जुम्लाका नवनिर्वाचित प्रमुखको सपथग्रहण जेठ ६ गते हुने

जुम्ला ः जुम्लाको एक नगरपालिका र सात वटा गाउँपालिका मध्य सात वटा स्थानीय तहको निर्वाचन परिणाम सार्वजनिक भएको छ ।
मतपरिणाम सार्वजनिक भएका पालिका मध्ये चार तहमा नेपाली कांग्रेस, दुई तहमा माओवादी र तथा एक तहमा स्वतन्त्र उम्मेदवार निर्वाचित भएका छन् । यहाँको चन्दननाथ नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायत निर्वाचित भएका छन् । गुठीचौर गाउँपालिकाको भने मत परिणाम आउन बाँकी रहेको छ ।

पालिका प्रमुखहरुको परिणाम पछि सपथ ग्रहण गर्ने तयारी गरिएको छ । मुख्य निर्वाचन अधिकृत तथा लिल्ला न्यायधिस जवाहरप्रसाद सिंहले जेठ ६ गते पालिका प्रमुख वा अध्यक्षको सपथग्रहण गर्ने तयारी गरिएको छ । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा १०९ अनुसार नगरपालिका÷गाउँपालिका प्रमुखको सपथ जिल्ला न्यायधीस वा मुख्य निर्वाचन अधिकृतले गर्ने व्यवस्था रहेको छ ।
मुख्य निर्वाचन अधिकृतका अनुसार उपप्रमुख सहित वडाध्यक्ष र सदस्यहरुको सपथ पालिका प्रमुखले जिल्ला न्याधीसस (निर्वाचन अधिकृत) बाट सपथ ग्रहण गरेपछि आफ्नै तहमा प्रमुख वा अध्यक्षबाट सपथ ग्रहण गर्ने छन् । सपथको अवधि एक साता हुनेछ ।

कनकासुन्दरीमा काँग्रेसका प्रमुख दामोदर आचार्य, उपप्रमुख प्रेमकली बुढा, सिंजा गाउँपालिका प्रमुख माओवादीका पूर्णप्रसाद धिताल र उपप्रमुखमा सितली रोकाया भएकी छन् । हिमा गाउँपालिका प्रमुखमा काँग्रेसका लक्ष्मण शाही र उपप्रमुख सुपर्ना शाही, तिला गाउँपालिका प्रमुख मोतिलाल रोकाया र उपप्रुमख माओवादीकै गोरिकला बुढा बिजयी भएकी हुन् ।
यसैगरी तातोपानी गाउँपालिका प्रमुख कांग्रेसका नन्दप्रसाद चौलागाई, उपप्रमुखमा माओवादीका रेवती रावल, पातारासी गाउँपालिका प्रमुख कांग्रेसका पूर्णसिंह बोहरा र उपप्रमुखमा माओवादीका जुनमाया रोकाया बिजयी भएकी हुन् ।