रंगशालाको अभाव झेल्दै ,जुम्लाको खेलक्षेत्र
जुम्ला ः जुम्लामा खेलाडीले स्वतस्फूर्त तवरलेखेल्ने खेलमैदान अभाव छ। त्यो सबैको सोचनिय सवाल छ। यसमा जुम्लाका सबै सरोकारवाला निकाय सकारात्मक हुन जरुरी रहेको खेलकुद बिकास समिति जुम्लाका सदस्य सचिब संगिता आर्चायले बताइन ।उनले भने,नगरपालिकाबाट खेलक्षेत्रको लागी कुनै सहयोग गरेको छैन । उनले भनिन, नवनिर्वाचित मेयर र उपमेयर खेलक्षेत्रको बिकासका लागी पहलकदमी गर्न अनुरोध गरिन ।सदस्य सचिव संगिता आचार्यका अनुसार खेल कला प्रदर्शन गर्ने माध्यम हो ।यस्तो सस्थामा इमान्दारिता,अनुसासित र लगनशीलता अनिवार्य हुनु जरुरी छ ।
उनले भनिन् खेल सबैको साझा हो। यसबाट कोही पनि नागरिक विमुख हुनुहुँदैन।आर्चायले भनिन, जुम्लाका खेलाडी खेलक्षेत्रमा अब्बल भएपनि खेलमौदान अभावका कारण नियमित हुने अभ्यास नभएको बताइन । व्यक्तिको सान नभइ सिंगो जिल्ला र राष्ट्रको सान बचाउनु ठुलो कुरा हो ।
खेलाडीलाई खेल खेल्ने खेलमैदानका लागि अहिलेका नवनिर्वाचित मेयर र उप मेयरको ध्यान जान जरुरीछ ।त्यस्तै एन्फा जुम्लाका अध्यक्ष भरतबुढ्थापाले फुटबलको विकास गराउन, नानीवावुहरुलाइ खेलप्रति रुचि बढाउन र खेल विकासमा सबैको सहयोग हुन जरुरी छ । उनले भने,खेलक्षेत्रका लागी जुम्लाका स्थानीयतहले कुनै चासो दिएका छैनन । खेलक्षेत्रको बिकासक गर्न एन्फाले मात्रै नसकिने बताए ।
त्यस्तै चन्दननाथ नगरपालिका जुम्लाका मेयर राजुसिंह कठायतले आफ्नो कार्यकालमा खेलकुद क्षेत्र पहिलो प्राथमिकतामा पर्ने बताए । उनले भने ,खेलले स्वास्थ्य देखि राष्ट्रियताको साग बचाउने भन्दै कार्यपालिकाको पहिलो बैठकमा खेलमैदानको निर्णय गराउने दाबी समेत गरे। खेलका माध्यमबाट पनि सबैले राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा जुम्लाको छवि उच्च राख्ने गरी खेलकुदको विकासमा कदम चालेको बताए ।
उनले भने , स्थानीयस्तरमा हुने यस्ता विभिन्न खेलकुद प्रतियोगिताले खेलको विकास र खेलाडीलाई प्रोत्साहन मिल्ने बताउँदै उनले खेलको विकासलाई सन्तोषजनक रुपमा अगाडि बढाउन स्थानीय तहको सहयोग पनि अपरिहार्य रहेको औँल्याए । स्थानीयस्तर बाटै खेलकुदको विकास र खेलाडीलाई प्रोत्साहन दिने कार्यक्रम सबै स्थानीय सरकारले अगाडि बढाउनुपर्ने औँल्याए । आफू जुम्लाको फुटबल खेलाडी भएको मेयर कठायतले बताए ।
त्यस्तै चन्दननाथ नगरपालिकाका उपमेयर रामदेवी खड्काले एउटा कुसल खेलाडी उत्पादन गर्नका लागी नगरपालिका प्रतिबद्ध रहेको बताइन । उनले भनिन्,खेल खेल्नु मात्रै नभइ खेलका माध्यमबाट राष्ट्रियता कायम राख्नु स्वाभिमान राख्न जरुरी छ । महत्त्वपूर्ण विषय हो । जुम्लाका खेलाडीले स्वतस्फूर्त तवर लेखेल्ने खेलमैदान छैन ।त्यो सबैको सोचनिय सवाल छ। यसमा म सकारात्मक छु। नगरपालिका बाट गर्न सक्ने पहलकदमी निरन्तर गर्ने प्रतिवद्वता गरिन् ।
त्यस्तै आइतबार अखिल नेपाल फुटबल संघ जुम्लाको आयोजना , अखिल नेपाल फुटबल संघ एन्फाको प्रराविधिक सहयोग, नम्वर २४ बाहिनी अड्डा, नेपाली सेनाको नन्दाबक्स गण सहयोगमा जुम्लामा एक दिने ग्रासुट फेस्टिवल कार्यक्रममा गरिएको छ । उक्त कार्यक्रममा नगरभित्रका १० वटा विद्यालयको सहभागी रहेको छ । ६ वर्ष देखि १२ वर्ष मुनिका ५ सय बिधार्थीकाे सहभागीता रहेकाे थियाे । एन्फा जुम्लाका अध्यक्ष भरतबुढ्थापाका अनुसार खेलका माध्यमबाट बाट धेरै कुरा गर्न सकिन्छ । तर तनमनका साथ सबै लाग्न जरुरी छ । उनले भने, अबको केही दिनमै २५ जनालाई रेफ्री तालिम दिइने छ ।