जुम्ला ः जुम्लाका स्थानीय यार्सागुम्बा संकलन तर्फ लागेका छन । मुख्य आर्थिक स्रोतको रुपमा रहेको यार्सागुम्बा संकलनका लागी जुम्लाका अधिकांस स्थानीय पाटन तर्फ लागेका हुन । हिमाली क्षेत्रको पाटनमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न जुम्लाका यूवा संकलन तर्फ लागेपछि गाउँ सुनसान भएका छन्।
यार्सागुम्बा संकलनको लागी तातोपानी ,गुठीचौर ,तिला, पातारासी लगायतका ग्रमिण क्षेत्रका धेरै स्थानीय बढी जाने गरेका छन । जेठ १ गते बाट जुम्ला पातारासी क्षेत्रका युवाहरु यार्सागुम्बा टिप्न गएपछि युवा÷युवती र वृद्ध÷वृद्धासम्म बच्चा बोकेर पाटन तर्फ लाग्ने गरेका कारण गाउँ सुनसान भएका हुन्।
त्यस्तै स्थानीयतहको निर्वाचन सकिए लगतै सबै युवा÷युवती र वृद्ध÷वृद्धासम्म बच्चा बोकेर पाटन तिर गएको पातारासी गाउँपालिका वडा नम्बर दुई तल्फीका वर्ष ५९ का भैरब बोहोराले बताए । उनले भने १८ वर्ष भन्दा माथि ५० वर्ष मुनिका सबै स्थानीय यार्सागुम्बा संकलन गर्न गएका छन । उनले भने तल्फी हुरीमहरी पेरे गडिगाउ चौर छुमगाउँ सबै घरका ढोका ताला बन्द गरेर गएका छन ।
उनले भन्ने,घरमा सानो खेति हुन्छ । यसले गर्दा दैनिकी संञ्चालन गर्न कठिनाइ छ । यसले गर्दा यहाँ स्थानीयको मुख्य जिविकापाजर्नको स्राते नै जडीबुटी हो ।
घरको उत्पादनलेबाहै् महिना खाना पुग्दैन । घर खर्च देखि बालबच्चा लाई स्कुल पढाउन लेखाउन,लुगाफाटो गर्नेका लागि यार्सागुम्बा संकलन गर्न जानु बाहेक अरु बिकल्प छैन । बोहोराले भने ,मकै,आलु, कोदो,चिन्नु गोड्मेल र घरायसी सबै महिलाले गर्दछन । घरको सबै जोहो गर्नका लागी यार्सा संकलनमा जाने गरेका छन ।
यर्साटिप्न गएका सबै फर्किदैन
गाउमा रोजगारीको कुनै उपाय नहुदा जिनिकोपार्जनका लागी यार्सा टिप्न पाटन जाने गरेको युवा कोही कसैको लेक लागेर बिच बाटोमै मृत्यु हुने गरेको छ । कसैले अम्दानी गरेर आउछन ,कसैको बिचल्ली हुने गरेको पातारासी दुइका ६८ वर्षका काली बहादुर सार्कीले बताए । केही धन कमायर फर्किन्छन कोही लेक लागेर बिच बाटोमै मर्छन । उनले भने ,बढ्दो गरिबी र बेरोजगारीको प्रमुख कारणले ज्यानको बाजि राखेर यर्सा संकलन गर्न जाने गरेका छन । यार्सा टिप्न सक्नेले ५० हजार देखि ४ लाख सम्म कमाउछन ्। कोही उल्टै ऋण थपेर आउछन् । उनले थपे यो एउटा ठुलो युद्व जित्नु र हार्नु बराबर मानिन्छ । प्रत्येक वर्ष पातारासीका मात्रै होइन जुम्लाका अधिकांस नागरिक ज्यान बाजी राखेर पाटन जाने गरेका छन ।
पाटन जानु भन्दा अघिल्लो दिन देवता भाकल गछर्न
पातारासीका काली बहादुर सार्कीले भने हाम्रो हिन्दुधर्म परम्परा अनुसार पाटन जादाको अघिल्लो दिन घरमा धामीझाँक्री संग गएर देवता भाकल गरिन्छ । त्यहि धामीले दिन दिए अनुसार पाटन जाने गरेका हुन्छन । धामीले घरछोडेर जाने दिन, ,शुभ्य छ अथावा अशुभ्य छ सबै जानकारी गराउँछन । कतिपयत धामीझाँक्रीका विश्वासले घरमै रोकिने गर्छन् ।् देवता संग दिन मागेर जाने गरेको भएपछि पाटनमा हुने अक्सिजन अभावले (लेक ) लागेर मर्ने गरेका छन ।