जुम्ला ः हिमा गाउँपालिकामा नेकपा माओवादी केन्द्रले आफ्नो घोषणापत्र जारी गरेको छ । उक्त घोषणा पत्रमा हिमा गाउँपालिकामा प्रवेश गर्ने पर्यटकका लागि सूचना केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।माओवादी केन्द्र अध्यक्षका उम्मेदवार अमरराज शाहीले प्रस्तुत गरेको उक्त घोषणा पत्रमा हरेक पर्यटक रारा र सिञ्जा आउँदा त्यहाँको समग्र अवस्थाको बारेमा पूर्व जानकारी दिने उद्देश्यले सूचना केन्द्रको आवश्यक रहेको छ ।
हिमा गाउँपालिकामा केन्द्र स्थापना गरिने जोड दिईएको माओबादी केन्द्रको तर्फबाट अध्यक्षका उम्मेदवार शाहीले बताए । उनले रारासिञ्जा आउने पर्यटकका लागि सूचना दिने गेटवे हिमा गाउँपालिका बनाउने बताए ।
स्वयंसेवक सेवा केन्द्र स्थापना गरिने
अध्यक्षका उम्मेदवार शाहीले सार्वजनिक गरेको घोषणापत्रमा यूवालाई रोजगारीमा प्रथामिकता दिने, नागरिकको सूचना प्रवाहका लागि गाउँपालिकामा आफ्नै स्थानीय एफ एम रेडियो स्थापना गर्ने, सवै वडामा स्वास्थ्य चौकी स्थापना गरिने , रैथाने वालीको संरक्षण तथा प्रवर्धन गर्ने, कृषकलाई स्याउ वीमाको व्यवस्था गर्ने, विकास निर्माण सँगै स्वयंसेवक सेवा केन्द्र तथा नागरिक मुक्ति केन्द्र स्थापना गर्ने, गाउँपालिकामा जडिवुटि केन्द्र स्थापना गरिने उल्लेख गरिएको छ ।
त्यस्तै हिमामा रहेको रुपीछहरा झराको बृस्तृत विकास गर्दै प्रमुख पर्यटकीय र आम्दानीको स्रोत गरिने छ ।
हिमा माओवादीको घोषणापत्रमा त्यहाँ रहेको प्रथामिक स्वास्थ्य केन्द्रलाई विशेषज्ञ सेवा सहित सेन्टर फर एक्सलेन्सको रुपमा विकास गरिने, विपन्न वालवालिकाको रुपमा रहेको हिमा आवासीय विद्यालयलाई स्तरउन्नति गरिने लेखिएको छ । त्यस्तै स्थानीय कला,सस्कृति र सम्पदाको संरक्षण र प्रर्वधनका कार्यक्रम ल्याईने छ ।
त्यस्तै नाग्म गमगडि राजमार्गको स्तरउन्नतिका लागि पहल गरिने बताईएको छ । ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता घुम्ति वैंकबाट शुरु गरिने छ । यूवाहरुको प्रतिभा पहिचानका लागि प्रतियोगिता र प्रतिभालाई सेवा सुविधा दिईने लगायत विभिन्न कार्यक्रम रहेका छन् । हिमा गाउँपालिकाको तर्फबाट स्थानीय तहको निर्वाचनमा अध्यक्षका उम्मेदवार शाही, उपाध्यक्ष कल्पना परियार सहितको टिम चुनावी प्रतिस्पर्धामा रहेको छ ।