जुम्लाकाे पसलै पिच्छे उपभोग्य बस्तुको मुल्य फरक

जुम्ला ः यहा““का ब्यापारीले अझै पनि मुल्य सुची राख्न सकेका छैनन । जसले पसलै पिच्छे उपभोग्य बस्तुको फरक फरक मुल्य भएको पाइएको छ । होटल तथा पसल करदाता सेवा कार्यालयमा दर्ता हुन सकेका छैनन । मिति नाघेको उपभोग्य बस्तु खुलेआम किनबेच भइरहेको छ । लेबलमा उत्पादन मिति प्रष्ट खुलाएको भेटिदैन ।
सदरमुकाम खलंगाका ठुला ब्यापारीले मिति सकिएको अखाद्य बस्तु गाउका बजारमा पठाउने गरेको भेटिएको छ ।

जुम्लाका सहायक प्रमुख जिल्ला अधिकारी प्रमिला रिजालले अधिकांस पसल दर्ता नभएको भेटिएको बताइन । दर्ता नभएका पसलबाट नै अखाद्य बस्तु विक्रि भइरहेको भन्दै स्थानीय सरकारले पनि कडाइका साथ बजार अनुगमन गर्नु पर्नेमा जोड उनले दिइन ।

त्यस्तै यसै साता बजार अनुगमन समितिले पातारासी गाउ“पालिकाका मुख्य बजारमा अनुगमन गरेको थियो ।अनुगमनका क्रममा स्टिम नुडल्स,फेन्टा,स्प्राइट,रिफरेन्स अरेन्ज,रिफ्रेस कोला,म्याद सकिएको भेटिएको थियो ।
जुम्लाका व्यापारी व्यवसायीले बजार अनुगमन समितिको सुझाव नमान्ने गरेको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय जुम्लाका खाद्य अनुसन्धान अधिकृत डा. इश्वरी सुवेदील बताए । उनले भने, उनीहरुले पटक पटक अनुगमन समितिले दिदै आएको सुझाव नमान्दा उपभोक्ता मारमा परेका हुन ।

सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको अनुगमन समितिले सदरमुकाम खलंगा देखि ग्रामिण बस्तीमा स्थापना भएका बजारको अनुगमन गर्दै आइराखेको छ । हरेक स्थानीयतहमा उपाध्यक्ष तथा उपप्रमुखको संयोजकत्वमा बजार अनुगमन समिति भएपनि काम गर्न सकिरहेको छैनन् ।

पसलमा ढकतराजु क्यालीब्रेसन अपडेट नभएको, साइनबोर्ड नराखेको, खाद्य अनुज्ञापत्र नलिइ उत्पादन तथा विक्रि वितरण गरेको भेटिएको खाद्य अनुसन्धान अधिकृत डा.सुवेदीले जानकारी दिए । अनुगमनमा जिल्ला प्रशासन कार्यालय संयोजक रहने गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय टोली अनुगमनका क्रममा निस्किएको थियो ।

पछिल्लो समयमा जिल्लाका एक नगरपालिका सहित ७ गाउ“पालिकाको केन्द्रमा स्थानीय बजार स्थापना भइसकेका छन । उद्योग तथा उपभोक्ता हकहित संरक्षण कार्यालय जुम्लाका प्रतिनिधि सन्तोष कार्कीले समयमै करको दायरामा आउनको लागि व्यवसायीलाई आग्रह गरेका छन । उनले भने,‘अनुगमनका क्रममा धेरै समस्या देखियो । सबै समस्या समाधानका लागि विधिवत रुपमा व्यवसाय दर्ता गर्न सुझाव दिएका छौ“

सम्बन्धित समाचार