सिंजा गाउँपालिकाका अध्यक्ष धितालको पहिलो प्रतिबद्धता : घरमा सुत्केरी हुने दर सुन्यमा झार्ने

जुम्ला :  सिंजा गाउँपालिकाका अध्यक्ष पुर्ण प्रसाद धितालले घरमा हुने सुत्केरी दर सुन्यमा झार्ने गाउपालिकाको पहिलो प्रथामिकता रहेको बताए ।  सिंजागाउँपालिकाको मातृ मृत्यु दर शुन्य बनाउन र नेपाल सरकारको गाउँगाउँमा सिंहदरवार भन्ने अवधारणालाई पुर्णता दिनका लागी यस्तो प्रतिबद्धता गरिएको हो ।अध्यक्षले धितालले भने अब सिजागाउँपालिकाका कुनै पनि सुत्केरी महिला घरमा सुत्केरी हुने छैनन ।
गर्भवती महिलाका सबै बच्चा सुरक्षित बर्थिङ सेन्टरमा जन्मने छन । यो गाउपालिकाको प्रतिबद्धता हो अध्यक्ष धितालले भने ।यस सिंजा गाउँपालिका भएका सकरात्क कामलाई निरन्तरता दिइने छ । नव निर्वाचित गाउँपालिका अध्यक्ष लगायत आगामी ५ बर्ष भित्र जन्ताका अधारभुत आबश्यकता पुरा गर्नका लागी प्रतिबद्ध रहेका छौ ।

त्यस्तै अबका  ५ बर्ष भित्र कक्षा १ देखी ५ सम्मको आधारभूत बिद्यालय तहमा शिक्षाको गुणस्तर सुधार र उपलब्धी स्तर ६० प्रतिशत पुर्याईने वननिर्वाचित अध्यक्ष धिताले बताए ।

त्यस्तै सिजा गाउँपालिकाका उपाध्यक्ष शितली रोकायाले समावेशी आवासीय विद्यालय स्थापना गरिने बताइन । उनले निर्माणाधिन सिंजा गाउँपालिकाको प्रशासनिक भवन शिघ्र निर्माण गरिने समेत बताएकी छन ।त्यस्तै सिंजा गाउँपालिकाले खेलक्षेत्रको बिकासका लागी गाउँपालिका स्तरिय रंगाशाला निर्माणमा जोड दिने बताइएको छ ।

 

सम्बन्धित समाचार