प्रतिष्ठानका ३सय ५६ जनाको स्वास्थ्य बीमा

जुम्ला ः कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारीको स्वास्थ्य बीमा गरेको छ । ३५६ जनाको एकमुष्ट स्वाथ्य बिमा गरेको हो ।प्रतिष्ठानमा अध्ययनरत १सय २९ जना विद्यार्थीको समेत स्वास्थ्य बीमा गरेको छ ।

गुणस्तरीय स्वास्थ्य सेवा, स्वास्थ्य शिक्षा तथा खोजमुलक अनुसन्धान गर्ने उद्देश्यले स्थापित प्रतिष्ठानले नेपाल सरकार स्वास्थ्य बीमा बोर्ड अन्र्तगत सम्पूर्ण स्वास्थ्यकर्मी, शिक्षक, कर्मचारी तथा विद्यार्थीको बीमा अनिवार्य गरेको बताएको छ ।
त्यस्तै प्रतिष्ठानका कार्यालय सहयोगी ३१ जना, सिएमए, एनएम, एचए १६ जना, स्टाफ नर्स ६१ जना, प्रशासनिक कर्मचारी १९ जना, नसिङ्ग अधिकृत ७ जना, ल्याव, एक्सरे, फार्मेसी कर्मचारी २१ जना, मेडिकल अधिकृत १७ जना, आवासीय चिकित्सक ५ जना र शिक्षक ५० जना गरी २२७ जनाको स्वास्थ्य बीमा गरिएको हो ।

यस्तै विद्यार्थीतर्फ एमबिबिएस अध्ययनरत विद्यार्थी १५ जना, बि फार्मा ८ जना, बिएनएस ११ जना, बिएमएस द्धितीय वर्षका ४ जना, बिएमएस प्रथम वर्षका विद्यार्थी २ जना, विपिएच तृतिय वर्षका १२ जना, विपिएच द्धितिय वर्षका १२ जना, विपिएच प्रथम वर्षका ६ जना, पिसिएल नर्सिङ्गका ३६ जना र एचएका विद्यार्थी २३ जना गरी १२९ जनाको बीमा गरेको हो ।
आम नागरिकको स्वास्थ्य सेवा सहज, पहुँच र सुनिश्चित गर्न स्वास्थ्य बीमा ऐन २०७४ तथा नियमावली २०७५ को कार्यन्वयनका क्रममा प्रतिष्ठानले शिक्षक, स्वास्थ्यकर्मी, कर्मचारी र विद्यार्थीको एकमुष्ट बीमा गरेको अस्पताल निर्देशक डाक्टर पुजन रोकायाले बताए ।

जुम्लका ८ वटा स्थानीय तहमध्ये गुठीचौर र तातोपानी गाउँपालिकाले विपन्न नागरिकको पहिचान गरी निशुल्क स्वास्थ्य बीमा गरेको पाइएको छ । स्थानीय तहले विपन्नको सिफारिस पठाउनु भन्दा पनि उनीहरुकै नाममा स्वास्थ्य बीमा गर्न उपयूक्त हुने उनको भनाई छ ।

जुम्लाको एक लाख १९ हजार ३७७ जनसंख्या मध्ये ५७ हजार १३ जनाको मात्रै स्वास्थ्य बीमा भएको स्वास्थ्य बीमा बोर्ड जुम्लाका प्रमुख प्रेम भण्डारीले बताए । उनले भने ३ हजार ५६९ जना विपन्न नागरिक, २ हजार २८१ जना जेष्ठनागरिक, एचआइभी संक्रमति १ जना, क्षयरोगी २ जना, (क) वर्गका अपांगता भएका व्यक्ति ४७ जनाको निशुल्क स्वास्थ्य बीमा भएको छ ।

जुम्ला सहित हिमाली दुर्गम जिल्लामा ६० वर्षमाथिका लागि जेष्ठनागरिकको रुपमा सामाजिक सुरक्षा भत्ता वितरण गर्ने प्रावधान छ । तर स्वास्थ्य बीमा भने ७० वर्षमाथिका व्यक्तिलाई मात्रै जेष्ठनागरिक मानेको छ । यसले सरकारी दुई वटामा सेवा प्रवाहमा निकै विरोधाभास देखिएको छ ।

त्यस्तै ६० वर्षमाथिका नागरिकलाई नै जेष्ठनागरिकको आधारमा स्वास्थ्य बीमा गर्नपर्ने नागरिक समाजका अध्यक्ष राजबहादुर महतले बताए । उनले भने,‘स्वास्थ्य बीमा ऐन नियमावली परिर्वतन गरेरै भएपनि ६० वर्षमाथिका नागरिकलाई जेष्ठनागरिकको मान्यता दिनु पर्ने आबश्यक छ ।

सम्बन्धित समाचार