रमेश रावत“विक्रान्त“ले दिए वडाध्यक्षमा स्वतन्त्र उम्मेदवारी
जुम्ला ः हिमा गाउँपालिका ६ का रमेश रावत “विक्रान्त“ले वडाध्यक्ष पदको लागि स्वतन्त्र उमेदवारी दता गराएका छन । उनले यहि बैशाख ३० गतेको स्थानीय निर्वाचनका लागि हिमा गाउँपालिका वडा न.६को वडाध्यक्ष पदका उम्मेदवारी दिएका हुन ।
यस अघि संसदीय व्यवस्था असफल छ यसलाई परिवर्तन गरेर जनताको व्यवस्था ल्याउनुपर्छ भनेर लागेका रमेश रावत “विक्रान्त“ले यस पटक स्थानीय निर्वाचनका लागि वडाध्यक्ष पदको लागि स्वतन्त्र उमेदवार भएका छन ।
“आफ्नो मान्छेलाई हैन,राम्रो मान्छेलाई जिताऊ“
“असक्षम,भ्रष्टाचारी तथा कमिसनखोर उमेदवारलाई रोजियो पटक पकट ! शिक्षित ,विद्यवान् दक्ष,क्षमतावान युवा विद्यार्थी तथा साझा स्वतन्त्र उमेदवारलाई रोजौ एक पटक !!“ भन्ने अपिलका साथमा रमेश रावत “विक्रान्त“ भन्छन् शिक्षित ,दक्ष तथा जनपक्षीय व्यक्तिलाई युवा पुस्ता लगायत सबै जनताले चिनेर अबस्य बिजय गराउने छन् भन्ने विश्वास राख्छन् ।
पहिलेका प्रतिनिधि जस्तै अहिलेको चुनावमा पनि गाउँका असक्षम ,भ्रष्टाचारसंग जोडिएका,आफ्नो पार्टीसंग ५ लाखमा टिकट खरिद गरेर उम्मेदवारी दिएका , निजी स्वार्थको लागि विभिन्न पार्टी परिवर्तन गरेर भ्रष्ट व्यापारी तथा ठेक्कादारलाई अबको शिक्षित ,युवा पुस्ताले र जनताले यदि नचिनेर बिजय गराए भने पुनः ५ बर्ष वडा न.६ को स्थिति नाजुक हुने बताउँछन् । हिमा गाउँपालिका लगायत देशकै स्थिति कंगाल हुने बताउँछन् ।
२०५६ साल मंसिर ११ गते जन्मिएका रमेश रावत “विक्रान्त“ भर्खर २२ बर्षका भए उनी अम्म बहादुर रावत र पानका रावतका माइला छोरा हुन ।राजनीति सेवाका लागि गर्नुपर्छ पेसा र व्यवसायका लागि आर्थिक नाफाका लागि गर्नुहुदैन समाज सुधारका लागि गर्नुपर्छ भन्ने संदेश दिने समाजका सबै व्यक्तिलाई परिवर्तनशिल,प्रगतिशील राजनीति संस्कार सिकाउनुपर्छ भन्ने विचार ,सिद्धान्तमा दखल राख्ने “विक्रान्त“ सिभिल इन्जिनियर तथा जुम्ला बहुमुखी क्याम्पसमा बि.एड दोस्रो बर्षमा अध्यान गरिरहेका विद्यार्थी हुन ।
विद्रोही ,क्रान्तिकारी स्वाभावका “विक्रान्त“ अन्याय र अत्याचारका विरुद्धमा नडराएर कठोरकासाथ लडिरहने व्यक्ति हुन उनी २०६८ सालमा जुम्ला जिल्ला साविकको महावै पाथरखोला गा.वि.स मा बाल क्लबको अध्यक्ष हुँदै समाज सेवामा छिरेका उनी २०७२ साल र २०७५ सालमा दुई कार्यकाल अखिल (क्रान्तिकारी ) जुम्लाको “सचिव“ भए अहिले उनि विप्लव निकट नेपाल कम्युनिष्ट पार्टी जुम्लाको जिल्ला कमिटी सदस्य तथा अखिल (क्रान्तिकारी ) का केन्द्रीय सदस्य तथा जुम्ला जिल्लाका “इन्चार्ज“ को जिम्मेवारीमा छन् ।
रमेश रावत “विक्रान्त“सानै उमेरदेखि राजनीतिमा सक्रिय भएर निरन्तर लागेका युवा विद्यार्थी नेतामा एक हुन जुम्ला जिल्लाका एक कम्युनिष्ट, क्रान्तिकारी स्वभावका रमेश रावत “विक्रान्त“ सबैसँग एक परिचित व्यक्ति हुन राज्य व्यवस्था बदल्नु पर्छ भनेर लागेका उनी प्रतिबन्धको बेला र ःऋऋ विरुद्धको आन्दोलनमा गरि २ पटक जिल्ला प्रहरी कार्यालय जुम्लामा झुटा मुर्दामा हिरासत जीवन परेका थिए ।
