जुम्लामा निर्वाचन सुरक्षाका लागि तयारी तिब्र

जुम्ला :  जुम्लामा सुरक्षा निकायले निर्वाचन सुरक्षाका लागि तयारी तिब्र भएको छ । निर्वाचन सुरक्षाका लागी जिल्ला सुरक्षा समितिले भौतिक रुपमा अनुगमन देखी डिजिटल अनुगमन गर्न थालेको हो ।

त्यस्तै प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाईले निर्वाचन सुरक्षाका लागि डिजिटल नक्शा समेत तयार गरिएको बताईन ।उनले डिजिटल माध्यामबाटै भौगोलिक बिषय र सुरक्षाको दृष्टिमा कति नजिक र टाढा तथा कसरी सुरक्षा व्यवस्था गर्न सकिन्छ भन्ने बिषयमा जिल्ला सुरक्षा समितिले डिजिटल नक्शा समेत तयार पारेको हो ।
यहि वैशाख ३० गते हुने निर्वाचनका लागी जुम्लाका राजनैतिक दल र सरोकारवाला निकायलाई सभ्य हुने अनुरोध गरिएको छ । निर्वाचन भयरहित बाताबरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षा निकायले तिब्र गतिमा खटिएको छ ।
७९ मतदान स्थलमा १सय २ वटा मतदान केन्द्र
त्यस्तै प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धका अनुसार जुम्लामा ७९ स्थलमा १०२ वटा मतदान केन्द्र रहेका छन् । उनले भने, तिनिहरु मध्य १४ वटा मतदान केन्द्र पाँचसय भन्दा कम मतदाता रहेका छन् ।केही मतदान केन्द्रमा हिडेरै जानुपर्ने र एक दिन लाग्ने अवस्थाका छन् प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्धले भने ।त्यसका लागि सुरक्षा निकायले स्थल अनुगमन तथा अवस्थाको बिषयमा जानकारी लिई सुरक्षा योजना तयार पािरसकेको छ ।

यसैगरी जिल्लाका मतदान स्थलहरुमा एक महिना अघि देखी सुरक्षा निकायले अनुगमन थालेको छ ।
निर्वाचन स्थल अनुगमनमा प्रजिअ प्रसाई सहित नेपाली सेना नन्द बक्स गणका गणपति रविन थापा, शशस्त्र प्रहरी ३३ नम्बर गणका गणपति चित्रङ्गत दाहाल, नेपाल प्रहरीका प्रहरी नायव उपरीक्षक नरेन्द्र चन्द्ध सहितको टोलीले लामो समय देखी स्थलगत अनुगमन गरिरहेको छ ।
निर्वाचन स्थलमा पुग्यो, नेपाली सेना र शशस्त्र प्रहरी
त्यस्तै निर्वाचनलाई स्वच्छ मर्यादित र भयरहित तवरबाट सम्पन्न गर्न सवैको आवश्यकता रहेको छ । त्यसैले सुरक्षा निकायले पनि स्थानीयको समन्वयमा सुरक्षा व्यवस्था गरिने नेपाली सेनाका नन्दबक्स गणका गणपति रविन थापाले बताए । उनले भने,‘ सेनालाई राज्यले दिएको अधिकार र मापदण्डमा निर्वाचन सुरक्षाका लागि मतदान स्थलमा परिचालन भईसकेको छ ।गणपति थापाले भने ,जुम्लामा डिजिटल नक्शा राखिएको र सो नक्सा अनुसार सुरक्षा निकाय जिल्लाभर कसरी मतदान स्थलमा काम गरिरहेका छन भनेर हेर्ने काम समेत भईरहेको छ । सवै गाउँपालिकामा नेपाली सेनाको टुकुटी पुगि सकेको छ ।

त्यस्तै नेपाली सेना डोल्पा हुम्ला, मुगु र कालिकोटमा समेत थप सुरक्षा परिचालन गरिएको छ । ड्रोनको समेत प्रयोग गरेर सवै मतदान स्थनको विवरण अपडेट गरिएको छ । यसैगरी सेनाको वम डिस्पोज टिम पनि सवै स्थानीय तहमा पुगेको छ।

त्यस्तै यता शशस्त्र प्रहरी नम्वर ३३का गणका गणपति चित्रङ्गत दाहाले जुम्लामा तिनै सुरक्षा एकसाथ निर्वाचन सुरक्षाका लागि रहेको बताए । उनले भने,‘ शशस्त्र प्रहरी आवश्यकता अनुसार परिचालन भईरहेको छ ।यसैगरी जुम्लाबाट छानौट भएका ७ सय ६९ जना म्यादी प्रहरी समेत परिचलान भईसकेको सुरक्षा समितिले जनाएको छ ।