संविधानमा ब्यवस्था गरेको अधिकारबाट बञ्चित भए जुम्लाका जेष्ठ नागरिक
जुम्ला ः पाँच वर्षको अवधिभर चन्दननाथ नगरपालिकाका जेष्ठनागरिक अधिकार पाउनबाट बञ्चित भएको बताएका छन । उनीहरुले संबिधानमै ब्यवस्था भएको हक अधिकारबाट जुम्लाका जेष्ठनागरिकलाई चन्दननाथ नगरपालिकाले बञ्चित गराएको आरोप लागएका हुन ।जेष्ठनागकि संघले आयोजना गरेको नवनिर्वाचित र मेयर ,उपमेर र वडाध्यक्षहरुका लागी बधाइ तथा स्वागत कार्यक्रमा गरिएको थियो ।
उक्त कार्यक्रममा बोल्दै जेष्ठ नागरिक संघका अध्यक्ष तिर्थराज भारतीले ब नेपालको संविधानले दिएको हकअधिकार समेत कटौती गरेको दुखेसो पोखेका छन । संविधानले दिइएको सेवा सहजै रुपमा पाउनुपर्ने, हो ।
तर सरकारले दिने सामाजिक सुरक्षा भत्ता समते दिन आँनाकानी गरेको बताए । अध्यक्ष भारतीले भने, जेष्ठ नागरिकलाई निशुल्क उपचारको ब्यवस्था छ ।तर जुम्लाका जेष्ठ नागरिकले पाएका छैनन ।उनले भने,यस अघि महिला तथा बालबालिका कार्यलयले जेष्ठनागरिकका माग सम्बोधन गरेको थियो । तर गाउका सरकार आयो ,त्यो कार्यलय खारज भयो । चन्दननाथ नगरपालिकाले मेयर उपमेयर दुइ वटै पदमा महिला पायो । तर यो पाँच वर्षको अवधिभर कुनै जेष्ठ नागरिकहरुका माग पुरा नभएको बताए ।
त्यस्तै नगरप्रमुख राजुसिंह कठायतले समयमै सामाजिक सुरक्षाभत्ता उपलब्ध गराउने बताए । उनले जेष्ठ नागरिकको गुनासा सम्बोधन तयार रहेको बताए । यो गाउँका सिंहदरबारका सिंहहरुको निकै ठूलो कमजोरी हो । मेयर कठायतले वृद्वा आश्रम खोल्नमा ठुलो योगदान रहेको स्मरण गराए । अब जेष्ठनागरिकको हकहितको लागि कचुक्ने बताए ।अन्य अधिकारीका विषयमा पहलकदमी गरिने बताउँछन् ।
त्यस्तै उप मेयर रामदेवी खड्काले नगर बाट प्रवाह हुने सेवा सुविधामा जेष्ठ नागरिकका लागी कुनै कन्जुस्याइँ नहुने बताइन् ।उनले भनिन् जेष्ठ नागरिक डाँडामाथिका जुन जस्तै हुन । यसको लागी नगरपालिकाले आधारभुत आबश्यकता पुरा गर्न लाग्ने छ ।
त्यस्तै नवनिर्वाचित वडा अध्यक्षहरुको तर्फबाट बोल्दै नगरपालिका ४का वडाध्यक्ष नवराज देवकोटाले आफ्ना वाडाका सबै नागरिकले स्वास्थ्य विमा,व्लड बैंक स्थापनाका लागि पहल गरेको बताए । डिप्लोमा र प्रडिप्लामा पढ्ने १० विद्यार्थीहरुलाइ निशुल्क पढाइने र एकीकृत सहकारी मार्फत कृषि कार्यक्रम गरिने निर्णय गरेको जानकारी दिए। उनले भने ,यस्तै जेष्ठ नागरिक को स्वास्थ्यकर्मी संग घरमै पुगेर स्वास्थ्य जाँच गरिने छ। त्यस्तै जेष्ठ नागरिक संघमा १ सय ४० जना जेष्ठ नागरिकहरु आवद्व छन् । जसमा ५ जना महिला जेष्ठनागरिक रहेको संघका सचिव तुलाराम न्यौपानेले बताए ।









