जुम्ला ; सिञ्जा गाउँपालिमा माओवादी केन्द्रबाट उम्मेदवारी दिएका पदाधिकारीले चुनावी घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार अध्यक्षका उम्मेदवार पूर्णप्रसाद धितालले जारी गरेको घोषणापत्रमा सिञ्जा सभ्यतालाई संरक्षण देखि शिक्षालाई श्रममा संग जोडिने उल्लेख छ ।उक्त घोषणा पत्रमा सिँजा खस संग्राहलय निर्माण कार्यमा जोड दिने सहितका बिषय समत समेटिएको छ ।
माओवादी केन्द्र सिञ्जाले सिँजा गाउँपालिकामा पत्रकार भेटघाट गरी आफ्नो चुनावी घोषणा पत्र सार्वजनिक गरेको हो । त्यस्तै सार्वजानिक गरिएको घोषणापत्रमा प्रत्यक वडा कार्यालयका केन्द्रहरुमा १० घर नयाँ शहरको स्थापना गर्ने सरकारको लक्ष्य पुरा गर्ने , उपभोक्ता समितिबाट लागु नगरी श्रम संगठन वनाएर सिधै श्रमिकको खातामा पारिश्रमिक पाउने व्यवस्था गर्ने, यूवालाई रोजगारीमा प्रथामिकता दिने, नतिजाको आधारमा शिक्षक प्रोत्साहित तथा पुरस्कृत गर्ने, विद्यार्थीको औषध उपलब्धी पाँच बर्षमा ६० प्रतिशत पुरयाउने बताइएको छ ।
त्यस्तै घोषणा पत्रमा सवै विद्यालयमा ईन्टरनेट जडान, पक्कि भवन देखी आधारभुत व्यवस्थापनामा जोड दिईने छ । सिञ्जाका अति विपन्न नागरिकका लागि आवास व्यवस्थापन गरिने उल्लेख छ । घोषणापत्रमा सिञ्जा गाउँपालिकालाई सूचनामैत्री गाउँपालिकाको रुपमा विकास गरिनेछ ।
नागरिकको स्वास्थ्य वीमा
नेकपा आमोबादी केन्द्रले बिजयी हाँसिल गरेको खण्डमा सिञ्जा गाउँपालिकाका सवै नागरिकको निशुल्क स्वास्थ्य वीमा गरिने घोषणापत्रमा उल्लेख छ । उपचारनै गर्न नसक्ने अवस्थाका नागरिकलाई यो निति अत्यान्तै राम्रो हुने गाउँपालिकाले जनाएको छ ।
प्रत्येक महिनामा नागरिकको स्वाथ्य परिक्षण गरिने ,कृषिमा एक गाउँ एक कृषि उत्पादन र कृषि सहकारी स्थापना गरी उत्पादनलाई बजारीकरणमा जोड गरिने भएको अध्यक्षका उम्मेदवार प्रत्यासी पुर्ण प्रशाद धितालले बताए ।
उनले शिक्षालाई श्रममा संग जोडेर पढ्दै सिक्दै कार्यक्रम लागु गरी उत्पादन बढाइने छ । अध्यक्षका उम्मेदवार प्रत्यासी पूर्णप्रसाद धितालले युवालाई रोजगारी दिने र नमुना पालिका बनाउने यो निति कम्यूनिष्ट नमूना निति भएको दाबी गरे ।
राजमार्ग देखी पालिका सम्मको बाटो कालोपत्रे गर्ने
सिञ्जा गाउँपालिकाको आफ्नै भवन निर्माण गरि सुचारु गरिने, राजमार्ग देखी पालिका सम्मको बाटो कालोपत्रे गर्ने घोषणा पत्रमा उल्लेख छ । भेडापालन व्यवसायलाई प्रवर्धन गरि ऊन र राडिपाखी उत्पादनमा जोड दिईने बताईएको छ । जलजमिन जडिवुटिबाट प्राप्त लाभलाई राजश्वको दायरमा ल्याईने माओवादी केन्द्र सिञ्जाको घोषणापत्रमा उल्लेख छ ।
त्यस्तै घोषणपत्र सार्वजनिक कार्यक्रममा माओवादी जुम्लाका ईन्चार्ज तथा केन्द्रीय सदस्य गजेन्द्रबहादुर महतले यूवालाई रोजगार दिने बनाउने जिल्ला पार्टीको निति रहेको छ । उनले उपभोक्ता पद्धतिले झन समस्या ल्याएको भन्दै सरकारको रोजगार निति अनुसार अव प्रत्यक घरको एक जनलाई स्वरोजगार वनाउन जोड दिनुपर्ने बताए ।
नेकपा माओवादी सिञ्जा गाउँपालिका उपाध्यक्ष रतनबहादुर शाहीको अध्यक्षतामा बसेको वैठकमा नेकपा माओवादी प्रदेश कमिटी सदस्य चन्द्रविर तिरुवाले सिञ्जामा माओवादी लगभग बिजय हुने बताए । उनले माओवादीले जिते मात्रै ऐतिहासिक खस सभ्यता र यहाँको समृद्धिमा जोड हुने बताए । घोषणा पत्रमा १ देखी ६ सम्मका वडाध्यक्ष, पार्टीका नेताहरुले सूझाव सहित समर्थन जनाएका छन् ।