मुगु : मुगुको खत्याड गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । गाउँपालिका अध्यक्षमा अजबहादुर शाही (अमरध्वज) र उपाध्यक्षमा नेपाली कांग्रेसकी सरिता रोकाया विजयी भएका हुन् । शाहीले ३ हजार ५ सय २१ मत प्राप्त गरेका छन् भने उपाध्यक्ष रोकायाले ४ हजार ५ सय ४८ मत प्राप्त गरेकी छन् ।
विजयी हुने शाहीका प्रतिस्पर्धी नेकपा एमालेका लालबहादुर मल्लले २ हजार ६ सय २१ मत प्राप्त गरेका थिए । भने उपाध्यक्षकी प्रतिस्पर्धी एमालेकै कबिता गिरीले २ हजार ४ सय ९९ मत प्राप्त गरेकी छन् ।
खत्याडका ११ वडामा ५ वडा माओवादी केन्द्रले जितेको छ भने ३ वडा नेपाली कांग्रेसले जितेको छ । यस्तै एमालेले ३ वडा जितेको छ । वडा नम्बर एकको वडाध्यक्षमा माओवादी केन्द्रका सिङ्गबहादुर बुढा, दुईमा नेपाली कांग्रेसका हेमराज मल्ल, ३ मा एमालेका रन्नु बानियाँ, ४ मा माओवादी केन्द्रका जयबहादुर रावल, ५ मा कांग्रेसका चित्रबहादुर बुढा, ६ मा माओवादी केन्द्रका भरतबहादुर शाही, ६ मा कांग्रेसका गोबिन्द संञ्याल, ८ मा एमालेका शिवलाल गिरी, ९ मा माओवादी केन्द्रका लोकेन्द्र भण्डारी, १० मा एमालेका कर्णबहादुर शाही र ११ रामकृष्ण कार्की विजयी भएका छन् ।