जुम्ला ः जुम्ला ८ स्थानीय तह र ६० वडामा विभाजित छ । दोस्रो स्थानीय तहको निर्वाचतमा एक पालिका प्रमुखमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । काँग्रेसका पाँच पालिकामा प्रमुख र तिन पालिकामा उपप्रमुख निर्वाचित भएका छन् । माओवादीका दुई पालिकामा प्रमुख र चार पालिकामा उपप्रमुख उम्मेदवार निर्वाचित भएका हुन् ।यस्तै समाजवादीका एक पालिकामा मात्रै उपप्रमुखमा उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
काँग्रेस २६ वडामा निर्वाचित
स्थानीय तहको निर्वाचनमा जुम्लाका २६ वडामा काँग्रेसका उम्मेदवार निर्वाचित भएका छन् । चन्दननाथ नगरपालिका – १ वडामा काँग्रेसका तिलकप्रसाद न्यौपाने सोही नगरपालिका – २ वडामा काँग्रेसका हेमबहादुर बुढ्थापा, ४ वडामा काँग्रेसका नवराज देवकोटा र ६ वडामा काँग्रेसका रविबहादुर थापा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
चन्दननाथ नगरपालिका – ८ वडामा काँग्रेसका रुपबहादुर रोकाया, गुठीचौर गाउँपालिका– १ वडामा काँग्रेसका अर्जुन कुमार महतारा, सोही गाउँपालिका– ४ वडामा काँग्रेसका टिकादत्त न्यौपाने वडाध्यक्षमा निर्वाचित भएका छन् ।
पातारासी गाउँपालिका – २ वडामा काँग्रेसका बलबहादुर बोहरा, सोही गाउँपालिका – ५ वडामा काँग्रेसका दत्तबहादुर बुढा, ६ नम्बर वडामा काँग्रेसका कर्मबहादुर विष्ट र ७ वडामा काँग्रेसका विरबहादुर बुढा वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
कनकासुन्दरी गाउँपालिका –३ वडामा काँग्रेसका भैरबहादुर बुढा, सिंजा गाउँपालिका – १ वडामा काँग्रेसका हरिनन्द आचार्य, सोही गाउँपालिका – ५ वडामा काँग्रेसका कृष्णबहादुर रोकाया वडाध्यक्षमा निर्वाचित भएका छन् । हिमा गाउँपालिका – १ वडामा काँग्रेसका रतनबहादुर शाही, सोही गाउँपालिका – ५ वडामा काँग्रेसका कालो शाही, ६ वडामा काँग्रेसका उपराज अधिकारी वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
तिला गाउँपालिका – २ वडामा काँग्रेसका चन्द्रबहादुर बोहरा, ३ वडामा धनबहादुर शाही, ५ वडमा ललितबहादुर शाही, ६ वडामा जंग रोकाया, ८ वडमा आसे बस्नेत र ९ वडामा धनबहादु रावत वडाध्यक्षमा निर्वाचित भएका छन् ।
तातोपानी गाउँपालिका – १ वडामा काँग्रेसका कर्णबहादुर कठायत, ३ वडामा गोकर्ण रावल र ५ वडामा छिरिङ्ग महत वडाध्यक्षमा निर्वाचित भएका छन् ।
माओवादी १९ वडामा निर्वाचित
तातोपानी गाउँपालिका – ६ वडामा माओवादीका विशाल खड्का पुनः वडाध्यक्षमा निर्वाचित भएका छन् । कनकासुन्दरी गाउँपालिका – १ वडामा माओवादीका भीमबहादुर भण्डारी, २ वडामा खाम्मा रावत, ४ वडामा माओवादीका धनमानसिंह हमाल र ५ वडामा विस्णुबहादुर बढुवाल वडाध्यक्ष निर्वाचित भएका छन् ।
सिंजा गाउँपालिका –२ वडामा माओवादीका तिर्थ वड र ३ वडामा सुरतबहादुर रावत वडाध्यक्षमा निर्वाचित भएका छन् । हिमा गाउँपालिका – ३ वडामा माओवादीका धनविर रोकाया र ४ वडामा जग्ग रोकाया वडाध्यक्षमा निर्वाचित भएका छन् ।
तिला गाउँपालिका – १ वडामा माओवादीका जंगबहादुर बस्नेत र ७ वडाका खुम्मीलाल रोकाया वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
पातारासी गाउँपालिका –१ वडामा माओवादीका लालसिंह ऐडी, ३ वडाका गोविन्द रावत र ४ वडामा कालीबहादुर ऐडी निर्वाचित भएका छन् ।चन्दननाथ नगरपालिका – ३ वडामा माओवादी रतन खत्री, ५ वडामा विर्खबहादुर कार्की, ९ वडामा भीमबहादुर रावत र १० वडामा नमराज शाही वडाध्यक्षमा निर्वाचित भएका छन् । गुठीचौर गाउँपालिका – ५ वडामा माओवादीका कमलबहादुर महत वडाध्यक्षमा निर्वाचित भएका हुन् ।
एमाले ६ वडामा निर्वाचित
कनकासुन्दरी गाउँपालिका – ६ वडामा एमालेका प्रेमबहादुर पछाई, सिंजा गाउँपालिका – ४ वडामा एमालेका रन्जित बुढा, तिला गाउँपालिका – ४ वडामा एमालेका भक्तविर सार्की निर्वाचित भएका छन् । तातोपानी गाउँपालिका – २ वडामा एमालेका चन्द्रमान बुढा, ४ वडामा अमरबहादुर रोकाया र ७ वडामा तिलकबहादुर रावत वडाध्यक्षमा निर्वाचित भएका छन् ।
समाजवादी ६ वडामा निर्वाचित
चन्दननाथ नगरपालिका– ७ वडामा समाजवादीका गणेश महत, हिमा गाउँपालिका– २ वडामा हरिबहादुर रोकाया, ७ वडामा विक्रमबहादुर शाही, कनकासुन्दरी गाउँपालिका– ७ वडामा तेजबहादुर जिसी वडाध्यक्ष निर्वाचित भएका छन् । गुठीचौर गाउँपालिका– २ वडामा समाजवादीका दीपबहादुर रोकाया र तातोपानी गाउँपालिका – ८ वडामा नरबहादुर रावत वडाध्यक्षमा निर्वाचित भएका छन् ।
नेमकिपा १, स्वतन्त्र २ वडामा निर्वाचित
सिंजा गाउँपालिका – ५ वडामा नेपाल मजदुर किसान पार्टीका लालबहादुर बुढा वडाध्यक्ष निर्वाचित भएका छन् । यस्तै कनकासुन्दरी गाउँपालिका – ८ वडामा स्वतन्त्र उम्मेदवार धनबहादुर कामी र गुठीचौर गाउँपालिका – ३ वडामा स्वतन्त्र उम्मेदवार इन्द्र बुढा वडाध्यक्षमा निर्वाचित भएका छन् ।
जुम्लामा २०७४को निर्वाचनमा माओबादीकेन्द्रले २५ वडा , ऐमालेले १७ वटा वडा , नेपाली काँग्रेसले १५ वडा , एक वडा स्वतन्त्र र २ नेपाल मजदुर किसान बाटीले जितेको थियो ।