जुम्लाको तिलागाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा माओवादी केन्द्र विजयी

जुम्ला : जुम्लाको तिला गाउँपालिकाको अध्यक्षमा माओबादी केन्द्रका मोतिलाल रोकाया र उपाध्यक्षमा गोरीकला बुढा(कल्पना ) विजयी भएका छन । रोकाया नेपाली काँग्रेसका एकराज उपाध्यायलाई २१ मतअन्तरले पछि पार्दै विजयी बनेका हुन । उनले एक हजार ९ सय ३६ मत प्राप्त गरेका हुन । उनका प्रतिद्धन्दी काँग्रेसका एकराज उपाध्याय एक हजार ९ सय १५ मत प्राप्त गरेका हुन ।

त्यस्तै उपाध्यक्ष तर्फ नेकपा माओवादी केन्द्रकी गोरीकला बुढा (कल्पना) विजयी भएकी छन । उनले २ हजार ४ मत प्राप्त गरेकी छन । उनको नकिटम प्रतिद्धन्द्धी कांग्रेसकी सुस्मा श्रेष्ठले एक हजार ८ सय ७ मत प्राप्त गरेकी हुन । २०७४को निर्वाचनमा तिलागाउँपालिकामा नेकपा ऐमाले बाट रतन नाथ योगी अध्यक्षमा बिजयी भएका थिए । भने, माओवादी केन्द्रकै बिष्णुमाया बुढाले उपाध्यक्षमा जितेकी थइिन् । यस पटक तिला गाउपालिकामा ६ हजार ३ सय ३१ मत खसेको थियो ।

सम्बन्धित समाचार