जुम्ला ः नेकपा माओवादी केन्द्र)जुम्लाको जिल्ला घोषणा पत्र सार्वजानिक गरेको छ । उक्त घोषणा पत्रमा युवा युवतिलाई विकास निर्माण र सामाजिक कार्यमा लगाइने उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्र)ले विगत वर्ष देखि विकास निर्माणमा खर्च गरिने सम्पर्ण रकम रोजगारका लागि खर्च गरिने प्रतिबद्धता गरेको हो ।
नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गजेन्द्र्र बहादुर महतले भने ,सबै स्थानिय तहमा रहेका बेरोजगारी युवा यवतीहरुलाई रोजगारको ग्यारेन्टी गरिने छ । हाल विकास निर्माण सँग रोजगारलाई जोडिने निति लिई रहेको अवश्थामा आगामी दिनमा रोजगार सँग विकास निर्माण जोडीने निति लिइने बताए ।
रोजगारी दिइएका सम्पुर्ण युवा युवतिलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि,वन क्षेत्र,वातावरण सरसफाई सबै स्थानिय तह र नागरिकहरुको सरक्षाका साथै सामाजिक कार्यमा लगाइने छ।
वडा सदस्य देखि गाउँपालिका नगरपालिका अध्यक्ष सम्म र रोजगारी दिइएका सम्पुर्ण जनशक्तिको तलव भत्ता समान रहने छ। रोजगारी दिइएका व्यक्तिहरुको क्षेमता अनुसार काम को जिम्मा दिइने उक्त घोषणा पत्रमा उल्लेख गरिएको छ । गाउँपालिका नगरपालिकाका अति आवश्यक रहेका ठूला निर्माणका कामहरुको लागी प्रदेश र संघीय सरकार को सहयोग लिइने छ।
रोजगारीमा २० वर्ष देखि ६० वर्ष भित्र रहने
रोजगारीमा खटिने व्यक्तिहरुको उमेरको हकमा २० वर्ष देखि ६० वर्ष भित्र रहने छ । ९) विभिन्न शिर्षकमा जीवन निर्वाह भत्ता लिइरहेका व्यक्तिहरुको हकमा उनीहरु लाई (रोजगारी वा जीवननिर्वाह भत्ता) मध्य एउटा रोज्न दिइने छ।
व्यक्तिको क्षमता अनुसार काम दिइने
नेकपा माओबादी केन्द्रका जिल्ला इन्चार्ज तथा केन्द्रिय सदस्य गजेन्द्र्र बहादुर महतले भने, रोजगारी को समय अवधि एक वर्षको हुने बताए ।रोजगारी दिइएका व्यक्तिहरुलाई क्षमता अनुसार काम दिइए पनि विशिष्ट अवस्थामा सबै प्रकारका कामहरु गर्नुपर्ने प्रतिबद्धता लिइने छ । रोजगारीका लागि पहिलो प्राथमिकता नगरपालिका गाउँपालिका भित्रका रोजगार नपाएका सवै घरपरिवारलाई हुने छ।
त्यस्तै माओबादी केन्द्रले नेपाल कम्यूनिष्ट पार्टी माओवादी केन्द्रका उम्मेदवारलाई विजयी गराउनु होस् तपाईका छोरा छोरीको रोजगारी र नगरपालिका गाउँपालिकाको विकास को जिम्मा हामीले पुरा गर्ने आम जनता माझ प्रतिबद्धता गरेको छ ।
(माओवादी केन्द्र) का उम्मेदवारको प्रतिबद्धता पत्र
म विजयी भएको नगरपालिका गाउँपालिका वडामा पहिलो वर्ष वाट निती तथा कार्यक्रम र बजेटप्रस्तुत गर्दाको मिति बाटै पार्टी को घोषणा पत्रलाई आत्मसात गर्दै जिल्लामा रहेका जिम्मेवार नेता कार्यकर्ताको उपस्थितिमा घोषणा पत्रलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछ। म यो पटक उम्मेदवारी भैसकेको अवस्थामा विजयी हुँदा वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारीमा दावि गर्ने छैन ।