नागरिकताका सम्बन्धमा गृहको सर्कुलरले राष्ट्रियताको धज्जी उडाएको छ ः मोहनविक्रम सिंह

बुटवल, नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा कमजोर बन्दै गएको बताएका छन्। उनले सुशासन कायम र भ्रष्टाचार निर्मुल गर्न नसक्दा सरकार असफल बन्दै गएको टिप्पणी पनि गरे।

ुनिर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाइ कारबाही नगर्ने, राष्ट्रियता विरुद्धमा नागरिकता विधेयक ल्याउने कामले सरकार असफल भयो’, रिपोर्टर्स क्लब प्रदेश ५ कार्यालय बुटवलमा आयोजित साक्षात्कारमा उनले भने।

महामन्त्री सिंहले लोकतन्त्र, गणतन्त्रका विषयमा सरकारको नीति स्पष्ट भएपनि राष्ट्रियताको अडानले सत्तामा आएको केपी ओली नेतृत्वको सरकारले राष्ट्रियताको संरक्षण गर्न नसकेको जिकिर गरे। उनले भने, ‘राष्ट्रियताको विषयमा सरकारले ढुलमुलको नीति अवलम्बन गरेको छ, नागरिकता वितरणलाई लिएर गृह मन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उडाएको छ।’

ुसरकार अपदस्थ गर्ने पक्षमा हामी छैनौुं
यो सरकार अपदस्थ बनाउने चर्चा चलिरहेको भन्दै उनले आफ्नो पार्टी त्यसमा सहमत नभएको बताए।

नेपालको रााष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा भारतीय विस्तारवादबाट खतरा रहेको उनको दाबी छ।

उनले सरकार कमजोर बन्दा गणतन्त्र विरोधी शक्तिहरु चलखेल गरिरहेको उल्लेख गरे। संघीयताले मुलुकलाई बलियो नभई कमजोर बनाउँदै लगेकाले संघीयतासँगै प्रदेश सरकार खारेज गरी स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ।

भू(माफियालाई कारबाही गर्न नसके सरकारले रट्दै आएको समृद्धि प्राप्त हुन नसक्ने बताउँदै सरकारी जग्गा हडप्नेलाई तत्काल कानुनी कारबाही गर्नुपर्नेमा नेता सिंहको जोड छ।

सरकारले सिके राउतसँग ११ बुदे सहमति गर्नु सकारात्मक भएपनि जनमतसंग्रह गरेर मुलुक विभाजन गर्न नसकिने प्रष्ट पारे।

क्लबका रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको सञ्चालनमा भएको कार्यक्रममा महामन्त्री सिंहले मसालले १ वर्षभित्रै महाधिवेशन गर्ने र फरक ढंगले पार्टी अगाडि बढाउने समेत जानकारी दिए।

सम्बन्धित समाचार