माओबादी केन्द्रबाट मेयर पदका उम्मेदवारी दिएका जीवन बुढ्थापा को हुन ?

जुम्ला :चन्दननाथ नगरपालिका २ निवासी जीवन बुढ्थापा हाल माओवादी केन्द्रका यूवा नेताहरु मध्य एक हुन् । उनी मेयर पदको लागी उम्मेदवरी दिएका छन । बुढ्थापा २०५६ सालमा माओवादी यूद्ध तातिएको समयमा काठमाण्डौमा विद्यालयमा कक्षा ८मा अध्ययन गर्दै जादा माओवादी निकट विद्यार्थीमा आवद्ध भएको थिए ।सोही बिचारका आधारमा युवा नेता बुढ्थापा कक्षा १० पढेको समयमा माओवादी विचारमा लागेको भन्दै २०५९ सालमा काठमाण्डौमा नेपाली सेनाले गिरफ्तारी परेका थिए ।

वि.सं २०५९ साल असार ३ गते गिरफ्तारी परेर नेपाली सेनाले ४४ दिन पछि नेता बुढ्थापालाई हुनुमान ढोकामा जिम्मा लगाएको थियो । उम्मेरका उम्मेदवार तथा युवा नेता बुढथापाका अनुसर २२ दिन हनुमानढोका परिसर हुदै १३ महिना जेल जीवन विताएका थिए ।

त्यस्तै ,शान्ति प्रक्रियापछि माओवादीको विभिन्न पदमा आवद्ध हुदै आएका बुढ्थापाले काठमाण्डौ जिल्लाको जिल्ला कमिटि, नेकपा माओवादी केन्द्रको केन्द्रीय आयोजक कमिटि, राष्ट्रिय महाधिवेशन प्रतिनिधी, नेकपाको जिल्ला कमिटि हुदै राजनितिक क्षेत्रमा कार्यरत हुनुहुन्छ ।

उनी यस अघि कर्णाली माध्यामिक विद्यालय अनामनगरको विद्यालय व्यवस्थापन समितिको अध्यक्ष हुदा पनि लोकप्रिय काम गरेको दावी गरे ।उनी व्यवस्थापन समितिको अध्यक्ष हुदा त्यो बिद्यालय नमुना बिद्यालय बन्न सफल भएको थियो । यस अघि बुढथापाले गरेका समाजिक क्षेत्रका कार्यले गर्दा मेयर पदमा उम्मेदवारी दिदा नगरबासीले ठुलो अपेक्षा गरेका छन ।
बुढथापाले भने, यस पटक पार्टीले यूवालाई दिएको जिम्मेवारीको पूर्ण पालना गर्ने छु । यस कारण नगरवासीले आफुलाई मत दिने आशा र अनुरोध पनि गर्दछु, ।

नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिष्पर्धा हुने
यस पटक चन्दननाथ गरपालिकाका नेपाली कांग्रेस र माओवादीको रोचक प्रतिष्पर्धा हुने देखिन्छ । माओवादी र कांग्रेसको मात्रै होईन नेपाली कांग्रेसका बलिया नेता राजुसिहं कठायतको स्वतन्त्र उम्मेदवारी परे पछि कांग्रेसमा तरंग छाएको छ ।

त्यस्तै नेकपा माओवादी केन्द्रको तर्फबाट चन्दननाथ नगरपालिकामा नगरप्रमुखका उम्मेदवार जीवन बुढ्थापा मैदानमा उत्रिएका छन् । नगरउपप्रमुखमा पूर्णिमा विक (रचनाको उम्मेदवारी परेको छ । माओवादीले यूवा नेता बुढ्थापालाई प्रथामिकता दिएपछि नगरपालिकामा चर्चा परिचर्चा हुन थालेको छ ।

स्थानीय तह २०७४ को निर्वाचनमा मेयर नेपाली कांग्रेस र उपमेयर नेकपा माओवादी केन्द्रले बिजयी हाशिल पारेको थियो । माओवादीले यूवा नेता बुढ्थापालाई नगरप्रमुखको टिकट दिएर मैदानमा उत्रेपछि नगरपालिकामा आफ्नो नेतृत्वको माओवादी केन्द्र पार्टी बिजय हुने उनको दाबी छ ।