माओवादीका उम्मेदवार दोहोरिन नपाउने

जुम्ला : नेकपा माओवादी केन्द्र जुम्लाले स्थानीय तहमा उम्मेदवारी उठ्नका लागि एक पटक मात्र अवसर दिने भएको छ । माओवादी केन्द्र जुम्लाले जारी गरेको जिल्ला घोषणा पत्रमा एक पटक उम्मेदवर उठेकालाई फेरी टिकट नदिईने बताईएको छ । पछिल्लो समयमा टिकटका कारण अवसरवाद धेरै भएको र आकांक्षी धेरै भएको भन्दै उम्मेदवारलाई घोषणापत्रमै प्रतिवद्धता सार्वजनिक गरिएको हो ।

माओवादीले पहिलो नगरपालिका, गाउँपालिका वडापालिकाको निति तथा बजेट पारित गर्दा पार्टी घोषणापत्रलाई आत्मसाथ गर्दै पार्टीको उपस्थितिमा कार्यान्वयन गर्नुपर्ने उल्लेख गरिएको छ । यो पटक उम्मेदवारी भईसकेको अवस्थामा विजयी हुदा वा पराजित हुदा अर्को पटक उम्मेदवारीमा दावी नगर्ने प्रतिवद्धता पत्र सार्वजनिक गरेको नेकपा माओबादी केन्द्र जुम्ला इन्जार्च तथा केन्द्रिय सदस्य गजेन्द्र बहादुर महतले बताए । उनले भने,माओवादी केन्द्रले जारी गरेको जिल्ला स्तरीय घोषणापत्रमा युवालाई विकास निर्माण र सामाजिक कार्यमा लगाइने उल्लेख गरिएको छ । नेकपा माओवादी केन्द्रले विगत वर्ष देखि विकास निर्माणमा खर्च गरिने सम्पर्ण रकम रोजगारीमा खर्च गरिने तथा प्रथामिकता दिने बताईएको छ ।

त्यस्तै नेकपा माओबादी केन्द्रले बिजयी हाँसिल गरेका सवै तहमा एक पटक ५ बर्ष जनप्रतिनिधि भए पनि फेरी आशा गर्नु राम्रो नभएको भन्दै उम्मेदवारलाई प्रतिवद्धता पत्रमा हस्ताक्षर गर्दै हिडेको गरिएको छ ।
त्यस्तै प्रतिवद्धता पत्रमा हाल विकास निर्माण सँग रोजगारलाई जोडिने निति लिई रहेको अवस्थामा आगामी दिनमा रोजगार सँग विकास निर्माण जोडीने निति लिइने भएको छ । रोजगारी दिइएका सम्पुर्ण युवा युवतिलाई विकास निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि,वन क्षेत्र,वातावरण सरसफाई सबै स्थानिय तह र नागरिकहरुको सरक्षाका साथै सामाजिक कार्यमा लगाइने ईन्चार्ज गजेन्द्रबहादुर महतले बताए ।
क्षमता अनुसार काम दिइने

माओवादी केन्द्रले बिजय हाशिल गरेमा क्षमता अनुसारको रोजगारी दिने घोषणा पत्रमा उल्लेख छ । ईन्चार्ज महतका अनुसार रोजगारी दिइएका व्यक्तिहरुलाई क्षमता अनुसार काम दिइए पनि विशिष्ट अवस्थामा सबै प्रकारका कामहरु गर्नुपर्ने प्रतिबद्धता लिइने छ । रोजगारीका लागि पहिलो प्राथमिकता नगरपालिका गाउँपालिका भित्रका रोजगार नपाएका सवै घरपरिवारलाई हुनेछ ।
रोजगारी २० वर्ष देखि ६० वर्ष भित्र रहने

रोजगारीमा खटिने व्यक्तिहरुको उमेरको हकमा २० वर्ष देखि ६० वर्ष भित्र रहने छ । ९) विभिन्न शिर्षकमा जीवन निर्वाह भत्ता लिइरहेका व्यक्तिहरुको हकमा उनीहरु लाई (रोजगारी वा जीवननिर्वाह भत्ता) मध्य एउटा रोज्न दिइने छ ।

यस्तो छ, (माओवादी केन्द्र ) का उम्मेदवारको प्रतिबद्धता पत्र
१) म विजयी भएको नगरपालिका गाउँपालिका वडामा पहिलो वर्ष वाट निति तथा कार्यक्रम र बजेटप्रस्तुत गर्दाको मिति बाटै पार्टी को घोषणा पत्रलाई आत्मसात गर्दै जिल्लामा रहेका जिम्मेवार नेता कार्यकर्ताको उपस्थितिमा घोषणा पत्रलाई कार्यान्वयन गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।२) म यो पटक उम्मेदवारी भैसकेको अवस्थामा विजयी हुँदा वा पराजित भएको अवस्थामा पुनः अर्को पटक उम्मेदवारीमा दावि गर्ने छैन ।