जुम्लाको गुठीचौरमा कांग्रेस र समाजवादी बिजयी
जुम्लाको गुठीचौर गाउँपालिका अध्यक्ष प्रमुखमा नेपाली काँग्रेसका दानबहादुर बुढा बिजयी भएका छन् । कांग्रेसका बुढाले १७७५ मत प्राप्त गरी बिजयी भएका हुन् । उनका प्रत्यासी एकिकृत समाजवादीका उम्मेदवार जनक थकालीले १६०४ मत प्राप्त गरी पराजय भएका हुन् । उपप्रमुखमा एकिकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी बिजयी भएकी छन् ।
उनले १५०३ मत प्राप्त गरी उपप्रमुख भण्डारी विजयी भएकी हुन् । उनका प्रत्यासी नेकपा माओवादी केन्द्रका उम्मेदवार राजकन्य बुढाले १२१४ मत प्राप्त गरेकी हुन् ।
गुठीचौरमा ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रका हरिबहादुर भण्डारी र माओवादीकै जानदेवी ऐडी निर्वाचित भएका थिए । दोस्रो स्थानीय तहको निर्वाचनमा गुठीचौरमा ५ हजार एक सय मत खसेको निर्वाचन अधिकृत शम्भु गौतमले बताए ।









