कर्णाली राजमार्गमा बस दुर्घटना ३ को मृत्यु ३४ घाइते

 

सुर्खेत ः कर्णाली राजमार्ग अन्र्तगत दैलेखको आठविस नगरपालिका २ सिस्नेमा बस दर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ भने ३४ जना घाईते भएका छन् । मुगुबाटबाट नेपालगञ्जतर्फ जाँदै गरेको म १ ख ६६० नम्बरको बस कर्णाली राजमार्ग अन्तर्गत दैलेखको आठवीस नगरपालिका २ सिस्ने भन्ने ठाउँमा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परि ३ जनाको मृत्यु भएको र अन्य ३४ जना गम्भीर घाइते भएका दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए । दुर्घटना भएको बस कर्णाली नदिको तिरमा खसेको प्रहरीले जनाएको छ ।

उद्धारका लागि प्रहरी पुगिसकेको छ, अहिले प्रहरी र स्थानीयले घाइतेको उद्धार गरिरहेका छन् । घाइते सबैको अवस्था गम्भीर छ, एम्बुलेन्स अभाव छ । हेलिकप्टरबाट सरकारले उद्धार गरिदिएको भए घाइतेहरूलाई बचाउन सजिलो हुने आठविस नगरपालिकाका निवर्तमान नगर प्रमुख खड्कराज उपाध्यायले बताए ।

प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले उद्धारका कामलाई प्रभावकारी बनाउन सुरक्षा निकायको चार वटा टोली खटाएको बताएका छन् । दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले दैलेख, दुल्लु, आठवीस र तल्लो डुँगेश्वरबाट उद्धारका लागि प्रहरी टोली पठाएको बताए ।

सम्बन्धित समाचार