सिजाका निर्वाचित अध्यक्ष धितालको पहिलो काम : टेलिफोन सेवा सुचारु
जुम्ला : सिँजा गाउँपालिकाका नव निर्वाचित अध्यक्ष पुर्णप्रसाद धितालले सपथ ग्रहण गरेको पहिलो दिनमै नियमित टेलिफोन सेवा संञ्चालनका लागी पहल गरेका छन । यस अघि सिजा गाउँपालिकामा बिहान,साँझ,र घाम नलागेको दिन फोन सेवा अबरुद्ध हुने समस्या थियो ।अध्यक्ष धितालले भने, सिँजामा साँझ देखि बिहान सम्म टेलिफोन सेवा अबरुद्ध हुने समस्याले नागरिक हैरान थिए ।
यो समस्या समाधानका लागी नेपाल टेलिकम जुम्ला संग अनुरोध गरिएका थियौँ । धितालले भने, फोनको टावर अघिल्लो स्थानीय सरकारले गरेको थियो । हामीले संचार मन्त्रालय र नेपाल टेलिकमको केन्द्रीय कार्यालयसँग समन्वय गरी नयाँ ब्याट्री थप गरिएको छ । उनले भने,‘ फोन सेवा नियमित नहुदा नागरिक समस्यामा थिए ।जुम्लामा रहेको टेलिकमको कार्यलयमा पुगेर १५६० भाेल्टेजका नयाँ ४८ वटा ब्याट्री ल्याइएको हो ।
त्यस्तै नेपाल टेलिकमका प्रमुख रामचन्द्र श्रेष्ठले नवनिर्वाचित अध्यक्षले पहल गरेपछि प्राविधिकहरु सहितको टोली गाउपालिकामा पठाएको बताए । उनले भने, सिँजा गाउँपालिकाको वडा नं ४ को भुलीटावरमा नयाँ ब्याट्री जडान गरिरहेको छ ।ब्याकपको कमीले फाने सेवा अरुद्ध हुने गरेको थियो । प्रमुख श्रेष्ठले भने, अब त्यो समस्या हुने छैन । सिजा गाउँपालिकामा नियमित फोन सेवा सुचारु भएपछि सहज भएको स्थाननिय डिल्ली प्रसाद तिवारीले बताए ।