जुम्ला ः जुम्लामा एम्बुलेन्स दुर्घटना भएको छ । जुम्लाको कनकासुन्दरी गाउँपालिकाबाट बिरामी ल्याउदै, गरेको एम्बुलेन्स दुर्घना भएको हो। जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार कनकासुन्दरी गाउँपालिका ६ स्थित दाँते ओखरमा क १ झ १५ नम्बरको कनकासुन्दरी गाउँपालिकाको एम्बुलेन्स विहान दुर्घटना भएको छ ।
प्रहरी निरीक्षक तथा सूचना अधिकारी भुवन भट्ट अनुसार एम्बुलेन्स दुर्घटना हुदा तीन जना सामान्य घाईते भएका छन् । कनकासुन्दरी ६ निवासी दलविरे ऐडि विरामी भई सदरमुकाम ल्याईदै गर्दा दुर्घटना भएको छ । दुर्घटनामा खासै क्षेति नभएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक भट्टका अनुसार एम्बुलेन्स सड्कबाट १५,२० मिटर तल एम्बुलेन्स खसेको थियो ।