भुमि आयोग जुम्लाको अध्यक्षमा तिर्थ बुढा

जुम्ला ः भुमि आयोग जुम्लाको अध्यक्षमा तिर्थ बुढा नियूक्त भएका छन् । तत्कालिन जिल्ला विकास समिति जुम्लाका सभापति समेत भएका बुढालाई नेपाल सरकारले भुमि आयोग जुम्लाको अध्यक्षमा नियूक्त गरेको हो । उनी नेकपा एकिकृत समाजवादी पार्टी जुम्ला अध्यक्ष तथा केन्द्रीय सदस्य हुन् ।

यस्तै आयोगको विज्ञ सदस्यमा लक्ष्मी खत्री नियूक्त भएका छन् । उनी नेकपा माओवादी पार्टीका युवा नेता हुन् । आयोगको सदस्यमा चद्रिका बस्ने र हरिकृष्ण हमाललाई नियूक्त गरिएको हो । सदस्य दुवै जना नेपाली काँग्रेसको तर्फबाट नियूक्त गरिएको वर्तमान भमि आयोग जुम्लाका अध्यक्ष बुढाले बताए ।

 

सम्बन्धित समाचार