पत्रकार महासंघ प्रदेस सदस्य देवकोटाले पत्रकारलाई लुटेराको संज्ञा दिएपछि

जुम्ला : नेपाल पत्रकार महासंघका प्रदेस सदस्य तथा प्रेस यूनियन जुम्लाका अध्यक्ष तथा जिल्ला अदालत जुम्लाका कर्मचारी समेत रहेका  ईश्वरी प्रसाद देवकोटाले पत्रकारीता पेसामा रहेर काम गर्दै आएका पत्रकारहरु लुटेरा भएको बताए ।उनले जुम्लाका पत्रकारीता गर्ने पत्रकारलाई लुटेराको संज्ञा मात्रै दिएनन् जुम्लाका पत्रकार जागिर खान सक्ने भए कति खान्थे, मेरो पहुँच छ,क्रियाशिल पत्रकारहरु कसरी लुटेर खान्छन, म अदालतको कर्मचारी हु ।म राजनितिक झण्डा वोकेर प्रचारमा पनि जान्छु, अस्ति निर्वाचनमा सहायक मतदान अधिकृत पनि भए, पुर्व सिडियोलाई समेतलाई सरुवा गर्ने हैसियत भएको लगायतका अभिब्यक्तिको दिए ।

त्यस्तै प्रदेश सदस्य देवकाले जुम्लाका केहि व्यक्तिको मिलेमत्तोमा कुप्रचार गरी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लालाई बिवादित बनाउन र जिल्लाका पत्रकारहरुलाई विभाजित गर्न खोजिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए । उनले भने, मंगलबार साँझ जुम्लाका केहि पत्रकारहरुले नियोजित ढंगबाट पत्रकार महासंघ र पदाधिकारी माथि आँच आउने गरी सार्वजानिक भएको प्रेश विज्ञेप्ती प्रति गम्भीर ध्यानकर्षण भएको छ ।

त्यस्तै बुधबार अध्यक्ष शाही र सचिव मानदत्त रावलद्धारा हस्ताक्षेरित विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य, प्रेश यूनियनका अध्यक्ष र जिल्ला अदालत जुम्लाका कर्मचारी समेत रहेका इश्वरी प्रसाद देवकोटाले नियोजित रुपमा प्रेश विज्ञप्ती निकाल्न लगाई,जिल्लाका पत्रकारको मोर्चा बनाई महासंघको विरुद्धमा बिना प्रमाण हचुवाका भरमा कपोकल्पीत आरोप लगाएको भन्दै महासंघले आपत्ती जनाएको छ ।
क्रियाशिल पत्रकार भन्ने हरु लुटेरै बाचिरहेका छन् भनी गैरजिम्मेवारी पुर्ण तथा समग्र पत्रकारिता जगतलाईनै दुषित बनाउने खालको भाषा प्रयोग गरेका देवकोटाले आफ्नो गल्ती लुकाउन समेत उपमेयर रामदेवी खड्का र महासंघका उपाध्यक्षको व्यक्तिगत कुरालाई जोडेको प्रति महासंघको प्रेस विज्ञप्ती जारी आपत्ती जनाएको छ । साथै उपमेयर खड्का लगायत जिल्लाका सम्पुर्ण जनप्रतिनिधि प्रति महासंघ सकारात्मक रहेको र सधै साथ सहयोग तथा समन्वय गर्ने जनाएको छ ।

आम सार्वजानिक चासोका विषयमा विगत लामो समयदेखि मिलेर पत्रकारिता गरिरेहका पत्रकारलाई विभाजित गर्न तथा सूचना संचारमा प्रभावकारी समन्वय गरिरहेको महासंघलाई विबादीत बनाउने मनसायले जारी भएको विज्ञेप्तीमा महासंघलाई लगाइएको आरोपमा कुनै सत्यता नभएको समेत सचिव मानदत्त रावलले जानकारी दिए ।

स्थानीयतहको निर्वाचनमा खटिएको बिषयमा अनौपचारिक छलफल हुदा देवकोटाले उल्टै धम्की दिएको भन्दै जिल्लामा विवाद उत्पन्न भएको हो । देवकोटा निर्वाचनमा खटिएको बिषयमा पत्रकारहरुको अनौचारिक कुराकानीमा प्रदेश सदस्य देवकोटाले क्रियाशिल पत्रकारहरुलाई उल्टै धम्की दिएको भन्दै नेपाल पत्रकार महासंघ जुम्लाले ध्यानाकर्षण समेत गरेको छ ।

पत्रकार महासंघको प्रदेश सदस्य, सम्मानित अदालतको कर्मचारीले आफु छायामा बसेर केही पत्रकार र केही महासंघका साधारण सदस्यको वैठक बसाली पत्रकार महासंघलाई विभिन्न लाञ्छना लगाउने, पत्रकारको विगतका तथा व्यक्तिगत सामाजिक संजालका बिषयलाई लिएर पत्रकारहरुलाई दुई धुर्वमा विभाजित गर्ने, महासंघको नेतृत्वलाई सूझाव नदिई धम्कि दिने कार्य भत्र्सनायोग्य मात्र छैन, उनी आफैलाई कारवाहीको भागीदार वनाउन उद्धत भएको प्रष्ट्याउदछ ,महासंघले जारी गरिएको बिज्ञप्तिमा भनिएको छ ।

यस्ता काम महासंघकै प्रदेश सदस्य ईश्वरीप्रसाद देवकोटाले गरेकाले घटनाले फरक परिस्थिति लिएमा यसको सम्पूर्ण जिम्मेवारी पत्रकार महासंघको प्रदेश सदस्य, प्रेस यूनियनको जिल्ला अध्यक्ष तथा जिल्ला अदालत जुम्लाका कर्मचारी ईश्वरी प्रसाद देवकोटाले लिनुपर्ने समेत बताईएको छ ।

महासंघ जुम्लाले भनेको छ, पत्रकार महासंघको लोगोमा पदीय हिसावमा बस्ने अझै नैतिकता नभई निर्वाचनमा सहायक मतदान अधिकृतको जिम्मेवारी पनि लिने, अझै पत्रकारलाई धम्कि दिने काम लज्जास्पद हो ।

त्यस्तै पत्रकार महासंघका प्रदेश सदस्य देवकोटा स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते कर्मचारी खटनपटन बिषयमा जारी गरेको मुख्य निर्वाचन अधिकृत जुम्लाको सूचनामा कनकासुन्दरी गाउँपालिका ज्ञानोदय आधारभुत विद्यालय रियामा सहायक मतदान अधिकृतको रुपमा खटिएका थिए ।

जिल्ला अदालत जुम्लाका न्यायधीस जवाहर प्रसाद सिंहले देवकोटा जिल्ला अदालतको कर्मचारी भएको र प्रेस यूनियन तथा पत्रकार महासंघको प्रदेस सदस्य भएको बिषयमा आफुलाई जानकारी नभएको बताए ।

सम्बन्धित समाचार