जुम्लाका निर्वाचित ८ वटै स्थानीयतहका प्रुमखले लिए सपथ

जुम्ला ः जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिकाको सहित आठ वटै स्थानीय तहको निर्वाचन सम्पुर्ण भएको छ ।आठ वटा स्थानीयतहका प्रमुखहरुले सपथ ग्रहण गरेका छन ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधिस जवाहरप्रसाद सिंहले शुक्रबार चन्दननाथ नगरपालकिाका मेयर र पालिका अध्यक्षलाई सपथग्रहण गराएका हुन ।

स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०९ अनुसार नगरपालिका÷गाउँपालिका प्रमुखको सपथ जिल्ला न्यायधीस वा मुख्य निर्वाचन अधिकृतले गर्ने व्यवस्था रहेको छ । मुख्य निर्वाचन अधिकृतका अनुसार उपप्रमुख सहित वडाध्यक्ष र सदस्यहरुको सपथ पालिका प्रमुखले जिल्ला न्याधीसस बाट सपथ ग्रहण गरेपछि आफ्नो स्थानीयतहका अध्यक्षबाट सपथ ग्रहण गर्ने छन । पालिकाका प्रमुखले सपथ ग्रहण गरेको एक साता भित्र निर्वाचित उपाध्यक्ष ,वाडाध्यक्ष , वडा सदस्यलाई सपथ ग्रहण गराउनु पर्ने छ ।

सपथ ग्रहण गर्नेमा चन्दनाथ नगरपालिकामा मेयर राजु सिहं कठायत , कनकासुन्दरीमा प्रमुख दामोदर आचार्य, सिजागाउँपालिका पूर्णप्रसाद धिताल , हिमा गाउँपालिका प्रमुख लक्ष्मण शाही , तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया, रहेका छन । यसैगरी तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई, गुठीचौरगाउँपालिका अध्यक्ष दान बहादुर बुढा, पातारासी गाउँपालिका प्रमुख पूर्णसिंह बोहराले सपथ ग्रहण गरेका हुन ।
यस्तै सपथ ग्रहण गर्दै नव चन्दनाथ नगरपालिका मेयर राजुसिंह कठायतले आफु भाषण भन्दा भन्दा पनि काममा जोड दिने प्रतिवद्धता गरे । उनले जिुम्ला बासीको भावनालाई बुझेर काम गर्ने बताए ।

त्यस्तै जिल्ला न्यायधीस तथा मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले नव निर्वाचित जनप्रतिनिधिलाई वधाई दिदै संविधानको अधिकारलाई मुल मर्मको अधिनमा रहि काम गर्नु अनुरोध गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले वधाई दिदै नगरको विकासमा ठोस काम गर्न सुझाव दिइन ।उनले भौतिक विकास सँगै सामाजिक विकास लगायत नागरिकका आधारभुत आबश्यकता पुरा गर्न जोड दिइन । उनले वालविवाह , बहुविवाह,र शिक्षाको भएको बिकृति हटाउन अनुरोध गरिन । भखरै निर्वाचित भएर आएका जनप्रतिनिधिले जुम्लाको शिक्षा क्षेत्र सुधारन अनुरोध गरेकी छन ।