जुम्ला ः जुम्लामा जातिय व्यवस्था विरुद्ध प्रर्दशन गरिएको छ । रुकुम पश्चिम सोती घटनाको दुई वर्ष पुग्दा पनि पिडित पक्षले न्याय नपाएको भन्दै जुम्लामा मंगलबार प्रर्दशन गरिएको हो । उक्त प्रर्दशनमा दोषीलाई हदै सम्मको कारबाहीको माग गरेका छन ।
त्यस्र्तै जुम्लाका यूवा धनराज सुनारको अगुवाईमा जिल्ला प्रशासन कार्यालय अगाडी प्ले कार्ड सहित यूवाले सोती घटनामा पिडितलाई न्याय र दोषीलाई कारबाहिको माग गर्दै जात व्यवस्थालाई अन्त्य गर्न जोडदार माग गरिएका छन ।
त्यस्तै मंगलबार देशव्यापी रुपमा सोती घटनाका सन्दर्भमा भईरहेको प्रदेशकै बीच जुम्लामा पनि यूवाहरुको सहभागितामा झण्डै आधा घण्टा प्लेट कार्ड सहित प्रर्दशन गरिएको यूवा धनराज सुनारले बताए ।उनले भने, देशमा जातीय विरुद्धका दर्जनौ कानुन निर्माण भएपनि नमराज विक हत्या काण्ड लगायतका थुप्रै जघन्य अपराधका दोषीलाई हदै सम्मको कारबाहि नहुनु दुखद पक्ष हो ।
दुई वर्ष पहिले आजकै दिन माथिल्लो जातकी किशोरी संग प्रेम गरेकै कारण रुकुम पश्चिमका नमराज विक सहित ६ जनालाई लखेटेर भेरीमा मारेका थिए ।जात व्यवस्था विरुद्ध हाल सम्म तीनै तहका सरकारले कुनै उल्लेखीय काम नगर्दा भविष्यमा यस्ता घटना बढ्नेमा दुईमत छैन् । त्यसैले यूवाको एकता,सामाजिक दबाब र कानुन कार्यान्वयनमा जोड दिन आबश्यक रहेको यूवा सरोज शाहीले बताए ।