवा पुग्नेछ । भेडा स्रोत केन्द्र ओदीमा भेडाबाख्रा अनुसन्धान केन्द्र गुठिचौरबाट यो सालमा ५ वटा राम्निमाक्स, कुपोर्थ जातका बिकासि थुमा खरिद गरि ल्याइएको छ ।

कर्णाली प्रदेशकै उत्कृष्ट परियोजना भेडा स्रोत केन्द्र

लामा बिष्णु समुहको अगुवाईमा सञ्चालित भेडाबाख्रा केन्द्रले त्यहाको स्वरुप फेरिदै गएको छ ।हिमा गाउँपालिका २ओदीमा कर्णाली प्रदेश सरकारको सहयोगमा पशु अस्पताल तथा पशुसेवा कार्यालयबाट सञ्चालित भेडास्रोत केन्द्र हेर्न जानेको भिड लाग्न थालेको छ । पशु अस्पताल तथा पशुसेवा कार्यालय जुम्ला प्रमुख गोविन्द बहादुर महतका अनुसार एक जिल्लामा एक स्रोत केन्द्र बनाउने कर्णाली सरकारको उद्देश्य अनुसार जुम्लामा भेडा स्रोत केन्द बन्दै गएको हो । उनले भने,‘ नेपाल भरी भेडाको उत्पादन घटी रहको अबस्था छ । तर जुम्लाको हकमा भेडाको उत्पादन बढ्दै गएको बताए ।

ओदी गाउँमा भेडाको संख्या २२ सय
जुम्लाको हिमा गाउँपालिका २ ओदी गाउँको मुख्य आयस्रोत भेडा हुन । त्यहा अहिले पनि २२ सय भेडा रहको लामा बिष्णु भेडा पालक समूहका सल्लाकार प्रेम बहादुर रोकायाले बताए ।उनले भने,यहको आम्दानीको स्रोत भेडा नै हुन । लामा बिष्णु भेडा पालक समुहमा आबद्ध भएका किसानका मात्रै ३सय बढी भेडा छन । उनले थपे ,ओदिको ओल्खे पाटनलाई भेडास्रोतका रुपमा स्थापना गरेपछि आएको नागरिकको जिवन स्तर बदलिने निश्चत छ । एक तर्फ जुम्ला माशुमा आत्मा निर्भर हुने छ भने अर्को तर्फ ओदि गाउ कृषि पर्यटनको गन्तव्य बन्ने देखिएको छ ।
भेडा स्रोत केन्दले १४ जिल्लामा भेडा निर्यात गर्ने
३ बर्ष अघि सुरु भएको भेडास्रोत केन्द्रले जुम्ला जिल्लामा मात्रै नभइ १४ वटा जिल्लामा भेडा निर्यात गर्ने लक्ष्य रहेको पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतले बताए । उनले भने, लामा बिष्णु भेडीपालक समूहले त्यो काम गर्नु पर्ने छ।
त्यस्तै लामा बिष्णु भेडा पालक समूहका अध्यक्ष नन्दबहादुर रोकायाका अनुसार अहिले सो स्रोत केन्द्रमा ३ सय भेडा रहेका छन् ।उनका अनुसार कर्णाली प्रदेश सरकार भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयको सहयोगमा दुई वटा भेडा बस्ने ठूला क्षमताका ब्लग,एक कार्यालय भवन र सात सय मिटर घेरवार कार्य सम्पन्न भईसकेको गरेको छ ।
स्रोत केन्द्रमा उत्पादित भेडाको लेखाजोखा राख्ने
समुन्द्र सतह देखी ४ हजार मिटर उचाईमा रहेको उक्त ओदिको पाटनमा रहेकोे भेडा स्रोत केन्द्र स्थापना गर्न गरिएको प्रदेश सरकारको उत्कृष्ट परियोजना मध्य एक हो । त्यहा रहेका भेडाको लेखा जोखा राखिने छ । पशु अस्पताल तथा पशु सेवा कार्यालय जुम्लाका प्रमुख गोविन्द महतका अनुसार भेडा स्रोतमा रहेका कुन भेडिले कहिले पाठो वा पाठी जन्मायो, कुन जात हो । उसको आमा र बाबु को हो भन्ने, उसको तौल, र मुल्य जस्ता कुराको लेखा जोला राख्नु पर्ने छ ।

