एक देखि ५ कक्षा सम्म मातृभाषामा पठनपाठन हुनु पर्छ : भाषा आयोग

जुम्ला : प्रत्येक सामुदायिक विद्यालयमा मातृभाषामा शिक्षण हुनू पर्ने भाषा आयोगले बताएको छ । आयोगले कक्षा १ देखि ५ सम्मका बालवालिकालाई मातृभाषामा पठनपाठन हुनु पर्ने बताइएको हो ।त्यस्तै नेपपालको संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था गरेको भाषा आयोगका अध्यक्ष तथा प्राध्यापक डाक्टर लवदेव अवस्थीले बताए ।उनले भने, हरेक बालवालिकाको लागी घरमा आमाले बोल्ने भाषामा शिक्षण सिकाइ हुनु पर्छ । उनले भने,‘यसका लागी सबै स्थानीय तहले स्थानीय पाठ्यक्रम निमार्ण गर्न आबश्यक रहेको छ । उनका अनुसार कुनै–कुनै विद्यालयमा स्थानीय पठनपाठन भइरहेको छ ।

तर यसको प्रभावकारिता माथि प्रश्नचिह्न उठ्नु स्वाभाविक हो । कुनै भाषा पढाइ हुुनुलाई मात्रै मातृभाषा शिक्षण भन्न मिल्दैन । प्राध्यापक डाक्टर अवस्थीले भने, घरमा बोलिने भाषा बिद्यालयमा पढाइ नहुँदा बालवालिकाको शिक्षण सिकाइ प्रभावकारी प्रभावकारी हुन नसेको हो । उनले जब सम्म आफ्नो मात्री भाषाको संरक्षण हुदैन तब सम्म देश बिकास नहुने बताए ।

त्यस्तै चन्दननाथ नगरपालिकाका नगरप्रमुख राजुसिहं कठायतले सामुदायिक विद्यालयमा मातृभाषा सम्बन्धीको शिक्षण प्रभावकारी बन्नाउनका लागी प्रतिबद्ध रहेको बताए । उनले भने, हाम्रो जुम्ला बासीले बोल्ने खसभाषा संरक्षणको लागी आबश्यक सहयोग गर्ने बताए ।
त्यस्तै भाषा आयोगकी सदस्य उशा हमालले संविधानमै माध्यमका रूपमा मातृभाषा शिक्षाको व्यवस्था छ । यद्यपि, स्थानीय पाठ्यक्रम निमार्ण गरी सबै बिद्यालयमा पढाइ हुन जरुरी छ । उनले भनिन, राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा १सय २३ भाषा बोलिन्छन ।

त्यस्तै नेपाल पत्रकारमहासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले हामिले बोलिने खस भाषा प्रयोग नहुँदा र औपचारिक शिक्षाको माध्यम बन्न नसक्दा लोप हुन पुगेको बताए । उनले एकातिर भाषा प्रयोग नहुँदा र अर्कोतिर समुदायमा सम्बन्धित मातृभाषामा पठनपाठन नहुँदा भाषाको अस्तित्व संकटमा परेको देखिन्छ ।उनले भने, जुम्लाका केही स्थानीयतहले स्थानीय स्तरका पठियक्रम निमार्ण गर्न थालेका छन । उनले खस भाषा संरक्षणमा सम्बन्धित सबैको सकरात्मक प्रयास आबश्यक रहेको छ । जुम्लाका सबै बिद्यालयमा आधारभूत तहको पाठ्यक्रम परिमार्जन गरी सखभाषामा आधारित पुस्तक निमार्ण गर्न जरुरी छ । हामीले बोलिने खस भाषा हाम्रो प्राण हो । प्राणविनाको शरीरको कल्पना गर्न सकिन्न । त्यसैले प्रत्येक जुम्लाबासीले खसभाषा तर्फ जोड दिनु आवश्यक छ ।

त्यस्तै भाषा आयोगले जुम्लाको बहुमुखि क्याम्पसमा आयोजना गरेको बहुभाषिक शिक्षा नमुना बिकास प्रशिक्षण कार्यक्रममा स्थानीय विषयको पाठ्यक्रम निर्माणका लागि आबश्य प्राविधिक जनशक्ति दिने बताएको छ । भषा आयोगका अध्यक्ष तथा प्राध्यापक डाक्टर लवदेव अबस्थीले अधिकांश स्थानीय तहले अहिलेसम्म मातृभाषा वा स्थानीय पाठ्यक्रम निर्माण गरेर कार्यान्वयनमा ल्याउदै गरेको बताए । मातृभाषा संरक्षणमा लागेको भाषा आयोगलाई बजेट नहुनु, र स्थानीयतहले पाठ्यक्रमको महत्व बुझन नसकेका कारण समस्या भएको छ ।

त्यस्तै खसभाषाका जानकारी रमानन्द आचार्यले जुम्लाका बोलिने भाषा समय र परिवेश अनुसार परिबर्तन भएको बताए । उनले भने, नेपाली भाषाको जननी खस भाषा हो । हामीले बोलिने भाषा परिवारमा मात्रै समित भएको बताए । उनले खस भाषाको अभिलेख राख्न नसेकेका कारण आयति भाषा बढेको बताए । उनले भने,खस भाषा संरक्षण्को लागी जुम्लाका सबै बिद्यालयमा पठनपाठन हुन जरुरी छ ।

सम्बन्धित समाचार