लागुऔषध (चरेश ) सहित जुम्लाका दुइजना पक्राउ

जुम्ला ः जुम्लामा लागुऔषध सहित दुइजना प्रकाउ परेका छन । जिल्ला प्रहरीकार्यालय जुम्लाले तातोपानी गाउपालिका ५का १९ वर्षका टेकेन्द्र नेपाली र तिलागाउपालिका ७ मा स्थायी बसोबास भएका चन्दननाथ नगरपालिकन ५ राजासिम स्थित किराना पसल गरी बस्ने ३२ वर्षका हरि बहादुर रोकायालाई लागुऔषध( चरेश )सहित प्रकाउ गरिएको हो । उनीहरु दुबै जना लाई जुम्ला जिल्ला अदालतबाट म्याल थप गरी अनुसन्धान अगाडी बढाएको प्रहरी नायव उपरिक्षक नरेन्द्र चन्दले बताए ।