जुम्लाको आयुर्वेद केन्द्र ५ महिना देखि काम बिहिन ,पुजीगत खर्च शुन्य

जुम्ला  : जुम्लाको आयूर्वेद स्वास्थ्य केन्द्रमा पाँच महिना देखी कार्यालय प्रमुख विहिन भएको छ । लामो समय देखि कार्यलय प्रमुख नहुदा नियमित रुपमा दिइदै आएका सबै सेवा प्रभाबित भएका हुन।
त्यस्तै कार्यालय प्रमुख देवेन्द्र ठाकुर पुष महिनामा देखि सूरुवा भयर जाजरकोट यो कर्यालय प्रमुख बिहिन भएको छ । जसका कारण सबै कामकागज काम ठप्प भएका छन् ।पुष देखी प्रमुख ठाकुर जाजरकोटको रमाना लिए गएका थिए । उनी फेरी जाजरकोले हाजिरी हुन नदिएको भन्दै जुम्ला फेकेर चैत एक गते सम्म हाजिरी गरेका थिए । त्यसपछि उनी सुर्खेत गएका थिए जुम्ला फर्किएका आएका थिएनन । प्रमुख नहुदा आर्थिक कारोेवार सवै वन्द भएका हुन । कार्यालय प्रमुख नहुदा यस अघि यस कार्यलयले खरिद गरेका औषधी, प्रयोगशालाका , फर्निचर, ल्यापका मेसिनरी समाग्रीको भुक्तानी हुन सकेको छैन् ।

त्यस्तै स्वास्थ्य केन्द्रका वैद्य गोर्खबहादुर रावतले लामो समयदेखी कार्यालय प्रमुख नहुदा करारका कर्मचारीले पाँच महिना देखी तलब समेत खान नसकेको बताए ।उनले भने यहाँ १५ जना कर्मचारी छन । जसका करारका १३ जना कर्मचारीले तलब खाना नपाएका हुन ।उनका अनुसार अहिले आफु कार्यालय प्रमुख पठाईदिन भन्दै कर्णाली प्रदेशको राजधानी धाइरहेको बाताए ।

प्रमुख पठाउने कुरामा सुनुवाइ नभएका बताए ।उनले भने,‘सामाजिक विकास मन्त्रालय सहितका सरोकारवाला निकायमा कार्यालय प्रमुखको व्यवस्था गरिदिन भनि सातौँ पटका पत्र समेत पठाएको थिए । पत्रमार्फत सुनुवाइ नभएपछि आफै प्रदेश पुगेको बताए । प्रमुख नपठाउदा आयूर्वेद सबै कामहरु प्रभावित भएका छन् । उपचार गर्न आएका सेवाग्राहीलाई औषधी तथा आवश्यक सामग्री छैन भनेर फर्काउने काम गरिएको छ ।

पुजीगत बित्तीय प्रगति शुन्य
त्यस्तै आयूर्वेदलाई  आवश्यक फर्निचर खरिद, ल्यावका सामग्री खरिद, औषधी खरिदको भुक्तानी समेत हुन नसक्दा पुजीगत बित्तीय प्रगति शुन्य भएको छ । कार्यालय प्रमुख नहुदा २० लाख कार्यालय मर्मत गर्ने रकम र ५ लाख डिपिआरको लागी मुस्किलले आएको थियो । त्यो काम पनि हुन नसक्ने अवस्था भएको वैद्य गोर्खबहादुर रावतले बाताए ।

त्यस्तै आयूर्वेद  अवस्थाका  बिषयमा मन्त्रालयले खासै प्रथामिकता दिन नसक्दा जुम्लामा एक मात्र रहेको आयूवेद अस्पताल धरापमा पर्ने सम्भावना रहेको छ । १० महिना कटिसक्दा कार्यालयको पुजीगत काम मर्मत सम्भार, डिपिआर निर्माण तथा मर्मत,औषधी खरिद, नागरिक आरोग्य केन्द्र स्थापनाका कामहरु हुन सकेका छैनन् । डिपिआर तथा मर्मतको काम अव यो बर्ष फ्रिज हुने देखिन्छ । जेठको दोस्रो साता लागि सक्यो सूचनाकै समय एक महिना समय हुने भएकाले कार्यालयलाई डर बढेको छ ।

आयूवेर्दका वैद्य रावतका अनुसार आफुलाई मन्त्रालयले एउटा पत्र दिएको थियो । सो पत्रमा तलब, भत्ता, पोषाक, घरभाडा, बत्ति, बिजुली महशुल शिर्षक खर्च गर्नका लागि पत्र प्राप्त भएको छ । तर त्यस पत्रले करारका कर्मचारीले तलव नपाउने भएकाले समस्या भएको छ । अर्को अन्य कामहरु केही पनि गर्न नसकिने रहेको छ ।
खाली हात फर्किन्छन, सेवाग्राही
जुम्लाको आयूवेर्द स्वास्थ्य केन्द्रमा सेवा ग्राही भने धेरै आउछन् । दैनिक १५ देखी ३० जना सेवा ग्राही आउछन् तर औषधी अभावले समस्या बढेको छ । खातामा पैसा छ तर औषधी खरिद गर्न काम नबढाएपछि सेवाग्राही औषधी लिनबाट समेत बञ्चित भएका छन् । अहिले त औषधी छैन भन्ने थाहा पाएपछि सेवाग्राही घटन थालेका छन् ।

त्यस्तै गत आर्थिक बर्षमा पनि कार्यालय प्रमुखकै कारण काम गर्न नसकेर १२ लाख फ्रिज भएको बताईएको छ । आयूवेर्द स्वास्थ्य केन्द्र धरापमा परेकोमा स्थानीयको चिन्ता बढेको छ । स्थानीय अगुवा राजुशरण न्यौपानेले ठूलो उद्देश्यका साथ स्थापना गरिएको संस्थामा भएका कर्मचारीले काम नगर्नु र राज्यले पनि यसको स्तरबृद्धिमा ध्यान नदिएको गुनासो गरे ।

त्यस्तै सामाजिक विकास मन्त्रालयका आयूवेर्द चिकित्सक लक्ष्मी नारायण तिवारका अनुसार समस्या सामाधानका लागि चाडै पहल गर्न सचिव समक्ष बिषय पुरयाईने र चाडै समस्या सामाधान हुने आशा गरिएको बताए । प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईका अनुसार आयूवेर्द अस्पताल पहिला देखीको अवस्था अस्तव्यवस्त भएको हुदा प्रदेश सरकार कहा पहल भएको बताए । उनले भनिन , अरु काम हुने सम्भावना न्युन छ तर कर्मचारीले तलबको बिषयमा कुरा भएको छ ।

 

सम्बन्धित समाचार