चन्दननाथका नवनिर्वाचित जनप्रतिनितिलाई प्रमाणपत्र बितरण

जुम्ला ः जुम्लाका चन्दननाथ नगरपालिकाका वननिर्वाचित जनप्रतिनिधीहरुलाई प्रमाणपत्र बितरण गरिएको छ ।मुख्य निर्वाचन अधिकृतको कार्यालयले चन्दननाथ नगरपालिकाका नगर प्रमुख, नगर उपप्रमुख, वडाध्यक्ष र सदस्यहरुलाई निर्वाचन सफल पछि प्रमाणपत्र बितरण गरेका हो ।
मुख्य निर्वाचन अधिकृत तथा जिल्ला न्यायधीय जवाहर प्रसाद सिंहले नगरप्रमुख राजुसिंह कठायत, नगरउपप्रमुख रामदेवी खड्का सहितका ५२ पदका जनप्रतिनिधिलाई प्रमाणपत्र वितरण गरेका हुन ।
त्यस्तै प्रमाणपत्र ग्रहण गर्दै नव निर्वाचित नगरप्रमुख राजुसिंह कठायतले आफु भाषण भन्दा भन्दा पनि काममा जोड दिने प्रतिवद्धता गरे । उनले सिंगो नगरबासीको भावनालाई बुझेर काम गर्ने बताए । त्यस्तै उपप्रमुख रामदेवी खड्काले सवै मिलेर हेर्न मिल्ने सुन्दर शहर विकासको आधार तयार गर्ने प्रतिवद्धता गरिन ।

त्यस्तै जिल्ला न्यायधीस तथा मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले नव निर्वाचित जनप्रतिनिधिलाई वधाई दिदै संविधानको अधिकारलाई मुल मर्म सम्झेर अधिकार अनुसार काम गर्र्नुपर्नेमा पछि नहट्नुपर्ने बताए । उनले भने, राज्यले दिएको निर्वाचन सम्पन्न गर्न खटिने निर्वाचन अधिकृतहरु, मतदान अधिकृत, सहायक अधिकृत, कर्मचारी र समग्र सुरक्षा निकायलाई धन्यवाद ज्ञापन गरे ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले वधाई दिदै नगरको विकासमा ठोस काम गर्न सुझाव दिइन ।उनले भौतिक विकास सँगै सामाजिक विकास लगायत नागरिकका आधारभुत आबश्यकता पुरा गर्न जोड दिइन ।
चन्दननाथ नगरपालिकामा १० वटा वडा छन् , जसमा ५ वटा वडा नेपाली कांग्रेस, ४ वटा वडा नेकपा माओवादी केन्द्र र एक वडा नेकपा एकिकृत समाजवादीले बिजय हात पारेको छ ।

 

 

सम्बन्धित समाचार