जुम्लाको मालपोतसेवा सुधारिदै

जुम्ला ः मालमोत कार्यालय जुम्लाको सेवामा सुधार आएको पाइएको छ । इन्टनेट स्वलो, जनशक्ति र उपकरण अभाव झेल्दै आएको मालपोत कार्यालय जुम्लाले पछिल्लो समयममा सेवा प्रवाहलाई केही छिटोछरीतो बनाएको हो । यस अघि सेवा प्रवाहमा ढिला सुस्तीको गुनोसोका चाँङ लागग्ने उक्त कार्यालय अहिले सेवामा सरलीकरणको अभ्यास सुरु भएको पाइएको छ ।
भुमिब्यवस्थापना तथा अभिलेख बिभागको पत्र अनुसार बुधबार मालपोत कार्यालय जुम्ला नापी कार्यलय जुम्लाले लिखित रजिष्ट्रेशन पारित भएको एक सय वर्ष पुगेको अवसरमा सरोकारवाला निकाय बिच अन्तरक्रिया कार्यक्रम छन । मालपोतका निमित्त कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले चालु आर्थिक वर्षको हालसम्म भएका लिखत राजीनामा लगायतका आफ्नो कार्यलयले गर्दै आएको क्रियाकलापका बारेमा जानकारी गराएका छन ।

त्यस्तै प्रमुख रोकायाले दलित ,अपांगता भएका ब्यक्ती र महिलाका नामा जग्गा पास गर्दा राज्यले नै छुट्दिने ब्यवस्था गरेको छ । उनले भने,‘ यस वर्ष २ सय ६३ जना महिलाका नाममा जग्गा पास भएको छ ।

त्यस्तै दलित ४५ र अपांगता भएका एक जना ब्यक्ति , एक जना बृद्धका नामामा पास भएको छ । उनले भने, मलापोतमा उठेको राजश्व ५० प्रतिशत प्रदेश र ४० प्रतिशत सम्बन्धीत स्थानीयतहमा जाने गरेको छ । उनले भने,‘चालु आर्थिक वर्षको २०७८। २०७९को चैत सम्म १ करोड , ५१ लाख ७२ हजार ९सय ५४ रुपैयाको राजश्व अशुल भएको छ ।
मालपोतमा २सय २७ मुदा
मालमोत कार्यालय जुम्लाम नामसारीका लागी १ सय १३ मुर्दा परेको कार्यालय प्रमुख नरेन्द्रवहादुर रोकायाले बताए । जसमा ९० वटा फछौँट भएका छन । त्यस्तै मोठ कायममा ७३ वटा ,लालपुर्जा प्रतिलिभि सम्बन्ध ि६ वटा ,घरकायम ९ वटा ,दाखिला , १६ वटा ,अदालतको दाखिला ,८ वटा ,बैंकको लिलाम सम्बन्धी, १ ,हक सफा १ वटा मुदा गरी २ सय २७ वटा मुदा परेका हुन ।
त्यस्तै कार्यालयमा इन्टरनेटको समस्या समाधानको लागी नेपाल टेलिकम बाट लिजलाइन जडान गरिएको छ । हाल कार्यालयमा नायब सुब्बा ३, खरिदार ३, सलेपा १, कम्प्युटर अर्पेटर ३ जना र कार्यालय सहयोगी ४ जना गरी जम्मा १४ जना जनशक्ति रहेको रोकायाले बताए ।

नायब सुब्बा स्तरको कम्प्युटर अर्पेटर पद रिक्त रहेकाले सेवा प्रवाहमा असहज भएको उनको भनाइ छ । सिंजा गाउँपालिका र कनका शुन्दरीले मालपोतको काममा सहजता गर्नको लागि एक जना कम्प्युटर अर्पेटर पठाएको हुनाले अलि सहज भएको प्रमुख रोकायाले बताए ।

त्यस्तै तातोपानी गाउपालिकाका अध्यक्ष नवराज न्यौपानेले तातोपानी गाउँपालिकाको तर्फबाट मालपोतको काममा सहजता गर्नको लागि एक जना कम्प्युटर अर्पेटर तत्काल पठाउने बताए । उनले पछिल्लो समयमा मालपोतका सेवाग्रहीको जनगुनासोमा कमी आएको बताए ।

त्यस्तै जुम्लाका प्रमुख जिल्ला अधिकारी बिजया कुमारी प्रसाइले अनलाइनबाट काम हुने भएकाले दक्ष कम्प्युटर अर्पेटर सबै स्थानीयतहले राख्न जरुरी रहेको छ । उनले कार्यालयमा सेवा लिनको आएको बेला कर्मचारीले गर्ने व्यवहारले धेरै समस्या हल हुने बताइन । प्रजिअ प्रसाइले मालपोत कार्यलयको सेवा जनतामुखी हुनु पर्ने बताइन । यो कार्यलय धेरै चाँप हुने र बुढापाखा आउने भएकाले सबैको सहजहुने ठाउमा स्थापना हुन अबश्यक छ ।

सम्बन्धित समाचार