अन्तत : टिकट खोसियका दुई महिला

जुम्ला : नेकपा माओबादी केन्द्र बाट हिमागउँपालिकाको उपाध्यक्ष पदको लागी बिनसा रोकायालाई टिकट दिइएको थियो ।उनलाई सामाजिक संञ्जालमा बधाइ दिनेको ओहीरो पनी थियो । जिल्लाका धेरै संञ्चारमाध्ममा पनी रोकायालाई उपाध्यक्षको उम्मेदवार भनेर समाचार पनि आएको थियो ।रोकाया बैशाखा १२ गते मोनोनयन दर्ता गराउनका लागी ढुक्क थिइन ।नेकपा माओबादी केन्द्र कर्णाली प्रदेशका अध्यक्ष बिमला केसीको नाम र छाप भएको टिकट अहिले पनि उनको हातमा सुरक्षित तरिकाले राखीएको छ ।

पहिले नै पाटीले टिकट दिइएको बिनासा रोकाया मनोनयन दार्ता गर्न आउँदा हिमागाउँपालिकाको उपाध्यक्षको लागी कल्पना परियारको मनोनयन दार्ता भइसकेको थियो ।

त्यसपछि उपाध्यक्ष पदको लागी आमोबादी भित्र बिवाद सूरु भयो । आगाडी टिकट हातमा लिएकी रोकायाले बागी उम्मेवार दिइन ।त्यसलगत्तै हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रका कार्यकर्ताबीच १४ गते झडब भयो ।उक्त झडपमा एकजना घाइते भएका भए ।

उपाध्यक्षको टिकटको विषयलाई लिएर बागी उम्मेदवार र पार्टीको उम्मेदवार पक्षबीच झडप भएको थियो । नेकपा माओवादी केन्द्रको जिल्लाबाट २ जनाको नाममा टिकट आएपछि दुई पक्षबीच झडप भएको हो।कल्पना परियारले माओवादी केन्द्रको उपाध्यक्षमा पहिला उम्मेदवारी दर्ता गराएको र अर्को विनसा रोकायाको नाममा समेत उपाध्यक्षमा मनोनयनका लागि पार्टीको टिकट आएपछि उनको उम्मेदवारी रोकिएको निर्वाचन अधिकृत रितु राइले बताईन । यसपछि रोकायाले पाटीको नभयर स्वतन्त्र उम्मेदवारी दिएकी थिइन्। उनी स्वातन्त्रबाट उपाध्यक्ष पदमा चुनाव लड्ने भएको की छन ।

जुम्लाका प्रहरी निरीक्षक भट्टका अनुसार सो विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ। झडपमा भएको ढुंगा प्रहारबाट हिमा गाउँपालिका–६ निवासी अन्दाजी ४५ वर्षीय छत्र अधिकारी घाइते भएका थिए
त्यस्तै माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज गजेन्द्रबहादुर महतले टिकट विनसालाई दिएको भएपनि स्थानीय तहमा कल्पनाको दर्ता गराइसकेकाले समस्या समाधान गरिनुपर्ने बताए।

नेकपा माओवादी केन्द्रले २०७४ सालको स्थानीय तहमा अध्यक्षसहित धेरै पद जितेको थियो। यो वर्ष वडामै पनि स्वतन्त्र दिनेको संख्या बढेको छ। यसले गर्दा माओवादी केन्द्रलाई हिमा गाउँपालिकामा विजय हात पार्न चुनौती देखिएको छ।

त्यस्तै नेकपा एकिकृत समाजबादी पाटीबाट चन्दननाथ नगरपालिकाको मेयर पदको लागी उम्मेदवारी जयलक्ष्मी चौलाइलाई दिइएको थियो । उपमेयरको पदको लागी भिम थापालाई दिइएको थियो । तर १६ गते चन्दननाथ नगरपालिकाकामा नेकपा एकिकृत समाजबादी ,राप्रपा र नेपाली काँग्रेसले टिकट नदिएपछि स्वतन्त्र रुपमा मेयर पदका उम्मेदवार बनेको राजुसिहं कठायत बिच चुनावी तालमेल भएपछि जयलक्ष्मी चौलागाईलाई उम्मेदवारी फिर्ता लनि लागएको थियो । राजतिक दलले गर्ने यस्ता कार्यले महिला गडपुतिली बनेका छन ।

जहा हार्ने निश्चि छ त्यहा महिलालाई टिकट दिइन्छ ।अनि उनिहरुको स्वार्थ पुरा हुने देखिने भएपछि उम्मेदवारी फिर्ता गर्न लागाइन्छ । जसले गर्दा राजतिकमा महिला सहभागीता न्युन बनेको छ । राज्यलेनै ब्यवस्था गरेको ३३ प्रतिशत सहभागीता पनी कागजमै सिमित छ ।

 

सम्बन्धित समाचार