उनी भन्छन् सिंहदरबारको अधिकार गाउँघरमा आयो भनेर यस अघिका जनप्रतिनिधिले भ्रम छरेपनि मुठ्ठीभर व्यक्तिको लागि मात्र स्वर्गको बास भएको बताउन् । जताततै समाजमा ,विकृति ,विसंगति,बलात्कार ,महङ्गी,भ्रष्टाचार बढेको छ यसलाई परिवर्तन गर्न आफ्नो “समाज आफै बनाउनु पर्छ“ भनेर समाजका भ्रष्टाचारी,चम्मेहरु,राष्ट्रघाति र समाज झुन्डहरुको विरुद्धमा आफ्नो वडा अध्यक्षको पदमा स्वतन्त्र उमेदवार दिएको बताउछन् ।
उनी भन्छन् समाजमा विभिन्न पार्टीका नेता कार्याकर्ता भएपनि राजनीति संस्कार नभएका,प्रष्ट संग राजनीति नबुझेका व्यक्तित्वहरु छन् स्वार्थको लागि पद प्रतिष्ठा र कमाउनको लागि मात्र हानाहान गरिरहेका छन् यसलाई परिवर्तन गरेर समाजको उन्नति प्रगति र निरन्तर तिव्र गतिको विकासको लागि युवा पुस्तालाई अग्रसर र जिम्मेवार बनाउनु पर्ने र एकअर्कालाई सहयोग समर्थन गर्ने बानीको बिकास गर्नुपर्ने खुट्टा तान्ने प्रविधिको अन्त्य गर्नुपर्ने बताउछन् ।
रमेश रावत “विक्रान्त“भन्छन् जनताले बेलैमा चिन्न नसकेर नराम्रो,असक्षम व्यक्तिको जिम्मामा नेतृत्व सुम्पिएपछि समाज अराजकतामा धकेलिने उदोगतिमा लाग्ने बताउँछन् आफुलाई समाजले राम्रो व्यक्ति ठानेर निर्वाचित बनाएपछि पहिलो शिक्षा र स्वास्थ्य क्षेत्रमा गुणस्तरीय तथा नमुना बनाउने बताउनुका साथै आफ्नो हिमा गाउँपालिका वडा न.६ मा अध्यक्ष पदको सझा स्वतन्त्र उमेदवारी दिएको हु चुनावमा १० रुपैया खर्च गरिदैन १० रुपैया अनियमितता तथा भ्रष्टाचार गरिदैन ज्ञानेन्द्र शाहीले भनेजस्तै “भ्रष्टाचार गर्नु भनेको ,आमाको रगत खानु हो“ भन्ने बिचारलाई आत्मसात गर्छु मलाई विश्वास ,योग्य ,क्षमतावान र राम्रो मानेमा अरु पार्टीको नेता कार्यकर्ताले पनि अबस्य मलाई जिताउन सुझाव ,सल्लाह ,सहयोग ,समर्थन प्रचारप्रसार गर्नेछन् भ्रम सिर्जना गरेर भोट माग्नु भनेको “आफ्ना आँखा आफै फुटाल्नु हो “आफु पनि भ्रष्टाचार गरिदैन,अरुलाई पनि गर्न दिइन्न“ भन्ने प्रतिबद्धता जाहेर गर्दछन् । ः
एजेन्डाहरु
हिमा गाउँपालिका वडा न.६ जुम्लामा साझा स्वतन्त्र प्यानलको घोषणापत्रमा निम्न एजेन्डाहरु व्यवहारिक रुपमा समेट्नु पर्ने बताउँछन् ः
१ राष्ट्रघाती ःऋऋ विरुद्धमाः जनतालाई राष्ट्रिय स्वतन्त्रताको रक्षा गर्नको लागि अपिल गर्न देशद्रोही, राष्ट्रघातीका विरुद्धको उमेदवारी
२ भ्रष्टाचार मुक्त वडा पालिका बनाउनःजतातै भ्रष्टाचार गरेर जनताको खुन पसिना चुसेका छन् हामीले दिएको करलाई दुरुपयोग गर्न नदिनको लागि , आवश्यक ठाउँमा उपयुक्त लगानी लगाएर क्षमता अनुसारको काम ,काम अनुसारको दामको निति सारेर जनताले दिएको करबाट आउने बजेटलाई कुनैपनि गलत ठाउँमा नलगाएर सहि ठाउँमा लगाउने ।
३ शिक्षा क्षेत्रमा सुधार तथा निशुल्क गर्न ःशिक्षा प्रणाली एकदमै नाजुक र कमजोर स्थितिमा भएको कारणले गुणस्तरीय निशुल्क प्रविधि, प्राविधिक सहितको बैज्ञानिक नमुना शिक्षा बनाउने उत्पादन सहितको शिक्षामा जोड दिने वडा न .६ मा अबस्थित भानु मा.वि ,जनता आधाभुत विद्यालय , ढाड र राप्ती भ्ऋम् लाई अपुकताको ठाउँमा माथिल्लो निकायलाई दबाब र आग्रह गरेर नमुना बनाउने ।