त्यस्तै तिन आर्थिक बर्षमा कर्णाली प्रदेश सरकारले दुई करोड ८० लाख रुपैया निकासा भएको छ । आर्थिक बर्ष २०७६।०७७ मा एक करोड, पठाएको हो । त्यस्तै ०७७।०७८ मा ९० लाख र ०७८।०७९ मा ९० लाख प्रदेश सरकारबाट बजेट आएको हो ।
त्यस्तै समूहलाई प्राप्त भएको बजेट मध्यको खर्च भए अनुसार समूहले गुणस्तर रुपमा काम गरेको अनुगमन समितिको दावी छ ।पहिलो बर्षमा भने रु ५५ लाख कोरोनाका कारण समूहले काम गर्न नसकेर फ्रिज भएको थियो ।

त्यस्तै ईन्जिनियर धर्मराज शाहीका अनुसार डिपिआरमा ३ वटा ठूला आधुनिक भेडा बस्ने भवन,एक प्रशासनिक भवन निर्माण सम्पन्न भईसकेका छन् । ७ सय मीटर वरिवरि जाली सहितको घेरवार भईसकेको छ ।उनका अनुसार समुहले पहिलो बर्ष ७०वटा भेडा खरिद गरेको हो । अहिले बढेर ३ सय पुगेका छन् ।

त्यस्तै ओदिमा रहोको भेडा स्रोतमा अन्य २ वटा करिब पाँचसय भेडा बस्ने क्षमताका भवन, वथशाला निर्माण, खानेपानी, औषधी उपचार, समूहलाई क्षमता अभिबृद्धि तालिम जस्ता कार्यक्रमहरु रहेका छन् । कम प्रतिशत बजेट आएपनि भएका कामहरु गुणस्तर भएको र बजेट सवै विनियोजन हुनेहो भने संरचना र अन्य कामहरु चाडै तथा गुणस्तरीय हुने छन् ।
त्सस्तै समुहका सल्लाहकार प्रेम रोकायाले ३ ० जनाको समूहले स्रोत केन्द्रकामा काम गरिरहेको र डिपिआर अनुसारको बजेट आउने हो भने कर्णाली सरकारले लक्ष्य लिए अनुसारको भेडास्रोत केन्द्र स्थापना गर्न दुईमत नभएको बताए । उनले ३ आर्थिक बर्षमा खासै आउनुपर्ने बजेट कम नआएको बताए ।

त्यस्तै हिमा गाउँपालिकाले कार्यक्रम उत्कृष्ट भएको भन्दै रु १० लाख रुपैया विनियोजन गरेको छ । सो रकमको समेत भेडा खरिद गर्ने योजना रहेको छ । अवको केही बर्षमा करिब पाँच सय भेडा स्रोत केन्द्रमा हुन ेछन् । बार्षिक ५ देखी १० लाख आम्दानी हुने र जिल्ला र वाहिर समेत निर्यात हुने, दर्जन व्यक्तिको रोजगारी सृजना हुनेमा जोड दिएको छ ।
त्यस्तै प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्ला, हिमा गाउँपालिका २ वडाकार्यालय, पशुअस्पताल तथा पशुसेवा कार्यालय र सरोकारवाला निकायले पछिल्लो समय अनुगमन गरेका छन् ।

उत्कृष्ट काममा लगानी गर्न सवै लाग्नुपर्ने प्रदेश कोष तथा लेखा नियन्त्रण कार्यालय जुम्लाका प्रमुख धनप्रसाद शर्माले बताए । उनले भेडास्रोत केन्द्र जुम्लामा संभावना राम्रो भएको बताए । उनले भेडा स्रोत केन्द्र मात्र होइन गेष्ट हाउस निर्माण गर्र्ने जस्तो उपयुक्त क्षेत्र छ ।उनले स्थानीयको इच्छाशक्ति र इमान्दारीताले ओदी बस्तीको जीवनस्तर माथी बढ्ने बताए । उनले ओदीको नागरिकको जीवन बदल्नका लागि ठुलो आयस्रोत बन्ने पक्का छ ।

सम्बन्धित समाचार