जुम्ला ः जुम्लाको एक मात्र चन्दननाथ नगरपालिका चन्दननाथमा स्वतन्त्र उम्मेदवार बिजयी भएका छन् ।नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवारी दिएका राजुसिंह कठायत बिजयी भएका हुन् ।
कठायतले दुई हजार चार सय तिन मत प्राप्त गरेका छन् । नेपाली काँग्रेसबाट मेयर पदका उम्मेदवार बनेका पदम बहादुर शाहीले दुई हजार ३ सय ४१ मत ल्याएर पराजित भएका हुन ।
त्यस्तै सैगरी उपप्रमुखमा नेपाली कांग्रेसकी रामदेवी खड्का बिजयी भएकी छन् । खड्काले दुईहजार आठ सय ८ मत मत प्राप्त गरेकी छन् ।
त्यस्तै नगरउप्रमुखका प्रतिस्पर्धी समाजवादीका भिमबहादुर थापाले एक हजार छ सय ८६ मत प्राप्त गरेका छन । यसैगरी माओवादीका उम्मेदवार पूर्णिमा विकले एक हजार छ सय ३३ मत प्राप्त गरेका हुन ।
कठायतले चन्दननाथ नगरपालिकामा नेपाली कांग्रेसले आफुलाई टिकट नदिएको भन्दै नेपाली काग्रेसको महासमिति सदस्यबाट राजिनामा दिई स्वतन्त्र उम्मेदवार दर्ता गराएका थिए । कठायतले नेकपा एकिकृत समाजवदी र राप्रपा सँग गठवन्धन गरेका थिए । यसैगरी नेकपा माओवादी केन्द्र र अन्य दलहरुको लोकप्रिय मत लिएर स्वतन्त्र उम्मेदवार कठायत बिजयी भएका छन् ।
लामो समय निर्माण व्यवसायीमा लोकप्रिय काम गरेर धेरैलाई रोजागर र रोजिरोटी दिएका कठायतले स्वतन्त्र उम्मेदवारी दिएपछि नेपाली कांग्रेस र माओवादीको पकट मानिएको नगरपालिकामा किल्ला तोडिएको छ । यति सम्म कि कठायतको क्षेत्र वडानम्कर ५ मा एक सय ८५ बढि क्रियाशिल कांग्रेसका सदस्य भएपनि एक सय मत क्रस हुन सकेन । अर्को माओवादीको उम्मेदवार उठेको क्षेत्रमा पनि राम्रो मत प्राप्त भयो ।
चन्दननाथको वडा नम्बर ७ आईपुग्दा सम्म करिब ७ सय मत मतान्तर भएको थियो ,तर नेपाली कांग्रेसका नगरप्रमुखका उम्मेदवार पदमबहादुर शाहीको क्षेत्र १० नम्बरमा आएपछि नेपाली कांगेसलाई ८० प्रतिशत बढि मत प्राप्त भएपछि प्रतिस्पर्धा कडा भएको थियो । अन्तत स्वतन्नत्र उम्मेदवार कठायत बिजयी भएका छन । २०७४मा नेपाली काँग्रेसबाट कान्तिकासेजुवाल मेयर र माओबादी केन्द्रबाट उपमेयरमा अप्सरा देवि न्यौपाने (महत ) निर्वाचित भएका थिए । चन्दननाथ नगरपालिकाको मतदाता संख्या ११ हजार ८ सय २० मध्येबाट ८ हजार ७ सय १२ मत खसेको थियो ।