४) स्वास्थ्य क्षेत्रमा सुधार गर्न ः वडामा भएको स्वास्थ्य चौकीलाई सुबिधा सहितको बनाएर जनताले सहजै उपचारको अनुभुती हुने वातावरण मिलाउने गाउँ ,गाउँ सम्म सडकलाई गुणस्तर बनाएर एम्बुलेन्स सेवा तथा सबै जनताको स्वास्थ्य विमा बनाएर निशुल्क स्वास्थ्य सेवा तथा दीर्घ रोगी ,ठुलो उपचारको लागि राहत सहिदको ठुलो अस्पतालसंग वडालाई जोडेर सहजकर्ताको लागि पहल गर्ने ।
५) सुचना, सञ्चार तथा प्रविधि सहितको वडा पालिका ः नेटवर्किङलाई वडाभित्र भित्र्याएर माथिल्लो निकायलाई पहल तथा दबाब दिएर सजिलैसँग प्राप्त गर्ने खाले जनताकोसाथमा सुचना अभियान संचालन गरेर सरल बनाउने ।
६) जनपक्षीय विकास गर्नःयस अघिका जनप्रतिनिधिहरुले मुठ्ठीभर तरिकाले सिमित आफ्ना व्यक्तिलाई समेटेर कमिसनको लागि विकास नामक छारो छर्ने काम गरे अब सबैलाई समेटेर वडा को उन्नति प्रगतिको लागि पुर्वाधार तथा सडक लाई गुणस्तर बनमउनको लागि समानान्तर बिकास गर्ने ।
७) बिजुली र खानेपानी निशुल्क ः हिमा गाउँपालिका वडा न .६ मा खागलखोला जलविद्युत संचालनमा छ यसका कर्मचारी (प्राविधिक ) लाई र खानेपानीका चौकिदारलाई वडाका जनप्रतिनिधिलाई आउने रकमलाई त्यता लगानी लगाउने र राष्ट्रिय प्रशारण लाइनलाई गाउँ गाउँमा जोड्ने पहल गरेर उज्यालो वडा पालिका बनाउने ।
८) कर मुक्त वडा ः नेपाली नागरिकलाई आवश्यक पर्ने गाजर ,प्रमाणपत्र लगायत सिफारिस पत्रलाई निशुल्क गर्ने र नेपाल सरकारलाई दिनुपर्ने करमा ५० % छुट गर्ने ।
९) समाज सुधार गर्न ः समाजमा विभिन्न खाले बालविवाह ,बौविवाह, विकृति ,विसंगति ,जाँडरक्सी ,जुवातास , लागुऔषध सेवन,कुरीति ,कुसंस्कार लगायत विषयमा जनचेतना शिक्षा दिएर एक टोल एक लाइब्रेरी बौद्धिक व्यक्तितब र विद्यवानबाट प्रशिक्षण ,गोष्ठी संचालन गरेर सभ्य समाजको निर्माण गर्ने ।
१०) जन कम्युन तथा नमुना वडा पालिका बनाउन ः बौद्धिक तथा दक्ष व्यक्तित्वको सुझाव सल्लाह अनुसार प्रविधिलाई श्रोतसाधनसंग जोडेर उत्पादन र बेरोजगार युवा युवतीलाई विकास क्षेत्रमा कृषि क्षेत्रलाई प्रविधिसहितको जनशक्ति पहिचान गरेर सामुहिक र निजी क्षेत्रमा पवित्रखालको उत्पादनमा जोड दिने ।
११) वर्गीय ,लिङ्गीय तथा जातीय विकास ः न्युन तथा गरिब बर्गलाई दक्ष जनशक्ति बनाएर उत्पादनमा लगाउने,उत्पीडित महिला तथा पुरुषलाई आत्मबलका लागि सुरक्षा तालिम तथा गोष्ठी संचालन गर्ने, सबैखाले जातीय विभेदलाई जनचेतनाबाट समान हक समान अधिकार प्रदान गर्न सकिने ।
१२) खेलकुदमा सबैको पहुँच ः युवा ,युवती लगायत सबैलाई प्रोत्साहित सहितको चासोका साथ इतिहास रच्ने ,खेलाडी बनाउनमा जोड दिने माथिल्लो निकायसंग सहकार्य गरेर खेलकुद तथा तालिमसंग युवा, युवती ,जनसमुदायलाई जोड्ने ।
हिमा गाउँपालिका वडा न.६ जुम्लाका सम्पुर्ण जनतालाई एकफेरी सेवा गर्ने मौका दिनुहोस् भन्ने आग्रहका साथ साझा स्वतन्त्र अध्यक्ष पदका उमेदवार रमेश रावत “विक्रान्त“को प्यानललाई अत्याधिक बहुमतले बिजय गराउनको लागि सबैलाई रमेश रावत “विक्रान्त“ले हार्दिक गर्नु भएको छ । सकारात्मक सुझाव ,सल्लाहको लागि आग्रह सम्पुर्ण हिमा गा.पा वडा न.६ बासीबाट अपेक्षा गरिरहेको बताउन् ।









