महिलाहरुको विशेष क्षमतालाई सही तरिकाले नबुझदा छुइ प्रथाका रुपमा कायम भएको सरोकारवालाको निष्कर्ष

जुम्ला :  मे २८ तारिख, अन्तराष्ट्रिय महिनावारी स्वच्छता दिवस ,विश्वभर विभिन्न कार्यक्रम गरि मनाइदै गरेको पाइन्छ ।जुम्लामा पनी यहि दिवसको अवसरमा चन्दननाथ नौका ४० भन्दा बढी महिलालाई स्यानिटरी प्याड बितरण गरिएको छ । दिवसको अवसरमा एस.एन. भि नेपाल ,मित्र नेपाल , पेस नेपाल र चन्दननाथ नगरपालिका नौै वडाको कार्यलयको आयोजनामा महिनावारीका विषयमा विभिन्न छलफल तथा चेतनामूलक कार्यक्रम गरिएको छ ।

महिनावारी मैत्री शौचालय भए नभएको विषयमा छलफल महिलाले महिनावारी हुदा गरिने खानेपीन तथा सरसफाईका बिषयमा अन्तरक्रिया कार्यक्रम गरिएको छ ।उक्त कार्यक्रममा किशोरीमा समेत महिनावारीको उचित व्यवस्थापनको पर्याप्त सूचनाको अभाव रहेको र त्यसले गर्दा प्रत्यक्ष प्रभाव उनीहरुको शिक्षामा पर्ने गरेको बिभिन्न अध्यायनले देखाउने गरेको एस एन भि नेपालका नन्दलाल धरालाले बताए । उनले भने,महिनावारी प्राकृतिक प्रकृया हो ।महिनावारी हुनु आमा बन्न तयार हुनु हो ।

त्यस्तै महिनावारी स्वच्छता कार्यक्रममा बोल्दै चन्दननाथ नगरपालिकाका उपमेर रामदेवी खड्काले महिलाहरुको समस्याको रुपमा रहेको छाउपडी प्रथालाई न्युनिकरणका लागी नगरपालिका प्रतिबद्ध रहेको बताइन ।उनले भनिन, न्युनआय भएका महिलाहरुलाई महिनावारी स्वच्छता कायम गर्न समस्या परेको भन्दै उनले प्याड सहयोगबाट केही समयलाई सहयोग हुने बताइन ।उनले दिवस दिवसको रुपमा नभयर सबै कुरा ब्यवहारमा लागु गर्नु पर्ने बताइन । उपमेयर खड्काले महिनावारी हुँदा सबै भन्दा बढी पोषिलो खाने कुरा खान र सरसफाइमा ध्यान दिन आग्रह गरिन ।

त्यस्तै चन्दननाथ नौ का वडाध्यक्ष भिम बहादुर रावत नौ वडाको कुरीतीका रुपमा रहेको छाउपडी प्रथा न्युनिकरणका लागी वडा सरकार लागी गर्ने बताए । उनले समाजमा हुने बिकृति र बिसंगति हटाउन सबैको साथ सहयोग आबश्यक रहेको बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ शाखा जुम्लाकी उपाध्यक्ष दिलमाया शाहीले महिनावारीलाई भ्रमित रुपमा प्रचार गरिएको बताइन । उनले भनिन, महिलाहरुको यो विशेष क्षमतालाई सही तरिकालाई बुझाउन नसक्दा छुइप्रथाको रुपमा कायम रहेको हो । महिनावारी सम्बन्धी गलत भ्रमलाई हटाउन बिभिन्न अभियान संञ्चालन गर्न आबश्यक रहेको छ । उनले भनिन, महिनावारी छुइ बाड्ने प्रथाको रुपमा कायम रहदा महिलाको प्रजननन स्वास्थ्यमा असर परेको छ ।

प्राकृतिक बिषय महिनावारीलाई सहज तरिकाले बुझाउनका लागी चेतना जगाउन सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहने बताइन । त्यस्तै चन्दननाथ नगरपालिका महिला शाखामा कार्यरत्त पुस्पा थापाले चन्दननाथको नौ वडाको बयलकाटिया गाउ छुइहुदा गोठमा बस्ने समस्या प्रथम रहेको बताइन ।उनले समाजिक अबस्था बिश्लेशण गर्दा सो गाउ पि वानमा रहेको बताइन । उनले भनिन, स्थानीय सरकारले बिकास गर्ने रुपमा सडक र पुर्वधारलाई लिने गरेको छ । जब संग नागरिकमा सचेत हुदैन तब सम्म अरु बिकासले कुनै अर्थ नहुने बताइन ।