चुनावी सभा सम्बोधन गर्न रेखा थापा जुम्ला आउदै
जुम्ला ः राष्ट्रिय प्रजातन्त्र पार्टीको (राप्रपा) स्थानीय तहको चुनावी सभा सम्बोधन गर्न नाइका तथा राप्रपा केन्द्रीय सदस्य रेखा थापा जुम्ला आउने भएकी छन् । राप्रपा जुम्लाले बैशाख ६ र ७ गते तय गरेको चुनावी सभालाई सम्बोधन गर्न थापा बैशाख ६गते नै जुम्ला आउने भएकी हुन् ।
राप्रपा जुम्लाले बैशाख ६ गते जुम्लाको प्रदेश (ख) क्षेत्रमा पर्ने सिंजा गाउँपालिकाको नराकोट र प्रदेश (क) क्षेत्रमा पर्ने जुम्लाको मुख्या बजार खलंगास्थित कृष्ण मन्दिरको प्राङ्गण ७ गते चुनावी सभाको कार्यक्रम तय गरेको राप्रपा नगर अध्यक्ष अनुप थापाले बताए । उनले भने ,‘केन्द्रीय सदस्य थापासहित पार्टी प्रवक्ता तथा सुशासन विभागका अध्यक्ष ज्ञानेन्द्र शाही लगायत अन्य ६ जनाको टोली जुम्ला आउने कार्यक्रम तय भएको छ ।
त्यस्तै राप्रपाका केन्द्रीय नेता भीमबहादुर शाहीले आफनो पार्टीबाट स्थानीय तहमा उम्मेदवार हुनेले भ्रष्टाचार तथा सामाजिक अपराध नगर्ने देउताको मन्दिरमा कसम खुवाएर मात्रै टिकट दिने बताएका छन् ।‘ उनले एउटा हातमा राजीनामाको कागज लिन्छौँ र अर्को हातमा टिकट दिन्छौ भ्रष्ट्राचार नगर्ने प्रतिबद्धता जनाउनै पर्छ,’उनले भने ,भ्रष्टाचारले देश बर्बाद भएको बताए । राप्रपाले भ्रष्टाचार शून्यमा झार्ने र जनताका पक्षमा काम गर्ने उनको भनाइ छ ।
आगामी निर्वाचनमा असल मान्छे र राम्रो पार्टीलाई विजयी नगराएसम्म जनताले दुःख पाइरहने उनले बताए । ‘निर्वाचन त्यस्तो अवसर हो जहाँ जनताले साँच्चै काम गर्ने मान्छे छान्ने अवसर पाउँछन्,’ उनले भने, ‘असल नीति भएको पार्टी र
नेतालाई विजयी गराए जनतालाई सुख हुने छ ।उनले एक पटक पाँच वर्षका लागि राप्रपालाई मत दिएर हाम्रा मुद्दा र एजेन्डालाई जनतामाँझै लैजान दिन आम जुम्लाबासीलाई आग्रह गरेका छन । सबै स्थानीय तहमा तलदेखि माथिसम्म सबै पदमा उम्मेदवारी दिने उनले बताए । उनले भने राप्रपा अहिले तीन वटा मुद्दा बोकेर अगाडी बढेको दाबी छ ।








