जुम्लाका स्थानीयतह,अभिलेखमा कमजोर
जुम्ला ः जुम्लाका स्थानीयतह अभिलेखमा कमजोर देखिएका छन् । थानीय तह संस्थागत क्षामता स्वमुल्यांकन (लिजा) कार्यक्रमले गरेको स्थालगत अनुगमनमा यस्तो भेटिएको हो । पहिलो कार्यकालको पाँच वर्षमा गरेका कामहरुको अधिकांश स्थानीय सरकारले अभिलेख राख्न सकेका छैनन् । स्थानीय तह संस्थागत क्षामता स्वमुल्यांकन (लिजा) कार्यक्रमले स्थानीय तहले गरेको कार्यसम्पादनको अभिलेखिकरण तथा ऐन अनुसार काम गरे नगरे अनुसारको मुल्यांकन गर्दै आएको छ ।
जस अन्तर्गत लिजाद्धारा सोमबार जुम्लामा आयोजित स्थानीयतह संस्थागत क्षामता स्वमुल्यांकन गुणस्तर परिक्षण नतिजा प्रस्तुतीकरण कार्यक्रममा जुम्ला सहित कर्णालीका स्थानीय तह अभिलेखमा कमजोर देखिएको पाइएको हो ।
स्थानीय शासन विज्ञ शिल्पा पोखरेललेका अनुा.सर ,लिजाले स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार कार्यसम्पादन भए नभएको र काम अनुसारको अभिलेख नभए नभएको आधारमा स्थानीयतहलाई अंक दिने गरेको छ ।जुम्लाका स्थानीय तहले शिक्षा,स्वास्थ्य,कृषि,पर्यटनका क्षेत्रमा थुप्रै काम गरेपनि अभिलेख नहुँदा बढि अंक पाउन सकेको छैनन् । जसले गर्दा संघ प्रदेशबाट पाउने अनुदानमा कटौती हुने समस्या छ ।
तेस्रो पटक सम्म निन्तर ५० अंक नल्याउने स्थानीय तहले संघ प्रदेश सरकारबाट पाउने अनुदान नपाउने व्यवस्था छ । यदपी ५० भन्दा बढि अंक ल्याउने स्थानीय तहले थप २ करोड अनुदान पाउने छन् । लिजाले गर्न कामका बारेमा नयाँ जनप्रतिनिधलाई जानकारी दिन तथा स्थानीय तहको क्षमता अभिबृद्दि गर्न जुम्लामा कार्यक्रम गरिएको विज्ञ कमल लम्सालले बताए ।
उनले भने,“स्थानीय तहको मुल्यांकनमा कमजोर देखिनुको मुख्य कारण अभिलेख नहुनु हो । यसमा कर्मचारीको सहयोगको अभाव देखियो । भने जनप्रतिनिधको अध्यायन कम र तालिम प्रशिक्षण गराउनु पर्ने देखिएको छ ।”
त्यस्तै सबै स्थानीय तहले स्थानीय सरकार संचालन ऐन २०७४ ले दिएको अधिकार अनुसारनै काम गर्न खोजेका छन् । तर प्रयाप्त छैन । कार्यपालिका बैठक बस्नु अघि एक हप्ता पहिले ऐजेण्डा सहित सूचना गर्नु पर्ने भएपनि कुनै स्थानीयतहले नगरेको पाईएको छ । हचुवाका भरमा बैठक बस्ने गरेका छन् । यस्तै थुप्रै ऐनले तोके अनुसार काम गरेपनि अभिलेख नहुँदा स्थानिय सरकार कार्यसम्पादन कमजोर देखिएको विज्ञ लम्सालले जानकारि दिए ।
अभिलेख राख्नेमा पातारासी पहिलो
जुम्लाको पातारासी गाउँपालिका काम संगै अभिलेख राख्नेमा पहिलो देखिएको छ । काम संग अभिलेख राख्ने पालिका लिजाको रिर्पोटमा महत्वपुर्ण मनिएको छ । पालिकाले गर्न कामको अभिलेख राख्नेमा स्थानीय सरकारका कर्मचारी र जनप्रतिधिको ध्या केन्द्रित हुन जरुरी रहेको छ ।
जुम्लाका आठ स्थानीयतह मध्य पातारासी गाउँपालिकाले अभिलेख राख्ने काम अनुसारको कागजात उपलब्ध गराउने पालिकाका आधारमा अंक दिँदा गत आवमा सबैभन्दा बढी पातारासी गाउँपालिकाले ६७.७५ अंक ल्याएको छ । भने सबैभन्दा कम सिंजा गाउँपालिकाले ३२ अंक मात्रै ल्याएको छ । साथै प्रक्रियागत क्रुटिका कारण तातोपानी गाउँपालिका लिजाको कार्यक्रममा समेटीएको छैन् ।
गुठिचौर गाउँपालिकाको ५४,हिमाको ३९, चन्दननाथको ५३,कनकासुन्दरीको ५३,र तिला गाउँपलिकाले ४१ अंक मात्रै प्राप्त गरेको विज्ञ लम्सालले बताए । केहि स्थानीयतको गतवर्षको भन्दा घटेको छ । भने कसैको बढेको । यदपी अभिलेखको अबस्था सन्तोषजनक छैन् । यस पालिकाकै विकासमा बाधा पुग्ने देखिन्छ ।