जुम्ला ः कनकासुन्दरी गाउँपालिका–८ मा दलित समुदायका स्वतन्त्र उम्मेदवार बाट वडाध्यक्ष पदमा बिजयी भएका धनबहादुर कामीले भने, देशमा शासन व्यवस्था बदल्न नेपालमा ठूल्ठुला क्रान्ति भए । राणा शासन अन्त्य भयो। गणतन्त्र स्थापनाका भयो । सामाजिक चेतनाका साथमा राजनीतिक विदोह भयो ।
हतियार उठे । नेपाली जनताका छोराछोरीले रगत र पसिना बगाए । जुन अहिले राज्य व्यवस्थाको मूल नेतृत्वमा आउन सकिरहेका छैनन । र, राज्यका शासकहरुले मूल नेतृत्वमा ल्याउन चाहिँरहेका पनि छैनन । त्यो दलित समुदाय हो । दलित पिछडि परेका छौ ।
गणतन्त्रपछिको पहिलो आमचुनाव २०७४ लाई फर्केर हेर्दा स्थानीय तहमा दलित समुदायको प्रतिनिधित्व संविधान र ऐनले व्यवस्था गरेपनि त्यो सोचेअनुसार भने भएन । स्थानीय सरकारको जिम्मेवार पदमा दलित समुदायको प्रतिनिधित्व न्यून रहयो ।
जनसंख्या र समावेशिताका आधारमा ऐन कानुन बमोजिम प्रतिनिधित्व हुनुपर्ने थियो । त्यो हुन सकेन । दलित समुदायबाट जनप्रतिनिधिको ज्यादै न्यून सहभागिता भयो । त्यो पनि माइन्युटका लागि मात्रै ।
हामी दलितले ०७४ सालको चुनावमा ठूला राजनीति दलले यस्तो दृश्य सबैतिर देखाए पनि कर्णालीमा झन् धेरै देखियो । अर्थात् समानुपातिक सिद्धान्त बमोजिम कुनै पनि स्थानीय सरकार गठन भएनन् । तर दलित हामी भाटर भइरहेका छन । नेतृत्व तहमा दलित पुग्न सकेका छैनौँ ।दलित मुति र परिवर्तनका लागी आबश्यक ठानेर स्वातन्त्र उम्मेदवारी दिएका हौ । कामीले भने, त्यो समुदाय बर्षौदेखि भोट बैंकमा सीमित मात्रै भएको छ ।
स्थानीय तहको निर्वाचनमा दलिय राजनीतिलाई चुनौति दिनका लागी स्वतन्त्र उम्मेदवारले बनेर जितेका छौ । दलित समुदायले एकता गरेर स्वतन्त्र उम्मेदवारका रुपमा धनबहादुरलाई अघि बढेर जिते पछि थप रोचक बनेको छ । तीन सदस्य र एक वडाध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार बिजयी बनेबका छन ।
संघीयता आएपछि दलितको मुक्ति हुन नसकेको भन्दै दलितको नेतृत्व बिना वडामा समृद्धि हुन नसक्ने भन्दै उनीहरुले टिकट बिना उम्मेदवारी दिएका थियौ । धनबहादुरले २ सय ८८ मत प्राप्त गर्दै वडाध्यक्षमा विजयी भएका हुन् । उनका प्रतिद्धन्द्धी काँग्रेसका कप्तानबहादुर भण्डारी २२० मत ल्याएर पराजित भएका हुन । वडा सदस्यमा गोल दमाई र कर्णजीत सार्कीले जितेका हुन् । महिला सदस्यमा काँग्रेसकी रामुदेवी काफ्लेले जितेकी छन ।
त्यस्तै दलित महिला सदस्यमा स्वतन्त्र उम्मेदवार चनाखी कुलाल बिजय भएकी छन । कनकासुन्दरी ८ मा वडाध्यक्ष सहित ४ जना स्वतन्त्र उम्मेदवार जितेका हुन् । एक जना महिला सदस्य मात्र कांग्रेसबाट बिजय भएको निर्वाचन अधिकृतको कार्यालय कनकासुन्दरीले जनाएको छ । बिजेता बनेपछि अहिले दलित वस्तीमा हर्ष छाएको छ ।