चन्दननाथ ५ वडाको प्रतिबद्धता : दुई सय घरलाई स्वास्थ्य बिमा ,बत्ती र पानीको शुल्क वडाले तिर्ने

जुम्ला  :  चन्दननाथ नगरपालिका ५का वडाध्यक्ष बिर्ख बहादुर कार्कीले वडा भित्रका प्रत्यक घरदुरी निशुल्क स्वास्थ्य बिमा, बित्ती र पानीको शूल्क वडाले तिर्ने बताए ।उनले नागरिकले स्वास्थ्य नै पहिलो धन हो भन्ने महत्वलाई आत्मा साथ गर्दै निशुल्क स्वास्थ्य बिमाको ब्यवस्था गरिएको बताए ।उनले भने,‘चन्दननाथ ५ वडामा दुइ सय घरदुरी रहेका छन ।

चन्दननाथको ५ वडाले समाज विकासको आधार नबन्ने यथार्थलाई आत्मा साथ गर्दै यस वडा का वडावासीको स्वास्थ्यलाई ध्यान दिदै निशुल्क स्वास्थ्य सेवाका लागी स्वास्थ्य बिमा रकम ५ वडाले नै ब्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
त्यस्तै वडा भित्रका गरिव,दलित तथा जेहेन्दार वालवालिकाहरुलाई कक्षा १ देखी १० सम्म निशल्क शिक्षा प्रदान गर्ने व्यवस्था गरिने निणर्य गरिएको छ । ,गरिव, दलित, जेहेनदार र प्रतिभासाली बिद्यार्थीहरुका लागी उच्च शिक्षा अध्ययन र अध्यापनका लागी आवश्यक सहयोगको प्रवन्ध मिलाउने भएको छ ।

आर्थिक अभावमा कुनै पनि वालबालिका शिक्षाबाट बञ्चित हुन नदिनका लागी आवश्यक शैक्षिक अक्षय कोष खडा गरिने नवनिर्वाचित वडाध्यक्ष कार्कीले बताए । उनले भने,‘यस वडाले स्वास्थ्य सेवाका लागी वडा स्तरिय वडा स्वास्थ्य चौकी स्थापनाका लागी पहल गर्ने छ ।
त्यस्तै ५ वडाका नवनिर्वाचित जनप्रतिनिधिले विगत लामो समय देखी वहसको रुपमा रहेको राजासिम रंगशाला वा खेलकुद पार्क निर्माणका लागी स्थानिय, संघ र प्रदेश सरकार संग आवश्यक पहल गर्ने निणर्य समेत गरेका छन ।उनीहरुले आफ्नो ५ वर्षिय कार्यकाल यस वडाको दिर्घकालीन बिकासको लागी डिपिआर तयार गर्ने बताए ।

त्यस्तै तलिवाडा वडा कार्यालय अगाडीको पोखरीको स्तर उन्नति गर्ने र यसै पोखरीमा माछा पालनका लागी सम्भाव्यता अध्ययन गर्ने बताइएको छ । त्यस्तै ५ वडाका नागरिकको ६ । ६ महिनामा स्वास्थ्य परिक्षण गरिने निर्णय गरिएको छ । जेष्ठ नागरिककका लागी होम डेलिभरि सेवा घरमै प्रदान गरिने व्यवस्था मिलाईने छ ।
५ वडालाई यस वडा लाई फोहोर मुक्त क्षेत्र घोषणा गर्नका लागी सबै टोल र बजार क्षेत्रमा व्यानर राखी प्रचारात्मक कार्यक्रमहरु सहित विविध गतिविधि संचालन गरिने छ । वजार क्षेत्र सरसफाईका लागी र वजार व्यवस्थापनका लागी युवाहरु परिचालन युवा क्लबहरु संग समन्वय गरिने छ ।
एक यवा एक उत्पादनको कार्यक्रम संचालन गरिने
चन्दननाथ नगरवालिकाको ५वडाले वडाबासीको आर्थिक विकास र प्रगतिका लागी उद्यमशिलता बिकासमा जोड दिइने भएको छ । एक यवा एक उत्पादनको कार्यक्रम संचालन गरिने निणर्य समेत गरिएको छ ।
न्युन आय भएका नागरिकलाई आत्मानिर्भर बनाउनका लागी आर्थिक सहयोग गरिने छ । त्यस्तै ,एकल महिला,अपाङ्ग तथा जेष्ट नागरिकको लागी आवश्यक कार्यक्रम संचालन गरिने छ । यस वडाको सम्पुर्ण तथ्याङक संकलनका लागी कार्यालयमा कम्युटर अबडेटर राखीने भएको छ ।
त्यस्तै चन्दननाथ नगरपालिका ५ वडाले आयोजना गरेको नव निर्वाचित जनप्रतिनिधिलाई स्वागत र निबर्तमान जनप्रतिनिधिलाई बिदाइ कार्यक्रमा बोल्दै निबर्तमान वडाध्यक्षले अर्जुन सिहं काठायतले आफ्नो ५ वर्षे कार्यकाल सफल रहेको बताए ।उनले आफ्ले ५ वर्षमा वडा सरकार चलाउदै गर्दा केही काम अधुरा रहेको बताए । उनले भने,‘यो काम निर्वाचित भयर आएका जनप्रतिनिधि संग सहकार्य गरेर जाने बताए ।
त्यस्तै नेकपा माओबादी केन्द्रका कर्णाली प्रदेश कमिटि सदस्या मनोज बुढाथोकीले नवनिर्वाचित वडाध्यक्ष लगायतका जनप्रतिनिधिलाई वडासरकारको नामको आडमा बस्न नहुने बताए । उनले जन्ताले दिएको जनमतको कदर गर्दै जन्ताको सेवक बन्न अनुरोध गरे ।उनले भने, जनप्रतिनिधि जनताको नरालो हो ।जन्ताले काम गर्नका लागी निर्वाचित गराएका हुन । उनले निर्वाचित वडाध्यक्ष र सदस्यहरुलाई साँचिकै जन्ताको सेवा भयर काम गर्न सुझाएका छन ।

त्यस्तै माओबादी केन्द्रका केन्द्रिय सल्लाकार समितिका सदस्य डाक्टर कल बहादुर रोकायाले नयाँ आएका जनप्रतिनिधिले ५वडा बासीका आधारभुत आश्यकता पुरा गर्ने गरी काम गर्न अनुरोध गरे । उनले समग्र ५ वडाको बिकासका लागी सबैको रचनात्मक सल्लाहा सुझाव आबश्यक रहेको बताए ।

 

सम्बन्धित समाचार