गुठीचौरमा ४२ किलोवाटको लघुजलविद्युत उत्पादन हुदै

जुम्ला ः४२ किलो वाटको लघुजलविद्युत आयोजनाको निर्माण हुने भएको छ । गुठिचौर गाउँपालिकाकामा रहेको अदली खोला लघुजलविद्युत आयोजनाको निर्माण हुने भएको हो । गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको अनुगमन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले बताए ।उक्त आयोजनाको पालिकाका अध्यक्ष हरि बहादुर भण्डारीले स्थल अवलोकन गरेका छन्।

गाउँपालिका वडा नम्बर १ गडिगाउँमा निर्माणधिन अवस्थामा रहेको आयोजनाको अनुगमन गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृत अमरराज गिरीले बताए । उनले भने, लघुजलविद्युत आयोजनाको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ। वैशाख १५ भित्रै आयोजनाको निर्माण कार्य सम्पन्न गरिसक्न गुठीचौरका अध्यक्ष हरि बहादुर भण्डारीले निर्देशन दिएका छन ।

उनले भने,‘यो आयोजना जुम्लाका ८ वटै स्थानीय तहकै ठुलो र नमुना कार्य भएको दाबी गरे ।गाउँपालिकाले १ करोड १ लाख भन्दा बढी रकम विनियोजन गरेको छ। त्यहाँका स्थानीयलाई बत्तीको उपयोग राम्रोसँग गर्न अपिल गरे । दुर्गम र विकासका पुर्वाधार बाट पछाडी परेको बस्तीका उपभोक्तालाई उज्यालोको अनुभुति दिलाउनका लागी बिधुत् उत्पादन गर्न लागीएको अध्यक्ष भण्डारीले बताए ।

अदलिखोला लघुजलविद्युत आयोजनाको पावर हाउस, टनेल, निर्माण स्थलको अवलाकन समेत गरिएको छ । त्यस्तै गाउँपालिका उपाध्यक्ष जानदेवी ऐडिले त्यो बत्ती बाट गडिगाँउ,नापानी,मुनिगाँउ र डिल्लीकोटका उपभोक्ता लाभान्वित हुने बताइन । उनले भनिन्१ नम्बरको वडामा ३ सय ६० घरधुरी छन् ।

त्यस्तै त्यहाँका १ हजार ८ सय उपभोक्ताले बत्ती बाल्न पाएको वडा सचिव हरिश्चन्द्र गिरी बताउँछन् विगतमा उनले भने , बिगतका दिनमा झरो बाल्दै आएका बासीन्दाले बत्ती बन्ने भएपछि हर्षित भएका छन ।

त्यस्तै लघु जलविद्युत आयोजनाका अप्रेटर हिरालला ऐडीले स्थानीय सरकारलाई एउटा तालिम उपलब्ध गराउन अनुरोध गरे । उनले जलविद्युतमा काम गर्दा मेसिनरी चिज संग जोखिम छ। त्यसैले तालिम भए ढुक्कसँग काम गर्न पाइने थियो । ऐडीले भने, आवश्यक सीप सिक्नुपर्ने छ। बत्ती बाट विभिन्न कलकारखाना,उद्योग,विद्युत बाट गर्न सकिने सम्पूर्ण कार्य गर्न सजिलो त्यहाँका उपभोक्ताहरु बताउँछन ।

त्यस्तै रेडियो गुठिचाैर एफएमका स्टेसन म्यानेजर गाेल्डेन बुढाले यो जलविद्युतले दिगोविकासकाे सन्देश दिएको बताए । म्यानेजर बुढाले भन्ने स्थानीय सरकारले एक घर एक राेजगार दिन सक्दैन । यदी दिए पनि व्यक्ति लाई फाइदा हुन्छ । तर त्यो कार्य राम्रो होइन । सामुहिक सर्तअनुसार काम गरे सबैको हितमा हुन्छ

 

सम्बन्धित समाचार