जुम्ला ः यस अघि चुनाव बहिष्कार गर्दै आएको नेत्रविक्रम चन्द ‘विप्लव’ पाटीले जुम्लाका तिनवटा पालिकामा उम्मेदवार दिएका छन ।उनीहरुले जुम्लाको कनका शुन्दरी ,सिजा ,र हिमा गाउपालिकामा बिभिन्न पदका लागी उम्मेदवार दिएका हुन । कनकासुन्दरी गाउँपालिकाको अध्यक्षको लागी कृष्ण सुनारले उम्मेदवारी दिएका छन ।
त्यस्तै सिजागाउपालिकाको अध्यक्षको लागी यस अघि नेत्रविक्रम चन्द ‘विप्लव’का प्यारीलाल धितालले स्वतन्त्र उम्मेदवरी दार्ता गराएका छन । त्यस्तै सिजागाउपालिकाको १ वडाध्यक्षपदको लागी सक्त सिहं रोकायाले उम्मेदवारी दिएका छन। सोही वडा महिला सदस्यको लागी गंगा रोकायाले उम्मेदवारी दर्ता गराएकी हुन ।
त्यस्तै हिमागाउपालिका ६ वडाध्यक्षको लागी रमेश रावल, कमरेड (बिक्रन्तले) उम्मेदवारी दिएका छन । ६ वडाध्यक्षका लागी स्वतन्त्र उमेदवारी का रमेश रावत “विक्रान्त“यस अघि संसदीय व्यवस्था असफल छ यसलाई परिवर्तन गरेर जनताको व्यवस्था ल्याउनुपर्छ भनेर लागेको बताउछन ।उनले भने ,यस पटक स्थानीय निर्वाचनका लागि वडाध्यक्ष पदको लागि स्वतन्त्र उमेदवार दिएको छु ।
उनले असक्षम,भ्रष्टाचारी तथा कमिसनखोर उमेदवारलाई रोजेका कारण जन्ताले दुख पाएको बताए । उनले शिक्षित ,विद्यवान् दक्ष,क्षमतावान युवा विद्यार्थी तथा साझा स्वतन्त्र उमेदवारलाई रोज्न अनुरोध गरेका छन।