जुम्ला : मोहन बैद्य नेतृत्वको नेकपा माओवादीले आगामी बैशाख ३० मा घोषणा गरिएको स्थानीय तहको चुनाव बहिस्कार गर्ने बताएको छ । जुम्ला बजारको कृष्ण मन्दिर अगाडी कोण सभाको कार्यक्रम गर्दै नेकपा कम्युनिस्ट (क्रन्तिकारी) माओबादीले चुनाव बहिस्कार गर्ने अभियानमा लागेको बताएको हो ।सरकारले चुनावको मिति घोषणा गरेर मनोनयन समेत दर्ता भइसकेको छ ।
बैद्य नेतृत्वको माओबादीले संसदीय प्रकृया अन्र्तगत हुने कुनै पनि निर्वाचनमा सहभागि नजनाउन आम जन्तालाई आग्रह गरेको छ ।
बैद्य माओबादीका कालिकोट र जुम्ला जिल्ला इन्चार्ज कर्ण बहादुर बिसी वर्तमान सरकार भ्रष्ट भएको र जन्ताको सेवामुखी नभएको बताए ।उनले जनताका राष्ट्रियता,जनतन्त्र तथा जनजीविकाका समस्याहरुको समाधान हुन नसकेको बताए ।उनले त्यसनिम्ति नया“ जनवादी राज्यसत्ताको स्थापना अनिवार्य आवश्यक रहेको बताइएको दाबी गरे ।
त्यस्तै बैद्य माओवादीले सबै राजनीतिक दलहरु बिदेसी इशरामा चलेको कर्णाली प्रदेश बिद्यर्थाी संयोजक नेत्र बहादुर शाहीले बताए । उनले भने, कथित स्थानीय बहिष्कार गरौँ? राष्टघाति एमसिसि सम्झौता खारेज गर ,नयाँ जनबादी क्रन्ति जिन्दाबाद लागायत नारा सहित अभियान सुरु गरेको बताएको छ ।