चन्दननाथ ५ मा काँग्रेसको गड भत्काउदै माओबादी केन्द्र
जुम्ला ःचन्दननाथ ५ कार्कीवडाका बिर्ख बहादुर कार्की नेपाली काँग्रेसका एक कुशल नेतित्व हुन । उनी नेपाली काँग्रेसमा २५ वर्ष देखि सक्रिय रुपमा लागेका थिए । कार्की नेपाली काँग्रेसमा बाट २०७४ सालमा वडाध्यक्षको टिकट पएका थिए ।तर त्यो टिकट काग्रेश भित्रैका केही कर्याकर्ताले लुकाइ दिएपछि उनले मनोनयन दर्ता गर्न पाएका थिएन्न । कार्कीले भने ,‘तर पनि नेपाली काँग्रेसमा सक्रिय रुपमा लागेको थिए । ,यस पटक पनि बैशाख ३०मा ५ वडाध्यक्षको लागी टिकट दाबी गरेको थिए । नेपाली काँग्रेस भित्रको तानासाय प्रविधिहाभी भयो । मलाई टिकट दिन नमानेन्न ,मेरो अपमान भएपछि नेकपा माओबादी केन्द्र रोजेको हु ।
काँग्रेस प्रदेश सभापति शाहीको गडमा नयाँ ट्वीष्ट
चन्दननाथ ५ कार्कीवडाका बिर्ख बहादुर काकी नेकपा माओबादी केनद्रमा प्रवेश गरेपछि नेपाली काँग्रेस कर्णाली प्रदेश सभापति ललिजंग शाहीको गड मानिदै आएको चन्दननाथ नगरपालिका – ५ वडामा नेकपा माओवादी केन्द्रले गड भत्काउने भएको छ ।
नेपाली काँग्रेसले ५ नम्बर वडामा टिकट दिएर वडाध्यक्ष लड्ने तयारी गरेका सक्रिय सदस्य बिर्खबहादुर कार्की नेकपा माओवादी केन्द्रमा प्रवेश गरी वडाध्यक्षमा उम्मेदवारी दिएपछि सभापति शाहीको गड भत्किने भएको हो । काँग्रेस पार्टी छोडेर माओवादी केन्द्रबाट वडाध्यक्षको उम्मेदवारी दिएका कार्कीले भने २५ वर्षदेखि काँग्रेस पार्टीमा सक्रिय भएर काम गरे ।
०७४ को स्थानीय तहको निर्वाचनमा धोका भएपछि दोस्रो पटक (अहिले) पार्टीले वडाध्यक्षको टिकटको आश्वासन पाएर तयारी गर्दापनि नदिएर अन्यायमा परेको उनले बताए । सधैजसो अन्याय खेप्नु भन्दा पनि अर्काे कुनै विकल्प रोज्नु पर्दछ भन्ने उद्देश्यका साथ माओवादी केन्द्र रोजिएको हो । नयाँ प्रवेशी भएपनि माओवादी पार्टीले टिकट दिएर वडाध्यक्षको उम्मेदवारी दिएको उनले बताए ।
माओवादी केन्द्रमा पनि वडाध्यक्ष उम्मेदवार नभएका होइनन् । कर्णाली प्रदेश कमिटि सदस्य मनोज बुढाथोकीले भने हाम्रो पार्टीमा वडाध्यक्षका ४ जना उम्मेदवार थिए । तर क्रियाशिलता, सक्रियता र इमान्दार व्यक्तिलाई वडाध्यक्ष बनाउनु पर्छ भन्ने उद्देश्यले पार्टीमा नयाँ प्रबेशी भएपनि कार्कीलाई टिकट दिएर उम्मेदवार बनाएको हो ।माओवादीको संगठन विस्तार तथा वडाध्यक्षका आकांक्षीहरु बीच समझदारी र समहति गरी कार्कीलाई अवसर दिएको नेकपा माओबादी केन्द्र कर्णाली प्रदेश सदस्य बुढाथोकीले दाबी गरे ।









