अवको लडाई भ्रष्टाचारी विरुद्ध हो : राप्रपा प्रवक्ता शाही

जुम्ला ः राष्ट्यि प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र,शाहीले अबको लडाइ भ्रष्टचारी बिरुद्ध हुने बताए ।राप्रपाले जुम्लामा आयोजनाको गरेको आमसभाको सम्बोधन गर्दै हाम्रो पार्टीको लडाई तथा प्रतिस्पर्धा कुनै पार्टीसँग नभएको बताएका हुन ।

उनले भने ,‘हाम्रो लडाई भ्रष्टाचारसँग हुन्छ । हाम्रा पार्टीका अध्यक्षले पनि पार्टीभित्रकै भष्ट व्यक्तिलाई पार्टी छोडेर जाउ भनेर  भन्दै  आएकाे उनले दाबी गरे । उनले भने,‘ राष्ट्यि प्रजातन्त्र पार्टीका उम्मेदवारलाई पनि भ्रष्टाचार गर्नु भनेको आमाको रगत खानु भनेर कसम खुवाउने छौँ ।देश भ्रष्टाचारले थिलोथिलो भएकोले हामीले देशलाई बचाउनु छ ।

भ्रष्टाचार मुक्त देश बनाउनका लागि हामीले अभियान थालेका छौँ । यसमा हामीलाई आम नागरिक तथा जनताको सहयोग चाहिएकोले सवैलाई सहयोग गर्न अपिल पनि गरेका छौँ उनले भने,‘जनप्रतिनिधि र स्थानीय तहका कार्यकारी प्रुमखको सम्पत्ति सुद्धिकरण गर्नका लागि सम्वन्धित निकाय आउने छौँ ।

अक्तियार अनुसन्धान आयोगको ढोका ढक्ढकाउने छौँ । भ्रष्टाचार सतहमा देखिने गरेको छ । शाहीले एक वर्ष कार्यकारी हुने तर सुर्खेत, नेपालगज्ज, काठमाडौँमा घर ठड्याउने गरेको देखिन्छ । उनीहरुको खाईपाई आएको तलव सुविधाले घर ठडिन्छन् त ? हामी सवैले बुझेका छौँ ।

त्यस्तै शिक्षा, स्वास्थ्य, विकास निर्माण सवै ठाउँमा भ्रष्टाचारको बेथिति बढेको छ । सर्वसाधरणका छोराछोरीले शिक्षा, स्वास्थ्य निशूल्क नपाएको उनले बताए । उनले हाम्रो घोषणापत्र जारी हुदै छ । शिक्षा र स्वास्थ्य निशुल्क गर्ने छौँ । हामीले चुनाव जितेको स्थानीय तहमा अहिलेकै बजेटमा रहेर मध्यम वर्गीय स्वास्थ्य निशुल्क गर्ने छौँ र १२ कक्षासम्म निशुल्क शिक्षा दिने बताए । त्यसमा कुनै पनि शुल्क नलिने बताए ।

शाही माथि मोवाइल प्रहार
जुम्ला ःराष्ट्यि प्रजातन्त्र पार्टीका प्रवक्ता तथा सुशासन विभागका अध्यक्ष ज्ञोन्द्र शाही माथि मोवाइले प्रहार गरिएको छ ।राप्रपाले जुम्लामा आयोजनाको गरेको आमसभाको सम्बोधन गर्दै गर्दा उनीमाथि मोवाइल प्रहरी गरिएको हो ।
उनले चन्दननाथ नगरपालिका मेयर कान्तिका सेजुवाल लगायत यहाँ स्थानीय तहका जनप्रतिनिधिले विकास निर्माण,शिक्षा स्वास्थ्य भन्दा अन्यमा बढी खर्च गरेको भन्दै विरोध गरेपछि उनीमाथि बोमाइल प्रवाह गरिएको हो ।

त्यस्तै शाहीले आफु माथि प्रहार गर्ने विरुद्ध कुनै कारवाही नगर्न प्रहरीलाई आग्रह गर्दै जुम्ली छोराले जुम्ली छोरोलाई नै प्रहार गरेको हो । माफी दिएको उनले बताए ।यस अघिका निर्वाचनमा नेपाली काँग्रेसका नेता ललिजंग शाही, माओवादी केन्द्रका नेता नरेश भण्डारी, गजेन्द्रबहादुर महत, तत्कालिन एमाले नेता देविलाल थापालाई मतदान गरेर विजयी गरी काठमाडौँ पठाएका हौँ । उनले भने, अव एक ज्ञानेन्द्र शाहीलाई मतदान गर्नुहोस ।त्यसपछि कामका आधारमा मतदान गर्नु होला ।पहिला जो जो नेतालाई मतदान गरी विजयी गराएऔँ । अहिले उहाँहरुकै घरमा गएर भोट माग्ने पनि उनले बताए ।

सम्बन्धित समाचार