जुम्ला ः जुम्लामा पहिलो पटक पत्रकार लेखन वृद्धि तथा महासंघमा योग्दान पु¥याउने पत्रकार तथा कर्मचारीका लागी पुरस्कार कोष स्थापाना गरिएको छ ।
नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले आफ्नो ३९ औँ जन्म दिनको अवसरमा पत्रकार लेखन वृद्धि तथा योग्दान पु¥याउने पत्रकार तथा कर्मचारीका लागी पुरस्कार कोष स्थापाना गरेका हुन ।उनले जन्म दिन मनाउने बहानामा तडक भडक नगरी ,फजुल खर्च गर्ने परिपाटीको अन्ये गर्नका लागी यस्तो गरिएको बताएका हुन ।
अध्यक्ष शाहीले आफ्नो जन्मोत्सवका अवसरमा ११ हजार१ सय ११ रुपैंयाको ब्यक्तिगत रुपमा जन्मा गरी पुरस्कार कोष स्थापना गरेका हुन ।अध्यक्ष शाहीले भने ,‘जन्मदिनमा केक काट्नु भन्दा सबै पत्रकार साथीहरुले आफ्नो जन्म दिनको अवसरमा जति सकिन्छ तेति रुपैया यो कोषमा जम्मा गर्न अनुरोध गरेका छन । उनले धेरै पत्रकार साथीहरुको लेखन बृद्धि गर्ने तथा माहसंघमा योगदान दिनेहरुका लागी जन्मदिनमा फजुल खर्च गर्नुभन्दा क्रियाशिल पत्रकारका लागी परोपकारी कार्य गरौं भन्ने हेतुले कोष स्थापना गरेको उनको भनाइ छ । अध्यक्ष शाहीले चेक नेपाल पत्रकार महासंघका सचिब मानदत्त रावललाई हस्तानतरण गरिएको छ ।
त्यस्तै उक्त चेक ग्रहण गर्दै सचिब रावलले रकम सानो भएपनि यसको महत्व ठुलो रहेको बताए ।उनले भने,यो सूरुवात गरिएको हो ।आगामी दिनमा सबै, पत्रकारले निरन्तरता दिन जरुरी छ ।