जुम्ला ः स्थानीय तहको निर्वाचनमा जुम्लामा गठवन्धन नहुने भएको छ । गठवन्धन के हुने बिषयमा अन्यौल भईरहेको समयमा सत्तारुढ राजनैतिक दलहरुले जुम्लामा अव गठवन्धन नहुने बताएका हुन ।
नेकपा माओवादी केन्द्रका जिल्ला ईन्चाज तथा प्रतिनिधिसभा सदस्य सांसद गजेन्द्रबहादुर महतले जुम्लामा गठवन्धन नहुने बताए ।उनले अव जुम्लामा गठवन्धन हुन्छ भनेर भनेर भ्रममा नपर्न अनुरोध गरे । सांसद महले भने ,गठवन्धनले पहिलो पटक निर्देशन पठाएको थियो । वैशाख ११ गते जिल्ला स्थित शिर्ष नेताहरुको वैठकमा निश्कर्ष विहिन भएकाले अव सबै पाटी एक्ला एक्लै चुनावी प्रतिस्पर्दा हुने बताए । उनले मिडियाले जनतालाई जानकारी दिन सर्वदलिय वैठकमै अनुरोध गरे ।
त्यस्तै नेपाली कांग्रेस जुम्ला जिल्ला सभापति कर्णबहादुर शाहीले जुम्लाको अवस्था अस्त व्यस्त भएकाले गठवन्धन संम्भव नभएको बताए ।उनले कार्यान्वयन गर्न प्रयास गरिएको अब सम्भव छैन ।
त्यस्तै एकिकृत नेकपा समाजवादीका जिल्ला सचिव आदीप्रसाद न्यौपानेले अस्तिनै गठवन्धन नहुने निश्कर्षमा पुगेको बताए । उनले लामो समय गृहकार्य गरेपनि सम्भावना नभएकाले असम्भव भएको बताए ।
त्यस्तै गठवन्धनका लागि वैशाख १२ गते प्रदेश स्तरीय गठवन्धनले गाउँपालिकाको नेतृत्व बाडफाड गरेको थियो । तर त्यो दिन मतदान केन्द्रमा उम्मेदवारी दर्ता गर्न गईसकेकाले गठवन्धनको सम्भावना भएन । त्यो भन्दा पहिला पनि आएको निर्देशनको आधारमा जिल्लामा ११ गते गठवन्धनको लागि वैठक बसेको थियो । सो वैठकमा सहमति नभएपछि दलहरु निश्कर्ष विहिन भएर आफ्नो तयारीमा लागेका थिए ।
नेकपा एकृत समाजवादीका जिल्ला सचिव आदीप्रसाद न्यौपानेले अस्तिनै गठवन्धन नहुने निश्कर्षमा पुगेको बताए । उनले लामो समय गृहकार्य गरेपनि सम्भावना नभएकाले असम्भव भएको बताए ।