जुम्लाका ८ वटा स्थानीयतहको मत गणना सकियो

जुम्ला : जुम्लाको आठ वटै स्थानीयतहको  मत गणना सकिय छ । जसमा ५वटा स्थानीय तहमा नेपाली काँग्रेस बिजयी भएको छ । दुइ वटा स्थानीय तहमा नेकपा माओबादी केद्रले तिजेको छ । जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।
चन्दननाथ नगरपालिकामा नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत बिजयी भएका हुन् ।कठायतले दुई हजार चार सय तिन मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदम बहादुर शाहीले दुई हजार ३ सय ४१ मत ल्याएर पराजित भएका हुन ।
नेपाली काँग्रेसले ५ वटा प्रमुख जितेको छ ,भने तिन वटा उपप्रमुख जितेको छ । त्यस्तै नेकपा माओबादी केन्द्रले दुइ वटा प्रमुख र ४ वटा उपप्रमुख जितेको छ । त्यस्तै नेकपा एकिकृत समाजबादी पाटीले एक उपप्रमुख जितेको छ ।

त्यस्तै चन्दननाथ नगरपालिकामा उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का बिजयी भएकी छन् । खड्काले दुईहजार आठ सय ८ मत मत प्राप्त गरेकी छन् ।त्यस्तै नगरउप्रमुखका प्रतिस्पर्धी समाजवादीका भिमबहादुर थापाले एक हजार छ सय ८६ मत प्राप्त गरेका छन ।

त्यस्तै जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष प्रमुखमा नेपाली काँग्रेसका दानबहादुर बुढा बिजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरी पराजय भएका हुन् । त्यस्तै उपप्रमुखमा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी बिजयी भएकी छन् ।उनले १५०३ मत प्राप्त गरी उपप्रमुख भण्डारी विजयी भएकी हुन् । उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १२१४ मत प्राप्त गरेकी हुन् ।

त्यस्तै जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा(कल्पना ) विजयी भएका छन । रोकाया नेपाली काँग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका हुन । उनका प्रतिद्धन्दी काँग्रेसका एकराज उपाध्याय एक हजार ९ सय १५ मत प्राप्त गरेका हुन ।
त्यस्तै उपाध्यक्ष तर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन । उनले २ हजार ४ मत प्राप्त गरेकी छन । उनको नकिटम प्रतिद्धन्द्धी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन ।

त्यस्तै जुम्लाको तातोपानी गाउँपालकिामा नेपाली कांग्रेसका नन्दप्रसाद चौलागाई वजिय भएका छन । उनले नेकपा माओवादी केन्द्रका जुम्ला संयोजक बीरबहादुर कुंवरलाई भारी मतान्तरले हराउदै वजिय भएका हुन । उनले २ हजार ३ सय २० मत प्राप्त गरेका हुन । उनका प्रतद्धिन्द्धी नेकपा माओवादी केन्द्रका बीरबहादुर कुंवरले एक हजार ८ सय ६ मत प्राप्त गरेका हुन ।

त्यस्तै उपाध्यक्ष तर्फ नेकपा माओवादी केन्द्रकी रेवती रावल वजिय भएकी छन । उनले एक हजार ७ सय ५८ मत प्राप्त गरनि ।उनको नकिटम प्रतद्धिन्द्धी कांग्रेसकी वन्दिु अधकिारीले एक हजार ३ सय १२ मत प्राप्त गरेकी हुन ।

त्यस्तै सिजा गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका पुर्ण प्रसाद धिताल बिजयी भएका छन । धितालले नेपाली काँग्रेसका नन्दराम बुढा १ सय १८ मतअन्तरले पछि पार्दै बिजयी हाँसिल गरेका हुन । उनले १ हजार ९सय ४९ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धोन्दि नेपाली काँग्रेसका नन्दराम बुढाले १ हजार ८ सय ३१ मत ल्यायर पराजित भएका हुन ।
त्यस्तै उपाध्यक्षमा माओबादी केन्द्रकै शितली रोकाया १ हजार ९ सय ५६ मतले वजयी भएकी हुन ।भने उनको प्रतिद्धोन्दि नेपाली काँग्रेसका रजनकली शाहीले १ हजार ६९ मत ल्याएर पराजित भएकी हुन ।

त्यस्तै जुम्लाको पातारासी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका पूर्णसिंह बोहरा बिजयी भएका छन । अध्यक्ष बोहराले दुई हजार सात सय ६८ मत प्राप्त गरेका छन । अध्यक्षमा प्रत्यासी नेकपा माओवादीका हरिबहादुर बुढाले दुई हजार छ सय ६८ मत प्राप्त गरेका छन ।
त्यस्तै उपाध्यक्षमा नेकपा माओवादी केन्द्रका जुनमाया रोकाया बिजयी भएकी छन । उपाध्यक्षमा माओवादीका रोकायाले दुई हजार सात सय ५४ मत प्राप्त ल्याएकी हुन । त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका शान्तिले बुढा दुई हजार चार सय ६३ मत ल्याएर पराजित भएकी हुन ।

त्यस्तै जुम्लाको कनकासुन्दरी गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका अध्यक्ष दामोदर आचार्य बिजयी भएका छन । उपाध्यक्षमा नेपाली कांग्रेसकै प्रेमकली बुढा बिजयी भएकी हुन ।
अध्यक्ष आचार्यले दुई हजार ८ सय ६ मत प्राप्त गरेका छन ,भने उपाध्यक्ष बुढाले दुई हजार तिनसय ८० मत प्राप्त गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।प्रत्यासी नेकपा माओवादीका धनबहादुर रावत दुई हजार पाँचसय ६२ र उपाध्यक्ष रिता खत्रीले एक हजार नौसय ४५ मत प्राप्त गरेकी छन । २०७४को निर्वाचनमा माओबादीदे तिन अध्यक्ष , र ५ उपाअध्यक्ष पद जितेको थियो । नेपाली काँग्रेसले ५ अध्यक्ष दुइ उपाध्यक्ष जितेको थियो ।

त्यस्तै हिमा गाउँपालिकाको अध्यक्षमा नेपाली काँग्रेसका लक्ष्मण शाही विजयी भएका छन । नेकपा माओवादि केन्द्रका अमरजंग शाहीलाई पराजित गर्दै लक्ष्मण शाही विजयी भएका हुन । लक्ष्मण शाहीले एक हजार ८ सय ७२ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्धोन्दि माओवादी केन्द्रका अम्मराज शाहीले एक हजार ४ सय २३ मत ल्यायर पराजित भएका हुन ।
उपाध्यक्षमा पनि नेपाली कांग्रेसकी सुर्पना शाही विजयी भएकी छन् । उनले एक हजार ५सय १८ मत ल्याएकी छन् भने उनको प्रतिद्धोन्दि नेकपा माओवादी केन्द्रकी कल्पना दमाईले एक हजार ४ सय ८९ मत ल्याएकी हुन ।

सम्बन्धित समाचार