जुम्ला ः यही बैशाख ३० गते हुन लागेको स्थानीयतहको निर्वाचनलाई शान्ति पुर्ण र भयरहित बनाउन जिल्लामा सर्वदलिय बैठक बसेको छ । जिल्ला प्रशासन कार्यालय जुम्लामा आयोजना भएको सर्वदलिय बैठकमा निर्वाचनलाई निष्पक्ष,धाधलिरहित र पारदर्शी बनाउन सरोकारवालाले निर्णय गरेका हुन ।
उक्त बैठकले निर्वाच कार्यालयले जारी गरेको निर्वाचन आचारसंहिता,२०७८ निर्वाचन अवधि भर सबैबाट कार्यान्वयन गर्ने गराउने प्रतिवद्धता गरिएको छ ।
त्यस्तै स्थानीय तह सदस्य निर्वाचन, २०७९ लाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्नका लागी मदिरा विक्री, वितरण तथा सेवन गर्न मिति २०७९र ०१र १५ गते देखि मतगणना कार्य सम्पन्न नहुन्जेलसम्म पुर्णरूपमा निषेधित गर्ने निर्णय गरिएको हो ।
त्यस्तै चन्दननाथ नगरपालिकाको कृष्णमन्दिर र जिल्ला प्रशासन कार्यालय आसपासकाक्षेत्रमा हुने आमसभा,नारा जुलुस,भिडभाड लगायतका राजनीतिक पार्टीका कार्यक्रमहरू निर्वाचन अवधि भर नगर्ने, नगराउने निर्णय गरिएको छ । त्यस्तै सामाजिक सञ्जालमा निर्वाचन गतिविधि सम्बन्धी अफवाह तथा झुटा सूचना फैलाउने र सामाजिक सदभावमा खलल पुर्याउने जस्ता क्रियाकलापहरू नगर्ने, नगराउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी बिजयाकुमारी प्रसाईले जानकारी दिइन् । उनका अनसार निर्वाचनलाई स्वतन्त्र,निश्पक्ष,भयरहित र विश्वसनीय वातावरणमा समन्वयात्मक र सहकार्यमा सम्पन्न गर्न आ(आफ्नो तप्काबाट सबैले सहयोग गर्ने निर्णय गरिएको छ ।
मुख्य निर्वाचन अधिकृत जवाहर प्रसाद सिंहले प्रजातन्त्रको अभ्यास निर्वाचन भएकोले स्वच्छ,शान्तिपुर्ण र मर्यादित रुपमा निर्वाचन गर्नुपर्नेमा जोड दिए । उनले जिल्ला स्थित सबै राजनीतिक दल,नागरिक समाज पत्रकार र सुरक्षाकर्मीको अपरिहार्य आवश्यकता भएको बताए ।
त्यस्तै संघीय सांसद गजेन्द्रबहादुर महत ( कार्मा) ले निर्वाचन विधि पद्धति अनुसार सम्पन्न गराउन सबै लाग्नुपर्ने बताए । कर्णाली प्रदेशका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री तथा कर्णाली प्रदेश सांसद नरेश भण्डारीले विद्युतीय प्रणालीका माध्यमबाट निर्वाचन गराउनु पर्ने बताए । विश्वासनीयता निष्पक्ष विद्युतीय निर्वाचन अहिले आवश्यक रहेको बताए ।
यसपटक जुम्लामा ३ वटा मतदान स्थल थपिएका छन । दुईवटा कनकासुन्दरीमा एक र गुठिचौर गाउ“पालिकामा एक स्थल थपिएका हुन ।जुम्लामा ७९ वटा मतदानस्थल रहेका छन । १ सय २ वटा मतदान केन्द्र रहेका छन् । सबै मतदान स्थलगत अवलोकन गरिसकेको छ । प्रसाईले निर्वाचनलाई शान्तिपुर्ण र भयरहित बनाउन जिल्ला सुरक्षा समिति संवेदनशिल बनेको बताइन् ।
हरेक निर्वाचन कार्यालयको सुरक्षाको लागि सशस्त्र प्रहरी खटिइसकेको छ । ४ सय ९६ जना कर्मचारी परिचालन हुनेछन । नेपाल प्रहरी,सशस्त्र प्रहरी, नेपाली सेना र म्यादी प्रहरी परिचालन भइसकेको बताइन ।
त्यस्तै जिल्ला निर्वाचन कार्यलय जुम्लाका प्रमुख महेश शर्माले जिल्लाभर ३ सय १६ पदमा निर्वाचन हुने बताए । जुम्लामा १ हजार ४ सय ६ जनाको उम्मेदवारी रहेको बताए । यस्तै ६७ हजार ७ सय ४४ जना मतदाता रहेको जानकारी दिए । बैठकमा जुम्ला स्थित सबै राजनीतिक दलका प्रमुख एंव प्रतिनिधिहरुको सहभागीता रहेको थियोे ।